Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चरित्र हत्या गर्ने विरुद्ध अधिकृत कानूनी उपचारमा, आधा दर्जन अनलाइन विरुद्ध अदालतमा मुद्दा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २८, २०८१
चरित्र हत्या गर्ने विरुद्ध अधिकृत कानूनी उपचारमा, आधा दर्जन अनलाइन विरुद्ध अदालतमा मुद्दा

वीरगंज (पर्सा), २८ वैशाख । पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले आफ्नो चरित्र हत्या गर्ने विरुद्ध कानूनी उपचारका लागि अदालतमा मुद्दा दिएका छन् । विना प्रमाण स्वार्थ सिद्ध पुरा गर्ने उद्देश्यले पटक पटक चरित्र हत्या हुने गरि अनावश्यक सामाग्रीहरु प्रकाशन गर्दै आएका ति पत्रकार विरुद्ध अधिकृत श्रीवास्तव कानूनी उपचार खोज्दै जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गराएका हुन् ।

प्राप्त जानकारी अनुसार विगत लामो समयदेखि पोखरिया नगरपालिकाबाट आर्थिक लाभ लिन पल्केका एकजना पत्रकारले आफ्नो स्वार्थ सिद्ध पुरा नभएपछि पत्रकारको नाममा कलंकको छाप बनाएका एकजनाको नाम प्रयोग गरि अनावश्यक आधारहीन समाचारहरु प्रकाशन गर्दै आएका थिए । वीरगंज लगायत मधेश प्रदेशका अन्य जिल्लाबाट संचालित अनलाइन समाचार पोर्टलहरुहरु अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै अधिकृतले जिल्ला अदालतमा मुद्दा दिएका हुन् ।

उनले साझा नेटवर्क डटकम, सिरहा टाइम्स डटकम सहित आधा दर्जन अनलाइन विरुद्ध बेइज्जती मुद्दा दर्ता गराएका हुन् । सम्मानित जिल्ला अदालत पर्सामा मिसिल नं. ०८०-सि४-१०८८ अधिकृत श्रीवास्तवले मुद्दा दर्ता गराएका हुन् । पर्साको छिपहरमाई गाउँपालिकाका घर भई वीरगंजमा बसेर पित पत्रकारिता गर्दै आएका आफैलाई बरिष्ठ पत्रकार भन्न लगाउने ति पत्रकारले एक युवकलाई प्रयोग गरि आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यि अनलाइन समाचार पोर्टलहरुमा अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गर्दै आएका थिए ।

पर्दाको पछाडि बसेर अन्यको नाममा समाचार प्रकाशन गर्दै आएका ति पत्रकार आफ्नो स्वार्थ पुरा गर्नका लागि वीरगंजका कयौं युवाहरुलाई प्रयोग गरि सकेका छन् । अब उनको शिकार बनेका छन्, बिन्दवासिनीका ति युवक । उनी विरुद्ध कानूनी कारवाही प्रक्रिया शुरु भइसकेको श्रोतले जनाएको छ । जिल्ला अदालत पर्साले उनी कार्यरत अनलाइन समाचार पोर्टल एवं पत्रपत्रिका विरुद्ध मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडि बढाइसकेको बताइएको छ ।

बुवा वीरगंज बसपार्कमा पानको पसल थापी तस्करी गर्दै आएकोमा कोरोना महामारीको बखत पान पसल बन्द भएपछि यातायात कार्यालय पर्सामा दलाली गर्दै आएको र बुवालाई संरक्षण गर्नका लागि ति युवाले पित पत्रकारको पछाडि लागेर आफुलाई पत्रकार भन्ने गरेका छन् । अध्ययनको नाममा १० कक्षासम्म पनि नपढेका ति युवाले पत्रकारिताको प पनि थाहा नभएको र अन्य जो कोहीले पनि समाचार लेखेर दिएपछि विभिन्न एक दर्जनभन्दा बढि अनलाइन समाचार पोर्टलहरुमा हालेर आफैलाई पत्रकार भन्ने विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुलाई थर्काउने, धम्काउने काम गर्दै आएको बताइएको छ ।

अब उनी कानूनी कारवाहीको दायरामा आउने श्रोतले जनाएको छ । पत्रकार आचार संहिताको बारेमा जानकारी नै नभएको ति युवकलाई जोसुकैले जे लेखेर दिए अनलाइनहरुमा हाल्ने गरेका छन्, जसको परिणाम एक पित पत्रकारले उनलाई प्रयोग गरि मुद्दामा फसाएका छन् । अन्यले लेखेको समाचारको परिणाम एवं त्यसबाट उत्पन्न हुने कारवाहीको भागिदार ति युवक बन्नेछन् । अदालतमा हालिएको मुद्दाको प्रमाण हामीसँग सुरक्षित छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि