Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल मेडिकल कलेजका एमडी शाहनवाज र ल्याब प्रमुख साहलाई थुनामा राख्न ५ दिनको म्याद थप

अदालतले म्याद थप गरेपनि अन्सारी विरामीको नाटक गरि प्रहरी हिरासतभन्दा बाहिर, अस्पतालको वातानुकलित कक्षमा रमाउँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २८, २०८०
जैनुद्दिन सुपुत्र शाहनवाजलाई थुनामा नराख्न मेडिकल कलेजको प्रपञ्च, प्रहरीलाई गुमराह गर्ने प्रयास

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २८ चैत । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिइएको छ । म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग प्रकरणमा पक्राउ परेका डा. जैनुद्दिन अन्सारीका सुपुत्र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख साहलाई जिल्ला अदालत पर्साले थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

नेशनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका दुबै जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत पर्साले २ दिनको म्याद थप गरेको थियो भने अनुसन्धान पुरा नभएपछि जिल्ला प्रहरी कार्यालयले माग गरेको ५ दिनको म्यादलाई स्वीकृत गर्दै जिल्ला अदालत पर्साले पुनः दोश्रो पटक ५ दिनको म्याद थप गरेको हो । अदालतले अन्सारीलाई थुनामा राख्न दुई पटक म्याद थप गरेपनि अन्सारी अस्वस्थ्यको नाटक गरि गण्डक स्थित वीरगंज हेल्थ केयर अस्पतालको वातानुकलित कक्षमा रमाई रहेका छन् ।

भनिन्छ पैसा भए जेपनि सम्भव छ, यसैलाई चरितार्थ गरेको छ यो घटनाले । सर्वसाधारण पक्राउ पर्ने वित्तिकै प्रहरीको हिरासतमा बस्नुपर्ने तर एउटा भिआईपि मान्छे जस्तोसुकै गल्ती, अपराध गरेपनि विभिन्न नाटक नौटंकी गरि प्रहरीको हिरासतभन्दा बाहिर बस्ने चलन नै बढेको छ । यस घटनामा प्रहरी र जिल्ला अदालत चनाखो देखिएपनि स्वास्थ्यकर्मीको मिलोमतोको कारण अन्सारी प्रहरी हिरासतबाट उम्किन सफल भएका छन् ।

उनीमाथि मुद्दा चलाएर म्याद माथि म्याद थप गरिएपनि विरामीको नाटक गरि स्वास्थ्यकर्मीको सिफारिसमा अस्पतालको वातानुकिलत कक्षमा रमाई रहेका छन् । यस्ता व्यक्तिहरुलाई प्रसय दिए भोलिका दिनमा उनको गलत क्रियाकलापले झन प्रसय पाउनेछ । चिकित्सा क्षेत्र जस्तो सम्वेदनशील क्षेत्रमा पनि खुलेयाम व्यापारीकरण गरि सर्वसाधारणको ज्यानसँग खेलवाड गर्ने यस्ता अस्पतालमाथि कडा भन्दा कडा कारवाही हुनुपर्नेमा त्यस्ता व्यक्तिलाई पैसाको आडमा बचाउनको लागि नेशनल मेडिकल कलेज प्रशासनदेखि नारायणी अस्पतालका चिकित्सक पनि सक्रिय रहेको पाइएको छ ।

पक्राउ परेका नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी प्रहरी हिरासतमा बस्न नपरोस् भनेर विरामीको नाटक गरि अस्पतालको वातानुकिलत कक्षमा मोबाइलमा रमाउँदै ।

नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने कसैको अधिकार छैन । भगवानको दोश्रो दर्जा दिइएको चिकित्सा क्षेत्रलाई यस्ता कुपात्र व्यक्तिहरुले बद्नाम गराई रहेका छन् । जसबाट आम नागरिकको वीरगंजको स्वास्थ्यकर्मीबाट विश्वास गुम्दै गएको छ । कानूनले अपराध गर्ने जोसुकैलाई सामान सजाय दिने व्यवस्था गरेको छ तर पैसाको बलमा यस्ता व्यक्तिहरुले कानूनको धज्जी उडाउँदै खुलेयाम अपराध गरि उम्किन सफल हुँदै आएका छन् ।

अहिलेपनि त्यही अवस्था देखिएको छ नेशनल मेडिकल कलेजको घटनामा । प्रमाणसहित पक्राउ परेका व्यक्तिलाई कानूनको सजायबाट उन्मुक्ति दिलाउन विभिन्न निकाय सक्रिय रहेको पाइएको छ । यस घटनामा सर्वसाधारण व्यक्ति पक्राउ परेको भए उ अहिले प्रहरीको हिरासतमा हुन्थ्यो तर पैसाको बलमा आफ्नो छुट्टै साम्राज्य खडा गरेका डा. जैनुद्दिनको छोरा एवं नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशक भएकै कारण प्रहरीको हिरासतसम्म पुग्न सकेका छैनन् ।

उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराध मुद्दामा म्याद थप गरेको हो । उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीको आधारमा प्रहरीले छापामारीको साथै कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको हो । श्रेष्ठले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

असार ११, २०८३
पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

असार ११, २०८३
मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि