Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीको नौटंकी, दिनमा एकवटा कपडाको लागि तछाडमछाड, रातिमा तस्करीको लाइन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २४, २०८०
सशस्त्र प्रहरीको नौटंकी, दिनमा एकवटा कपडाको लागि तछाडमछाड, रातिमा तस्करीको लाइन

वीरगंज (पर्सा), २४ चैत । केही दिनयतादेखि वीरगंज भन्सारमा खट्ने सशस्त्र प्रहरीको नौटंकी बढेको छ । विहानदेखि साँझसम्म सशस्त्र प्रहरीले १ वटा टि-सर्ट पनि रक्सौलबाट ल्याए तछाड मछाड गरेर खोसिलिने गरेका छन् । महिला होस् वा पुरुष, जो सुकैले पनि सानोतिनो घरायसी सामान ल्याउँदा सर्वत्र वाहवाही कमाउनको लागि सशस्त्र प्रहरीले यो नौटंकी शुरु गरेको छ ।

वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी पोष्टमा डिएसपी सुरज रिजाल आएदेखि तस्करी नियन्त्रणको नाममा सशस्त्र प्रहरीले सर्वसाधारणलाई दुःख दिने र वाहवाही कमाउने काममा सक्रियता बढाएको पाइएको हो । यसो पनि वीरगंज लगायत यस क्षेत्रका अधिकाँश सर्वसाधारणहरु घरायसी सामान किन्न सिमावर्ती सहर रक्सौल बजार पुग्ने गरेका छन् ।

यो कुनै नौलो कुरा होइन, त्यसको साथसाथै भारत सीमासँग जोडिएका वीरगंजका इनर्वा, नगवा, मुसहर्वा लगायतको गरिब विपन्न परिवारका महिलाहरु विहान बेलुका थोरै कपडा ल्याएर वीरगंज बजारमा विक्री गरेर आफ्नो जिविकोपार्जन गर्दै आएको कसैसँग लुकेको छैन । तर ति महिलाहरुको दुई चारवटा कपडा अहिले सशस्त्र प्रहरीले तछाड मछाड गरेर खोस्ने गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जताततै सशस्त्र प्रहरीको रवैयाप्रति सर्वसाधारणहरु आक्रोश पोखि रहेका छन् । दुईचार पैसा कमाएर आफ्नो जिविकोपार्जन गर्ने महिलाहरुको सामान तछाड मछाड गरेर सशस्त्र प्रहरीले खोसी देशको ठूलै राजस्व संकलन गरेको भनेर प्रचार गर्नुले सशस्त्र प्रहरीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरि रहेका छन् । सार्वजनिक ठाउँमा कसैको इज्जतमाथि आँच आउने गरि दुव्र्यवहार गर्नु पनि एक किसिमको अपराध नै हो ।

मानव अधिकारको ठाडो उल्लंघन गर्दै सशस्त्र प्रहरीले महिलाहरुसँग सार्वजनिक स्थानमा दुव्र्यवहार गर्दै एक दुई वटा कपडा खोसेर वाहवाही बटुल्न खोज्नु पक्कै निन्दनीय हो । सशस्त्र प्रहरीले चाह्यो भने एउटा पनि तस्करी हुँदैन तर देखाउनको लागि गरिब, विपन्न परिवारका महिलाहरुलाई ल्याउने दुई चारवटा कपडा तछाड मछाड गरि खोसेर रातिको समयमा भन्सारको पछाडिबाट ठूलठूला तस्करहरुलाई कपडा, हार्डवेयर तथा इलेक्ट्रोनिक्स पार्टस्को लाइन दिएको इनर्वाका स्थानीयहरुको भनाई छ ।

रातिको समयमा लालु यादवको तस्करीको लाइन खुलेयाम रुपमा चलि रहेको छ । सशस्त्र प्रहरी एवं जनपत प्रहरीको बलिरामपुर चौकीका सईको सेटिङ्गमा अहिले बलिरामपुर नाकाबाट रातिको समयमा तस्करीको लाइन खुलेको बताइएको छ । तर सशस्त्र प्रहरीले मुख्य सडकमा नौटंकी देखाउने र रातिको सममया तस्करीको लाइन दिने कामले सशस्त्र प्रहरीको दोहोरो चरित्रलाई उदांगो बनाएको छ ।
भिडियो हेर्नुहोस्…

https://birgunjtimes.com/wp-content/uploads/2024/04/Sasastra-Duty.mp4
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि