Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा प्रचण्ड र ओलीलाई माधव नेपालको साथ, जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १९, २०८१
मधेशमा प्रचण्ड र ओलीलाई माधव नेपालको साथ, जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने

वीरगंज (पर्सा), १९ जेठ । केन्द्रीय समीकरणअनुसार मधेश प्रदेशमा सरकार गठनबारे शीर्ष तीन नेताबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठन हुने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सुरुमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई बीचमा कांग्रेसले साथ दियो । केन्द्रमा जसै गठबन्धन फेरियो, कांग्रेस सरकारबाट बाहिरियो भने एमाले सरकारमा गयो । हरेक गठबन्धनमा मधेश सरकारको नेतृत्व जसपाले लियो । प्रतिनिधि सभामा १२ सांसद भएको जसपा बहुमतका लागि महत्वपूर्ण थियो, त्यसैले मधेशमा सबभन्दा ठूलो दल र दोस्रो दल भएर पनि क्रमशः एमाले र कांग्रेसले जसपाको नेतृत्व स्वीकार गरेको थियो । जसपामा आएको फुटपछि भने अवस्था फेरियो ।

जसपा नेपालका ७ सांसदले २३ वैशाखमा अशोक राईको नेतृत्वमा नयाँ दल जसपा दर्ता गरे । त्यसका बाबजुद मधेश सरकारको नेतृत्व जोगाउन जसपा नेपालले सरकार छाडेन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए भने दीपक कार्की वन राज्यमन्त्री रहिरहे । तर सत्ता गठबन्धनले मधेशमा सरकार फेर्न चाह्यो । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले मधेश प्रदेशबाट मन्त्रीहरू फिर्ता बोलाएर समर्थन फिर्ता लियो । साथै एमाले, जनमत, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने सहमति समेत भयो ।

जवाफमा जसपा नेपालले पनि मन्त्रीहरूलाई फिर्ता बोलाएर केन्द्रको सरकार छाड्यो । मधेश सरकार जोगाउन जसपा नेपाल अध्यक्ष यादव आफैंले दौडधुप थाले । सुरुमा जसपा नेपालका लागि मधेश सरकार जोगाउन असम्भव जस्तै देखिएको थियो । तर राष्ट्रिय राजनीतिमा देखिएको ध्रुविकरणसँगै लोसपा नयाँ सरकार गठनको सहमतिबाट पछि हट्यो भने कांग्रेसले पनि जसपा नेपाललाई साथ दिने संकेत गर्‍यो ।

केन्द्रको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पनि मधेश सरकार सरकार छाडेकै थिएन । जसपा नेपाल १९ सांसद छन् । कांग्रेस २२, लोसपाको ८ र एकीकृत समाजवादीका ७ ले साथ दिनासाथ बहुमत (५४) सहजै पुग्ने देखियो । मधेश सरकारबारे बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा जसपा नेपाल र लोसपाका नेताहरूका साथै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं सहभागी भएपछि केन्द्रको सत्ता गठबन्धन दबावमा आयो ।

एमाले र माओवादीका प्रदेशका नेताहरू जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरे । तीन दलका नेताहरू काठमाडौं आएर शुक्रबार नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटे । त्यो भेटमा नेता नेपालले मधेशसँगै कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेश सरकारबारे प्याकेजमै सहमति हुनुपर्ने अडान राखे ।

लगतै सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट भयो । ‘सकारात्मक कुराकानी भएको छ’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘प्रधानमन्त्री र माधव नेपालबीच फेरि कुराकानी गर्ने भन्ने भएको छ । त्यसपछि सबै प्रदेशको विषय टुंगिन्छ ।’ स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डसँग प्रदेश सरकारबारे थप प्रष्ट हुन चाहेका छन् । कोशीमा एमाले नेतृत्वमा सरकार छ, माओवादी पनि सरकारमा गएको छ । तर एकीकृत समाजवादीलाई समेटिएको छैन ।

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले अहिले २ वटा मन्त्रालय लिएको छ । संसदीय दलका नेता गोबिन्दबहादुर न्यौपाने आफैं मन्त्री छन् । स्रोतका अनुसार भागवण्डामा एकीकृत समाजवादीले एउटा मात्र मन्त्रालय पाएको थियो, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो दलको भागमा परेको एक मन्त्रालय पनि दिएका हुन् ।

कर्णालीमा माओवादीको समर्थनमा एमाले नेतृत्वको सरकार छ, एकीकृत समाजवादीलाई समावेश गरिएको छैन । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री त बनेका छन्, तर एमालेले मन्त्री पठाएको छैन । एकीकृत समाजवादी सम्बद्ध स्रोतका अनुसार सुदूरपश्चिममा मन्त्री पठाउने गरी सहमति हुने सम्भावना छ । मधेशमा केन्द्रको गठबन्धनभन्दा फरक जाने अवस्था छैन’ एक नेता भन्छन्, ‘दुई नेता बसेपछि टुंगिन्छ होला ।’

मधेश प्रदेशका एमाले संसदीय दलका नेता सरोजकुमार यादव पनि नयाँ सरकार गठन गर्ने तयारीका साथ आफूहरू जनकपुर फर्किन लागेको बताउँछन् । ‘तीन नेताबीच सकारात्मक कुराकानी भएको छ’ उनले भने, ‘एकीकृत समाजवादीको समेत समर्थनमा हामी छिट्टै नयाँ सरकार गठन गर्छौं ।’

एकीकृत समाजवादीले साथ दिएको अवस्थामा मधेशमा टुप्लुक्क बहुमत पुग्नसक्छ । १०७ सदस्यीय प्रदेश सभामा एमालेको सभामुखबाहेक २४ सांसद छन् भने जनमतको १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादीको १–१ सिट छ । तीनमध्ये कुनै एक दललाई साथ लिनासाथ तीन दल (कांग्रेस, जसपा नेपाल र लोसपा)लाई विपक्षमा राखेर पनि सरकार बन्न सक्छ । साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि