Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वास्थ्य मन्त्री यादवद्वारा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०८१
स्वास्थ्य मन्त्री यादवद्वारा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन

वीरगंज (पर्सा), २० जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेका छन् । मन्त्रालयका सचिवसहितको टोलीले लिएर प्रसूति गृह पुगेका मन्त्री यादवले अस्पतालको अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी तथा कुरुवाहरूसँग समेत छलफल गरेका थिए ।

अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले अनुगमन गरिएको मन्त्री यादवले बताए । ‘देशभरबाट उपचारको आसमा आउनुहुने बिरामीहरूले कस्तो सेवा पाउनुहुँदै छ, उपलब्ध सेवा र सुविधाहरूको गुणस्तर कस्तो छ, चिकित्सक लगायतका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूले बिरामीसँग गर्ने व्यवहार कस्तो छ, फार्मेसीमा सबै प्रकारका औषधीहरू उपलब्ध छन् की छैनन्, ल्याब, आइसियु, एनआइसीयु लगायतको अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरेको हुँ,’मन्त्री यादवले भने, ‘अनुगमन उपलब्धिमूलक नै रह्यो ।’

अनुगमनका दौरान मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग पनि कुराकानी गर्दै उनीहरुले भोगिरहेका चुनौतीका बारेमा बुझेका थिए । सो क्रममा कर्मचारीहरूले जनशक्ति, पूर्वाधार र समन्वयको अभावका कारण अपेक्षित ढङ्गबाट सेवा उपलब्ध गराउन नसकिएको बताए । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले नयाँ भवन निर्माण भए पनि भुक्तानी बाँकी रहेकोले सञ्चालनमा ल्याउन नसक्दा पुरानो भवनबाट उपचार गर्न अप्ठ्यारो भइहरेको बताए ।

त्यस्तै नर्स इन्दिरा ढुङ्गेलले ५२ जना बिरामीलाई २ जना नर्सले सेवा दिनु परिरहेको दुखेसो पोखिन । ‘जटिल किसिमका बिरामीहरूको उपचार गर्नका लागि हामीसँग पर्याप्त उपकरण पनि छैन । अन्य अस्पतालमा पठाउँदा पनि उहाँहरूले उपचार गरिदिनु हुँदैन,’ उनले भनिन । मन्त्री यादवले अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

त्यस्तै नवनिर्मित भवनबाट छिटोभन्दा छिटो सेवा सुचारु गराउन र प्रसूति अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूको उपचारका लागि अन्य अस्पतालहरूसँग गर्न सकिने समन्वयको विषयमा पनि अध्ययन गर्न पनि मन्त्री यादवले कर्मचारीहरूलाई निर्देशन दिए । अनुगमनमा सचिव डा. रोशन पोखरेल लगायतका कर्मचारी र सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि