Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईका चार मालपोत कार्यालयमा रजाइँ गरेका नासु मदन गुप्ताको भ्रष्टाचारको नालीबेली !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८०
तराईका चार मालपोत कार्यालयमा रजाइँ गरेका नासु मदन गुप्ताको भ्रष्टाचारको नालीबेली !

वीरगंज (पर्सा), २९ माघ । नाम– मदन गुप्ता । पद– नासु । जेठ २०७६ मा भ्रष्टाचार मुद्दा लाग्ने बेलासम्म उनी निजामती सेवामा रहेको २९ वर्ष भइसकेको थियो । तीन दशकको अवधिमा २८ लाखको हाराहारीमा तलब बुझेका उनले १९ करोडको सम्पत्ति जोडेको भेटियो । अहिलेसम्म सातवटा भ्रष्टाचार मुद्दा खेपेका उनी ६ वटामा दोषी ठहर भए, एउटामा सफाइ पाए ।

अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसलाहरू हेर्ने हो भने नासु गुप्ताले विभिन्न मालपोत कार्यालयहरूमा हुँदा अनेक धन्दा गरेर सरकारी राजस्व हिनामिना गरेको देखिन्छ । उनले मालपोत र बैंकको नक्कली रसिद प्याड छपाउँथे । त्यही कागजात पेश गरेर राजस्व दाखिला भएको भनी जग्गा कारोबार गराउँथे । राजस्व खातामा भुक्तानी गर्नुपर्ने रकम उनको समूहले लिन्थ्यो ।

अख्तियारले उनीमाथि परेको उजुरी छानबिन गर्दै जाँदा एकपछि अर्को अनियमितता खुलेको थियो । विभिन्न मालपोत कार्यालयमा बसेर भ्रष्टाचार गरेको आरोपमा उनीमाथि पाँच वटा राजस्व हिनामिनाको, एउटा सरकारी कागजात नष्ट गरेको अभियोग लाग्यो ।

पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनी विरुद्ध पाँचौंं मुद्दा चल्यो । सबै मुद्दा चलेपछि उनले राजस्व चुहावट गरेको थप दुई घटना भेटिए । उनी विरुद्धको छैटौं र सातौं मुद्दा राजस्व चुहावट सम्बन्धी हो । एउटा मुद्दामा सफाइ पाएका उनी अरू सबै अभियोगमा दोषी ठहर भएका छन् ।

एकपछि अर्को मुद्दा
१ जेठ, २०७६ मा अख्तियारले नासु मदन गुप्ता विरुद्ध पहिलो भ्रष्टाचार मुद्दा दायर गर्यो । २ करोड ५० लाख राजस्व हिनामिना गरेको आरोप लागेका उनी दोषी ठहर भए । २०६९ सालमा भएको घटनामा विशेष अदालतले ६९ लाख बिगो र १ करोड ३८ लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको विशेष अदालतले उनलाई ६ वर्ष कैद सजाय तोक्यो ।

त्यही दिन उनी विरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा चलेको थियो । सरकारी कागजात मासेको र नष्ट गरेको आरोप लागेका उनी लगायतको समूहमाथि थप ९ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला भयो ।

३ जेठ, २०७६ मा नासु गुप्ता विरुद्ध तेस्रो मुद्दा दायर भयो । उनी बाराको सिमरास्थित मालपोत कार्यालयमा नासु हुँदा ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको आरोप सहित मुद्दा दायर भएको थियो । तेस्रो मुद्दामा उनले सफाइ पाए । उनले मासेको भनेको रकम खातामा नै रहेको, अनि बेरुजु देखिएको रकम फिर्ता हुनसक्ने भन्दै विशेष अदालतले त्यो मुद्दामा भ्रष्टाचार ठहर गरेन, गुप्ताले सफाइ पाए ।

गुप्ताको योजनामा मतियार बनेको आरोपमा अख्तियारले मालपोत मात्रै नभई जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय र लेखापरीक्षण गर्ने कर्मचारी विरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सिमरा मालपोत कार्यालयमा हुँदा उनीमाथि ४ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो । जुन आरोपबाट भने उनले सफाइ पाए ।

२ मंसीर, २०७६ मा गुप्ता विरुद्ध चौथो मुद्दा दर्ता भयो । मालपोत कार्यालय, पर्सामा हुँदा रकम हिनामिना गरेको आरोपमा उनीमाथि ७७ लाख ८६ हजार रुपैयाँ राज्यकोषबाट नोक्सान गराएको आरोप लाग्यो । विशेष अदालतले उनलाई त्यो मुद्दामा १ करोड ५५ हजार रुपैयाँ जरिवाना तोक्यो, ६ वर्ष कैद सजाय हुने ठहर भयो ।

११ मंसीर, २०७६ मा मदन गुप्ता विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पाँचौं मुद्दा चल्यो । एकपछि अर्को राजस्व चुहावटको घटनामा मुछिएको भेटिएपछि अख्तियारले उनी विरुद्ध १४ करोड ८१ लाख रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा चलायो ।

विशेष अदालतले उनको ठूलो आम्दानीलाई वैध ठहर गर्यो । अवैध दावी गरिएको मध्ये १० करोड ८७ लाख रुपैयाँ वैध रहेको भन्दै विशेष अदालतले २ करोड ८९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको ठहर सहित विशेष अदालतले उनीबाट त्यति नै थप जरिवाना भराउन आदेश गर्यो, अनि एक वर्ष कैद सजाय तोक्यो ।

७ असोज, २०७९ मा अख्तियारले गुप्तामाथि १२ लाख ३७ हजार हिनामिना गरेको आरोप लगायो । उनी विरुद्धको छैटौं मुद्दामा विशेष अदालतले ६ लाख १८ हजार बिगो र त्यसको दोब्बर १२ लाख ३७ हजार जरिवाना तोक्यो । उनी सहित दुई जनालाई डेढ वर्ष कैद सजायको फैसला भयो ।

२९ चैत, २०७९ मा गुप्ता विरुद्ध सातौं भ्रष्टाचार मुद्दा चलेको थियो । ९५ लाख रुपैयाँ बिगो मागदाबी भएको मुद्दामा ९ माघमा विशेष अदालतले उनीबाट ४७ लाख ५४ हजार रुपैयाँ बिगो र त्यसको दोब्बर अर्थात् ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश गर्यो । गुप्तालाई ५ वर्ष कैद सजाय गर्ने तीन साताअघिको फैसलाको पूर्णपाठ तयार भइसकेको छैन ।

अनेक धन्दा…
विशेष अदालतमा पेश भएका विभिन्न अभियोगपत्र अनुसार, नासु गुप्ता लगायतको समूहले नक्कली बैंक भौचर र रसिद फाइलमा राखेर जग्गाको कारोबार गराउँथे । अनि बिचौलिया मार्फत सेवाग्राहीबाट संकलन भएको राजस्वको रकम खल्तीमा हाल्थे । जग्गाको कारोबार गर्नुअघि राजस्व तिर्नुपर्छ, बेच्नेलाई नाफा भए पूँजीगत लाभकर समेत बुझाउनुपर्छ । तर गुप्ताको समूहले रकम बुझाउनुको साटो नक्कली रसिद फाइलमा पेश गरी जग्गा किनबेचको काम गराउँथे । एक वर्षको अवधिमा छानबिन गर्दा नै उनी सहितको टोलीले करिब ५/७ करोड हिनामिना गरेको भेटिएको थियो ।

करिब एक दशकअघि मुलुकमा घरजग्गाको कारोबार मौलाउँदै गर्दा गुप्ताको धन्दा पनि उत्कर्षमा पुग्दै गरेको अनुसन्धानहरूले देखाउँछ । १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये उनले १ लाख ६२ हजार रुपैयाँ मात्रै लेखा शाखामा बुझाइ अरू रकम हिनामिना गरेका थिए ।

उनी सहित अरू कर्मचारीमाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो । आफूमाथि भ्रष्टाचारको छानबिन हुन थालेपछि उनको टोलीले बाराको कलैयास्थित मालपोत कार्यालयबाट महत्वपूर्ण कागजात नै लुकायो ।

त्यो कागजात उनका निजी सवारी चालक सुनिलकुमार पटेलको डेराबाट बरामद भएको थियो । राजस्व चुहावटकै क्रियाकलापका कारण एकपछि अर्को घटनामा मुछिएका उनी लगालग दोषी ठहर भएका हुन् । अख्तियारले विशेष अदालतमा पेश गरेको सम्पत्ति विवरण अनुसार, गुप्ताको काठमाडौंको सुन्धारा र कलंकी अनि वीरगञ्जमा दुईवटा र सर्लाहीमा गरी पाँचवटा घर थिए । सर्लाही लगायत ठाउँमा उनको अरू सम्पत्ति पनि भेटिएको थियो ।

नासु गुप्ताले कार्यालय सहयोगी श्याम तिमिल्सिनाकी सासू इन्दिरादेवी काफ्लेको नाममा पर्साको चार ठाउँमा जग्गा किनिदिएको भेटियो । भदाहा राजेशकुमार गुप्ताको नाममा जग्गा जोडेको खुल्यो । अनि उनीहरूले प्रयोग गर्ने गाडी भदैनी कविता कुमारीका पति निरजकुमार गुप्ताको नाममा किनेका थिए ।

मदनप्रसादले सुन्धारामा किनेको घर छोरा विक्की, कार्यालय सहयोगी जुगुलीप्रसाद र अर्को व्यक्ति जगतनारायणको नाममा थियो । पछि बयानमा उनीहरूले उक्त घर मदनप्रसादको रहेको भनी प्रमाण समेत दिए । वीरगञ्जमा रहेको घर श्रीमती र कार्यालय सहायककी पत्नी कविताको नाममा राखेको भेटिएको थियो ।

अनुसन्धानका दौरान अख्तियारले मालपोत कार्यालय पर्साका कार्यालय सहयोगी श्यामप्रसाद तिमिल्सिनाको कोठा खानतलासी गर्दा ३३ लाख रुपैयाँको रसिद भेटिएको थियो । अर्का व्यक्ति वृजलाल प्रसाद रौनियारको खातामा रकम लुकाएको खुल्यो । अर्को सहायक निरजको नाममा गाडी र पेट्रोल पम्पमा लगानी गरेको पनि खुल्यो ।

२७ असार, २०४७ मा खरिदार भएर मालपोत कार्यालय, मुस्ताङमा पोस्टिङ भएका गुप्ता २० महिना मात्रै त्यहाँ बसे । २०४८ फागुनदेखि २०६३ भदौसम्म १५ वर्ष उनी मालपोत कार्यालय, सर्लाहीमा रहे । त्यसपछि मालपोत कार्यालय, पर्सामा बसे । २०६४ सालमा नासुमा बढुवा भएपछि पनि उनी अन्यत्र जानु परेन, २०७४ साल कात्तिकसम्म उनी मालपोत कार्यालय पर्सामा बसेका थिए । त्यसपछि मालपोत कार्यालय, कलैया पुगे अनि केही समय सिमरास्थित मालपोत कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा रहे ।

जागिर सुरु गरेको दुई दशक अर्थात् २०६७ सालसम्म उनले दुई लाख पनि जोड्न सकेका थिएनन् । त्यसपछिका वर्षहरूमा उनले आफ्नो कमाइ घरजग्गामा लगानी गरेको देखाउन थाले । नासु हुनासाथ कमाइ बढाउन थालेका उनले २०७१ सालमा करिब तीन करोड रुपैयाँ जोडिसकेका थिए । त्यसपछि उनको सम्पत्तिको ग्राफ बढ्दै थियो । मुद्दा दायर गर्दाको मितिसम्म उनको अवैध आम्दानी १४ करोड ८१ लाख पुगेको अख्तियारको दाबी थियो ।

अख्तियारको अनुसन्धान अनुसार, २९ वर्षको जागिरे अवधिमा उनले वैध/अवैध गरी कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । ४ करोड ५४ लाख रुपैयाँ बाहेक सबै भ्रष्टाचारबाट कमाएको अख्तियारको दाबी थियो । उनले जागिर खाएको अवधिमा २७ लाख ९२ हजार रुपैयाँ मात्रै तलब बुझेका थिए ।

मापदण्ड अनुसार गणना गर्दा त्यो तलबबाट १९ लाख ५५ हजार रुपैयाँ मात्रै बचत गर्न सम्भव हुन्छ । सर्वोच्च अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिको कुल तलब र सुविधाको ७० प्रतिशत रकम मात्रै बचत गर्न सम्भव हुने मापदण्ड बनाएको छ । साढे १९ लाख रुपैयाँ बचत गरेका गुप्ताले १९ करोड जोडेको भन्दै अख्तियारले प्रश्न उठाएको थियो ।

अख्तियारको दाबी अनुसार, उनका कारण मात्रै करिब ८ करोड रुपैयाँको राजस्व छली भएको छ । उनको सम्पत्ति लुकाएको आरोपमा कार्यालय सहयोगीका सासू विरुद्ध समेत भ्रष्टाचार मुद्दा चलेको थियो । उनले भ्रष्टाचारको रकम जम्मा गर्न लेखाका कर्मचारी युगलकिशोर ठाकुरसँग मिलेर छुट्टै संयुक्त खाता खोलेको भेटिएको थियो ।

विशेष अदालतले भने निलम्बित नासु गुप्तालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी त ठहर गर्यो, तर अख्तियारले दाबी गरेजस्तो उनले १४ करोड ८१ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्ने दाबी स्वीकार गरेन ।

अख्तियारले मदनमाथि १९ करोड ३६ लाख रुपैयाँ कमाएको दाबी गरेको थियो । विशेष अदालतले त्यसको परीक्षण गरी उनले जम्मा १३ करोड ७६ लाख रुपैयाँ मात्रै कमाएको देखिएको ठहर्यायो । साथै ४ करोड ५४ लाख रुपैयाँ मात्रै उनको वैध आम्दानी हुने भन्ने अख्तियारको दाबी विशेष अदालतले खण्डन गर्यो ।

विशेष अदालतले नासु गुप्ताले १० करोड ८७ लाख रुपैयाँ वैध रूपमा कमाएको देखिएको भनी व्याख्या गर्यो । अख्तियारको दाबीको हिसाबकिताब फेरबदल भएपछि नासु गुप्ताले २ करोड ८९ लाख रुपैयाँ मात्रै भ्रष्टाचार गरेर गैरकानुनी कमाएको फैसला सुनायो । पछिल्लो मुद्दा बाहेक सबैजसो मुद्दा पुनरावेदनका क्रममा सर्वोच्च अदालत पुगेका छन् । यो सामग्री अनलाइन खबर डटकमबाट साभार गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि