Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परिवार नै अनलाइन ठगीमा : भारतमा बसेर योजना, नेपालमा ठगी, दिदी भारत र भाई नेपालको जेलमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३, २०८१
परिवार नै अनलाइन ठगीमा : भारतमा बसेर योजना, नेपालमा ठगी, दिदी भारत र भाई नेपालको जेलमा

पक्राउ परेकी सञ्जु पौडेल, उनका श्रीमान निश्चल र भतिज धनबहादुर ।

काठमाडौं, ३ वैशाख । चिट्ठा परेको प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी भएको भन्दै एक युवतीले करिब एक साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिइन् । उनले रश्मी बिश्वकर्माको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको भौचरसहित निवेदन दिएपछि प्रहरीले अनुसन्धान सहज हुने अनुमान गरेको थियो । तर अनुसन्धान गर्दै जाँदा प्रहरी नै चकित पर्‍यो र अन्तिममा एउटा परिवार नै अनलाइन ठगीको धन्दामा लागेको फेला पारेको छ ।

बैंक खाताको विवरण पाएपछि प्रहरीले बैंकसँग सम्पर्क गरेर रश्मीको स्थायी ठेगाना झापाको मेचीनगर नगरपालिका-९ भएको पत्ता लगायो । उक्त ठेगानामा रश्मी बिश्वकर्मा खोजी गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय झापालाई खबर गर्‍यो । जिल्ला प्रहरी कार्यालयले मेचीनगरमा जम्मा एक जना रश्मी बिश्वकर्मा पहिचान गर्‍यो । तर उनी केही वर्षदेखि भारतमा रहेर व्यवसाय गरिरहेको पत्ता लगायो । प्रहरीले अनलाइन ठगीमा तिनै रश्मीको संलग्नता हुन नसक्ने भन्दै पुनः अनुसन्धान अघि बढायो । सो क्रममा झापाको धुलाबारीमा अर्को रश्मी बिश्वकर्मा नाम गरेकी महिला रहेको पत्ता लगायो । तर बैंक खाता खोल्न प्रयोग भएको नागरिकता उनको नभएको देखिएपछि प्रहरीले उनलाई पनि छाड्यो ।

अनुसन्धानकै क्रममा रश्मी बिश्वकर्मा नामको नागरिकताबाट १६ वटा बैंक खाता खोलिएको र ६० लाख भन्दा बढी कारोबार भएको फेला पारेपछि अनुसन्धान अधिकृतहरु नै अचम्ममा परे । बैंक खाताहरुमा रश्मीको अस्थायी ठेगाना काठमाडौंको टोखा, गोंगबु, बालाजु, सामाखुसी आदि उल्लेख थिए । सबै खाता खोल्दा सम्पर्क टेलिफोन नम्बर पनि फरक फरक थिए । बैंक खाताको विवरणमा होटल व्यवसायीका रुपमा झापाका विभिन्न होटलको नाम समेत उल्लेख गरिएको थियो । तर ती नामका होटल झापामा नरहेको अनुसन्धानका क्रममा पुष्टि भयो ।

त्यसपछि प्रहरीले बैंक खाताको रकम कसरी निकालिएको छ भनेर अनुसन्धान सुरु गर्‍यो । अधिकांश रकम पेप्सीकोला, कोटेश्वर क्षेत्रका एटीएम बुथबाट निकालेको देखियो । एटीएम बुथबाट रकम निकाल्ने युवती र नागरिकतामा भएको फोटोलाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढायो । जसक्रममा प्रहरीले एटीएम बुथको क्लोज सर्किट क्यामेरा (सीसीक्यामेरा) अध्ययन गर्‍यो । ‘बैंक खाता खोल्दा प्रयोग भएको नागरिकतामा टाँसिएको फोटो र एटीएम बुथमा रकम निकाल्ने महिलाको फोटो म्याच खायो’, अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले भने, ‘मान्छे एकै भएपछि फेरि हाम्रो अनुसन्धान फेल खाएको हुनसक्ने अनुमान पनि थियो । तर उक्त मान्छेमाथि थप भेरिफाइ गरौं भन्ने भयो ।’

यही क्रममा जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा धुलाबारी घर भएकी रश्मी बिश्वकर्मा उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा पुगिन् । उनले करिब ९ महिनाअघि काठमाडौंमा आफ्नो नागरिकता हराएको र अहिले प्रतिलिपी बनाएको खुलाइन् । रश्मीले प्रतिलिपी बनाएको नागरिकता र बैंक खाता खोल्न प्रयोग भएको नागरिकताको सबै विवरण मिल्यो, तर फोटो मिलेन । त्यसपछि प्रहरीले निष्कर्ष निकाल्यो- नागरिकताको फोटो उप्काएर अर्को फोटो टाँसेर बैंक खाता खोलिएको रहेछ ।

प्रहरीले त्यसपछि एटीएम बुथको सीसी क्यामेरामा कैद भएकी महिलाको खोजी सुरु गर्‍यो । विभिन्न पाटोबाट अनुसन्धान गर्ने क्रममा प्रहरी काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका इलाम माइपोखरीका ३४ वर्षीय धनबहादुर बिकको सम्पर्कमा पुगेको थियो । उनी एउटा फ्ल्याट भाडामा लिएर काका नाता पर्ने झापाको बुद्धशान्ति गाउँपालिका-२ का ३५ वर्षीय निश्चल पोर्तेलसँग बस्थे । उनीहरु दुबै जना यो ठगीमा तानिए । पोर्तेल नक्कली रश्मी बनेर ठगी गर्ने महिलाको श्रीमान रहेको खुल्यो । श्रीमतीको योजना अनुसार उनले पनि ठगीमा सहयोग गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए ।

श्रीमानकै सूचनाका आधारमा केही दिनअघि मात्रै झापामा पुगेकी नक्कली रश्मी (वास्तविक नाम सञ्जु पौडेली)लाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सञ्जुका श्रीमान निश्चल र भतिज धनबहादुरले भने आफूहरु सुन पसलमा काम गर्दै आएको बताएका छन् । तर पछिल्लो समय उनीहरु समेत काम छाडेर सञ्जुसँगै अनलाइन ठगी धन्दामा लागेको प्रहरीको दाबी छ । यसअघिका अनलाइन ठगीहरुमा तेस्रो मुलुकमा रहेका व्यक्तिको योजनामा नेपालीलाई एजेन्ट बनाएर ठगी हुने गरेको थियो । त्यसवापत नेपालीले निश्चित प्रतिशत रकम पाउने गर्थे भने बाँकी रकम हुण्डीमार्फत विदेशीने गरेको थियो । तर यो घटनामा भने नेपालीकै योजनामा प्रत्यक्ष ठगी गरिएको र रकम बाहिर गएको नदेखिएको अनुसन्धान अधिकृत डीएसपी अनिल घिमिरेले बताए ।

दिदी भारतीय जेलमा, भाइ डिल्लीबजार कारागारमा
हाल पक्राउ परेकी सञ्जुका भाइ र दिदी पनि यस्तै अनलाइन ठगीको आरोपमा यसअघि नै कारागार चलान भएको खुलेको छ । सञ्जुका भाइ सन्तोष भनिने पंकज पौडेली अनलाइन ठगीकै आरोपमा एक वर्षदेखि डिल्लीबजार कागारमा थुनामा रहेका डीएसपी घिमिरेले बताए । ‘उनीहरुको परिवार नै अनलाइन ठगीमा संलग्न देखिन्छ । भाइ डिल्लीबजार कारागारमा छन् भने दिदी भारतको जेलमा रहेको खलुेको छ’, उनले भने । अपराध अनुसन्धान कार्यालयकै टोलीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पंकजलाई २६ माघ २०७७ मा पक्राउ गरेको थियो । उनले पनि चिट्ठा परेको र उक्त चिट्ठा लिनका लागि राजश्व शुल्क बुझाउनुपर्ने भन्दै रकम हाल्न लगाएर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

त्यतिबेला उनको साथबाट प्रहरीले ३ लाख ५६ हजार ७१० रुपैयाँ समेत बरामद गरेको थियो । घरबाट भने २ लाख ८ हजार २ सय बरामद भएको थियो । झोलाभित्र प्याक गरेर गोठको मलखादमा गाडेको अवस्थामा ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ बरामद भएको थियो । अनलाइन ठगीकै आरोपमा सञ्जुकी दिदी मञ्जु भारतको दिहाडस्थि जेलमा रहेको पनि खुलेको छ । उनले भारतमै यस्तै शैलीमा ठगी धन्दा चलाएपछि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

मुख्य योजनाकार भारतमा
प्रहरी अनुसन्धानले भारतमा बसोबास गर्ने सञ्जुका भिनाजु अर्थात मञ्जुका प्रेमी सुरज मगरले ठगीको योजना बनाउने र आफूले सम्पर्क गरेका व्यक्तिको बारेमा सञ्जुलाई भन्ने गरेको खुलेको छ । सुरजले ह्वाट्समार्फत विभिन्न चिट्ठा परेको र पठाएको भन्दै फोन गर्ने, चिठ्ठामा परेका सामानहरुको विवरण पीडितलाई पठाउने र विश्वास दिलाउने काम गरेको खुलेको छ । पीडितलाई थप विश्वासमा दिलाउन ‘तपाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट फोन आउन सक्छ’, समेत भन्ने गरेको खुलेको छ ।

त्यसपछि सुरजले आफूले कुराकानी गरेका व्यक्तिको विवरण र सम्पर्क नम्बर सञ्जुलाई दिने गरेका थिए । सञ्जुले भने आफू विमानस्थल भन्सारको भन्सार अधिकृत बोलेको भन्दै सामान भन्सारमा आइपुगेको र सामान लिनका लागि भन्सार शुल्क वापतको रकम बैंक खातामा जम्मा गरिदिनू भन्दै बैंक खाता दिने गरेकी थिइन् । पीडितले विश्वास गरेर रकम पठाएपछि एटीएममार्फत रकम निकाल्ने गरेको देखिएको छ । एक जनालाई ठगी गरिसकेपछि पुनः अर्को पटक उक्त सीमकार्ड प्रयोग नगरेकोे प्रहरीले फेला पारेको छ । फाल्नु पर्ने सीम, प्रयोग भएको सीम, प्रयोग नभएको सीम भनेर छुट्टा छुट्टै राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । उनीहरुको साथबाट एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १ थान बरामद भएको छ ।

उनले यो शैलीमा विगत दुई वर्षदेखि ठगी गरेको प्रहरीको दाबी छ । सञ्जुको साथबाट प्रहरीले विभिन्न व्यक्तिका ५ थान नागरिकता बरामद गरेको छ । त्यसैगरी सञ्जुका श्रीमान निश्चलले निशान्त शर्माको नामबाट लिएको भारतीय आधारकार्ड बरामद भएकाले ठगिएको रकम भारतीय बैंकमा राखिएको हुनसक्ने प्रहरी आशंका छ । त्यस्तै विभिन्न बैंकका ८ थान एटीमए, चेकबुक ११ थान, बैंक तथा सहकारीमा वचत गरेको १८ थान स्लीप, ६ थान मोबाइल पनि बरामद भएका छन् । उनीहरुबाट ठगिएको भन्दै अहिलेसम्म ५ जना प्रहरीको सम्पर्कमा आएका छन् । यो समाचार अनलाइनखबरबाट साभार गरिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि