Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर, जथाभावी दिसापिसाबले सहर दुर्गन्धित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०८१
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर, जथाभावी दिसापिसाबले सहर दुर्गन्धित

वीरगंज (पर्सा), २७ वैशाख । वीरगंजको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको छ । हाट बजार क्षेत्रमा आउने सर्वसाधारण, व्यापारी तथा सवारीचालक विशेषगरी पुरुषहरुले विद्यालयको अगाडीको भागतर्फ फर्केर खुल्ला शौच गर्दा विद्यालयमा अध्ययनरत छात्रछात्रा र शिक्षक/शिक्षिकामा पनि नकारात्मक असर पार्दै आइरहेको छ । खुला हाटबजारबाट विद्यालय पश्चिम दिशामा अवस्थित छ ।

हाटबजारको एक मिनेटकै दुरीमा सार्वजनिक शौचालय नभएको पनि होइन । तर, जनचेतनाको अभाव र मनलाग्दी ढङ्गले शौच गर्ने प्रवृत्तिकै कारणले कलिला उमेरका बालबालिकामा मनोवैज्ञानिक असर पार्ने गरेको हो । रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) प्रभुप्रसाद रौनियारले हाट बजारमा आउने सर्वसाधारणले विद्यालयतर्फ फर्किएर शौच गर्दा बालबालिकामा नराम्रो असर पर्न थालेको बताउँछन् । ‘हाटबजारमा आउनेहरुले विद्यालयतर्फ फर्किएर शौच गरिरहेको दृश्य देख्दा लाजैमर्दो अवस्था हुने गर्छ,’ उनले भने, ‘विद्यालयको पर्खाल होचो भएकाले पनि शौच गरिरहेको दृश्य नचाहेर पनि देख्नुपर्ने बाध्यता छ । यो समस्याको विषयमा सम्बन्धित निकायमा मौखिक जानकारी गराउँदै आइरहेको छु ।’ विद्यालयमा साढे ६ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

प्रअ रौनियारले कलिला उमेरका बालबालिकालाई यस्ता खालका दृश्यले मनोवैज्ञानिक असर पार्न सक्ने बताउँछन् । यो विद्यालय वीरगंज महानगरपालिका वडा नम्बर ९ मा पर्दछ । वीरगंज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले बजारमा आउनेले खुला शौच गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा असर पार्दै आइरहेको बताए । ‘खुला तरकारी बजारमा आउनेले खुला शौच गर्ने विषयमा बारम्बार नगर कार्यपालिकाको बैठकमा आवाज उठाउँदै आइरहेको छु । यसलाई व्यवस्थित गर्न जरुरी भइसकेको छ ।’ उनले भने, ‘सो समस्या समाधानको लागि विद्यालय प्राङ्गणमा अग्लो खालको पर्खाल लगाउनुपर्ने देखिन्छ । त्यसो गर्न नसकिने हो भने बजारमा खुला शौच गर्न रोक लगाउन जरुरी भइसकेको छ ।’ वडाध्यक्ष गुप्ताले जभाभावी रुपमा विद्यालयतर्फ फर्किएर शौच गर्दा छात्रा र शिक्षिकालाई अझै धेरै अप्ठ्यारो परिरहेको बताए । ‘वडासँग पर्याप्त बजेट नभएकाले पनि सो समस्या समाधान गर्न सकेका छैनौँ,’ उनले भने, ‘अब यो समस्याको विषयमा गम्भीर भएर समाधान गर्नेतर्फ अग्रसर हुनेछौँ ।’

वडाध्यक्ष गुप्ताले आफू जनप्रतिनिधि भएर आएसँगै प्रत्येक वर्ष विद्यालयको लागि बजेट विनियोजन गर्दै आइरहेको पनि दावी गरे । ‘पहिलो वर्ष विद्यालयको छानो र सिँढी संरचना बनाउन तीन लाख बजेट उपलब्ध गराएका थियौं,’ उनले भने, ‘यो वर्ष पनि विद्यालय प्राङ्गणमा नाली निर्माण गर्न रु पाँच लाख बजेट विनियोजन भएको छ । सो बजेटले अहिले निर्माणसम्बन्धी काम हुँदैछ ।’ बजार क्षेत्रसँगै जोडिएर सार्वजनिक शौचालय पनि छ । सो सार्वजनिक शौचालयमा शौच गर्ने मूल्य धेरै भएको प्रयोगकर्ताको गुनासो छ । सो सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको १५ र नुहाउनेका लागि रु ४० तोकिएको छ । वडाध्यक्ष गुप्ताले सार्वजनिक शौचालयको मूल्य बढी र सर्वसाधारणमा जनचेतनाको अभावकै कारणले खुला शौच गर्दै आइरहेको बताए । ‘हामीले खुला दिसामुक्त क्षेत्र भनेका छौँ । तर जथाभावी दिसापिसाबले सहरलाई नै दुर्गन्धित बनाइरहेको छ ।’

महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले जथाभावी रुपमा शौच गर्नेलाई नियन्त्रण गर्न कर्मचारी खटाएर सुधार्न खोजिरहे पनि पूणर् रुपमा नियन्त्रण गर्न नसकिएको बताए । ‘हामीसँग कर्मचारी अभावको कारणले २४ सै घण्टा कर्मचारी खटाउन सक्ने अवस्थामा छैनौँ । महानगरले बेलाबेलामा बजार व्यवस्थापन गर्ने टोलीसँग पनि खुला शौच नियन्त्रण गर्न निर्देशन दिँदै आइरहेका छौँ ।’ शाखा प्रमुख मियाँले अव्यवस्थित रुपमा सञ्चालन हँुदै आएको हाटबजारलाई हटाएर पार्क बनाउने योजना रहेको पनि बताए । ‘अहिले अव्यवस्थित रुपमा राखेको हाट बजार हटाउने क्रममा छौँ । एक महिनाभित्रै हटाउनेछौं,’ उनले भने, ‘यस अघि एक पटक मेयरसाबले पनि हटाउने पहल गर्नुभएको थियो । तर, विभिन्न अवरोधले अघि बढ्न सकेन ।’ रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि