Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रभु अस्पताल र निलकण्ठ अस्पताल नागरिकको स्वास्थ्यसँग घिनलाग्दो खेलवाड गर्दै

प्रयोगशालामा म्याद गुज्रेको औषधी बरामद, अस्पताल पनि मापदण्ड विपरित संचालनमा, महानगरले कारवाही गर्ने मेयर सिंहको भनाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १६, २०८१
प्रभु अस्पताल र निलकण्ठ अस्पताल नागरिकको स्वास्थ्यसँग घिनलाग्दो खेलवाड गर्दै

वीरगंज (पर्सा), १६ जेठ । वीरगंजमा दुई वटा निजी अस्पताल मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ । महानगरपालिका भित्र संचालनमा रहेका अस्पतालहरुमध्ये प्रभु हस्पिटल र निलकण्ठ अस्पताल मापदण्ड विपरित संचालनमा रहेको महानगरपालिकाको स्वास्थ्य समितिले जनाएको छ । वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित प्रभु हस्पिटलले मधेश प्रदेश सरकारबाट २५ शैय्याको इजाजत लिएको भएपनि ६३ शैय्या राखेर अस्पताल संचालन गरिरहेको स्वास्थ्य समितिले अनुगमनको क्रममा पाएको हो ।

समितिका संयोजक उमाशंकर तिवारीले २५ शैय्याको अनुमति पाएको प्रभु अस्पताल ६३ शैय्यामा संचालन भएको बताए । अनुगमनकै क्रममा प्रभु अस्पतालको आइसियू कक्ष र प्रयोगशालामा म्याद गुज्रिएका ८ प्रकारका औषधीहरु भेटिएको जसमा केही औषधीको ४ वर्षअघि नै म्याद गुज्रिसकेको संयोजक तिवारीको भनाई छ । प्रभु अस्तालले भुइँ तल्लामुनि बनाएको अण्डर ग्राउण्ड पार्किङमा ल्याब संचालन गरेको पाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादवले बताए । पार्किङका लागि निर्माण गरिएको ठाउँमा ल्याब संचालन गर्नु कानुन विपरित रहेको उनको भनाई छ ।

त्यसैगरि वीरगंज महानगरपालिका वडा नं. १३ पावरहाउस चोकस्थित संचालित निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टरले १५ शैय्याको अनुमति लिएर ३३ शैय्या राखेर संचालन भइरहेको पाइएको छ । उक्त अस्पतालमा समेत म्याद गुज्रिएका औषधी बरामद भएको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए । दुबै अस्पतालले औषधीजन्य फोहर नछुट्याई एउटैमा मिसाएर राखेको अनुगमन समितिले फेला पारेको थियो ।

वीरगंजका मेयर राजेशमान सिंहले स्वास्थ्यमाथि खेलवाड गर्ने अस्पताललाई महानगरपालिकाले कारवाही गर्ने बताए । बरामद गरिएका म्याद गुज्रेका औषधीहरु थप अनुसन्धान तथा कारवाहीका लागि औषधी व्यवस्था विभाग पठाइएको उनको भनाई छ । निलकण्ठ अस्पताललाई महानगरपालिकाले नै कारवाही गर्ने भन्दै मेयर सिंहले प्रभु अस्पताललाई कारवाही गर्नका लागि प्रदेश सरकारलाई पत्राचार गर्ने बताए ।

प्रभु अस्पतालले २५ शैय्या भन्दा माथि इजाजत लिएको हुनाले प्रदेश सरकारले कारवाही गर्ने भएकोले उक्त अस्पताललाई कारवाही गर्न प्रदेश सरकारलाई महानगरले पत्राचार गर्ने बताए । त्यसको साथै वीरगंजवासीको स्वास्थ्यसँग खेलवाड गरेको यि अस्पतालहरुलाई छुट्टै कारवाही गर्ने उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि