Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुप्रिम बचत तथा ऋण सहकारी घोटालाबारे प्रहरीले बुझायो प्रतिवेदन, जिबीसहित २८ जना प्रतिवादी !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ५, २०८१
सुप्रिम बचत तथा ऋण सहकारी घोटालाबारे प्रहरीले बुझायो प्रतिवेदन, जिबीसहित २८ जना प्रतिवादी !

काठमाडौं, ५ वैशाख । सहकारी ठगी प्रकरणकैै कारण मुलुकको आर्थिक क्षेत्र थिलथिलो बनेको छ । हजारौँ बचतकर्ताहरुको अरबौँ रकम गायब बनाइएपछि सहकारी नै मुलुक संकट पार्ने मुख्य कारक बनिरहेको छ । यसैका कारण मुलुकको आर्थिक क्षेत्र नै नराम्रोगरी थला परेको छ । तर सरकारले सहकारी क्षेत्रको समस्या समाधान र पीडितहरुको माग सम्बोधन गर्न आलटाल गरिरहेको देखिन्छ । सहकारी समस्या हल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा समेत बारम्बार आवाज उठायो ।

सहकारी पीडितहरुले पनि गृहमन्त्री र संसदीय समिति गुहारे । तर सरकारले सहकारी पीडीतको समस्या समाधनका लागि कुनै ठोस कदम चाल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गृहमन्त्री नै सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै बारम्बार प्रश्न उठायो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नै सहकारीको रकम अपचलन गरेको तथ्य प्रमाणहरु रहेको भन्दै काँग्रेसले सार्वजनिक अभिव्यक्ति दिइरहेको हो ।

साथै आफूमाथि लागेको आरोपलाई निस्तेज पार्न गृहमन्त्री रवि नै स्वार्थ बाझिने गृहमन्त्रालयमा आएको समेत काँग्रेसले गम्भीर आरोप लगाइरहेको छ । तर यही सरकारले संसद अधिवेशन अन्त्या गरिदियो । त्यस्तै सरकारले भने गृहमन्त्री रवि सहकारी ठगी प्रकरणमा संलग्न नरहेको प्रष्टिकरण दिँदै आइरहेको छ । तरपनि रवि राजनीतिमा आउनु अघि संचारकर्ममा रहँदा सहकारीको सबैभन्दा ठूलो संजाल बनाएका जिबी राईसँग व्यावसायीक साझेदारी गरेका थिए ।

मुलुकभर सहकारीको नेटवर्क नै खोलेर रकम अपचलन गरेका जिबी राईसँग मिलेर रविले ग्यालेक्सी टिभी खोलको थिए । जहाँ रविको पनि शेयर थियो । अहिले उनै रवि गृहमन्त्री छन् भने जिबी बचतकर्ताको अरबौँ रकम डुबाएरु फरार छन् । रविमाथि पनि सहकारीको करोडौ रकम हत्याएको आरोप निरन्तर लागि रहेको छ । यद्यपि रविले भने आफूले सहकारीको रकम नलिएको दावी गर्दै आइरहेका छन् । सहकारी प्रकरणमा मुख्य दोषी जिबीनै रहेको भन्दै रविले उनलाई कुनै हालतमा पक्राउ गर्ने जिकिर गर्दै आइरहेका छन् । त्यस्तै नेपाल प्रहरीले पनि सहकारी समस्याको मुख्य पात्र जिवी नै रहेको निश्कर्ष निकालिसकेको छ  ।

जिवी हाल मलेसियामा लुकेर बसेको ठोकुवा गर्ने प्रहरीले उनलाई पक्राउ गर्न भने सकेको छैन। यद्यपि प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर जिल्ला वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रहरीले शुक्रबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सुझाव दिइएको छ । साभार : न्यूज २४ टिभी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि