Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मृत्यु शंकास्पद देखिएपछि सम्सानघाटमा गाडिएको १२ वर्षीय बालकको शव प्रहरीले निकाल्यो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २५, २०८०
मृत्यु शंकास्पद देखिएपछि सम्सानघाटमा गाडिएको १२ वर्षीय बालकको शव प्रहरीले निकाल्यो

वीरगंज (पर्सा), २५ फागुन । पर्सा प्रहरीले वीरगंज स्थित एक सम्सानघाटबाट गाडिएको बालकको शव निकालेको छ । वीरगंज राधेमाई नजिकको सिर्सिया नदि छेउको सम्सानघाटमा गाडिएको १२ वर्षीय बालकको शव बिहीबार राति निकालेर प्रहरीले पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुकका १२ बर्षीय छोरा दिलिप मण्डल धानुकको शव उनकै अभिभावकले कसैलाई थाह नदिई बिहीबार बेलुकी सम्सानघाटमा गाडेको प्रहरीले सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोली सोही दिन बेलुकी शम्सानघाटमा पुगेर गाडिएको शवलाई निकालेको हो ।

प्रहरीले प्राप्त सूचनाको आधारमा सम्सानघाट पुग्दा दिलिपको शव अन्दाजी दुई फिट गहिरो खाल्डो खनेर बालुवाले पुरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । उनको अनुसार बालकको मृत्युको खबर अभिभावकले गोप्य राखेर पोष्टमार्टमपनि नगरी सम्सानघाटमा लगेर गाडेकोले घटना शंकास्पद देखिएको हो । मृतक बालक दिलिपका बुबा शम्भु र आमा सबितालाई सोधपुछका लागि बिहीबार राति नै प्रहरीले नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।

छिमेकीका अनुसार दिलिपलाई उनका आमा-बुबाले बिहीबार घरकै एक कोठामा थुनेर ज्यालामजदुरीका लागि घरबाट निस्किएका थिए । कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाहा नदिई अटोरिक्सामा शव राखेर सम्सानघाटमा लगेर गाडेको बताए । यता बुबा शम्भुले पनि छोरालाई घरमै थुनेर मजदुरीको लागि गएको र फर्कदा छोरा मृत अवस्थामा फेला परेको स्वीकारेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

बालक दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्नथालेपछि आँफुहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामा थुनेर जाने गरेको शम्भुले प्रहरीलाई बताएको डिएसपी थापाले जानकारी दिए । तर प्रहरीलाई खबर नै नदिई शव सम्सानघाटमा लगेर गाडेकोले घटना शंकास्पद देखिएको उनको भनाई छ । मृत्यु शंकास्पद देखिएकोले शम्सानघाटबाट शव निकालेर पोष्टमार्टमका लागि अस्पतालमा पठाएको पर्सा प्रहरीको भनाई छ ।

शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको कारण खुल्ने र त्यसको आधारमा कानुनी कारवाही अगाडि बढाइने डिएसपी थापाले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

भदौ ७, २०८३
सप्तरीमा दुई वर्षीया खुशीको शंकास्पद मृत्युः घरअगाडिबाट हराइन्, घरपछाडिको झाडीमा शव

सप्तरीमा दुई वर्षीया खुशीको शंकास्पद मृत्युः घरअगाडिबाट हराइन्, घरपछाडिको झाडीमा शव

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि