Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्यार्थी कुट्ने शिक्षक यादव अझै फरार, बचाउको लागि प्रहरीलाई नेतादेखि सांसदसम्मको दबाब

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ७, २०८०
विद्यार्थी कुट्ने शिक्षक यादव अझै फरार, बचाउको लागि प्रहरीलाई नेतादेखि सांसदसम्मको दबाब

शिक्षक सशि यादवको कुटपिटघाट घाइते भएका विद्यार्थी प्रितमको उपचार हुँदैैको अवस्था ।

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ७ माघ । विद्यार्थीलाई कुटपिट गरि घाइते बनाएका प्रा.बि.का स्थायी शिक्षक एवं निजी विद्यालयका संचालक सशि यादव अहिलेसम्म कानूनी दायरामा आउन सकेका छैनन् । वीरगंज महानगरपालिका वडा नं. १९ स्थित गोल्डेन ग्लब बोर्डिङ्ग स्कुलका संचालक समेत रहेका सशि यादव आफ्नै विद्यालयको कक्षा ३ मा अध्ययनरत १२ वर्षीय बालकलाई प्लाष्टिकको पाइपले निर्मम तरिकाले कुटपिट गरि गम्भिर घाइते बनाएका थिए । उनी विरुद्ध कारवाहीको लागि उजुरी दिएको दुई हप्ता वित्न लाग्दा पनि कानूनी दायराबाट उम्किन सफल छन् ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएको भन्दै शिक्षक यादवले बहुदरमाई नगरपालिकाको वडा नं. ६ गम्हरिया निवासी १२ वर्षीय बालक प्रितम साहलाई निर्मम तरिकाले पाइपले कुटेर घाइते बनाएका थिए । पुस २४ गते दिउँसो करिब १ बजे विद्यार्थीलाई कुटेपनि ४ बजे साँझ घर पुगेपछि मात्रै अभिभावकले थाहा पाएका थिए । त्यस पश्चात तत्काल विद्यार्थीको काका पर्ने मुकेश साहले प्रहरीलाई खबर गरेपछि अस्थायी पोष्ट प्रहरी कार्यालय विन्दवासिनीका प्रहरी टोलीले शिक्षक यादवलाई नियन्त्रणमा लिएको थियो ।

साँझसम्म पीडित पक्षबाट जाहेरी नआएपछि प्रहरीले स्थानीय भद्रभलादमीको जिम्मा लगाएर छाडेको थियो । त्यस पश्चात विद्यार्थीका काका मुकेश साहले इलाका प्रहरी कार्यालय पोखरियामा यादव विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी दिएदेखि नै शिक्षक यादव फरार छन् भने उनलाई संरक्षण गर्नका लागि प्रहरीलाई स्थानीय नेता, प्रदेश सांसददेखि संघीय सांदको दबाब आइरहेको बताइएको बताइएको छ । तर विद्यार्थीलाई निर्मम तरिकाले कुटेको र अभिभावकले किटानी जाहेरी पनि दिएकोले आरोपी कानूनी कारवाहीबाट उम्किन नसक्ने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

उनले प्रधानाध्यापक यादवमाथि कारवाही प्रक्रिया अगाडि बढाइ सकिएको बताए । यादव विरुद्ध जाहेरी दर्ता भएदेखि नै हाजिर हुन पटक पटक मौखिक आग्रह गर्दा पनि हालसम्म हाजिर नभएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनले भने ‘हाल उनी फरार रहेको कारण हाजिर गराउन सकिएको छैन, उनी विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ, हाजिर हुन दिइएको समय वितिसकेकोले अब प्रहरी लगाएर उनीलाई झिकाई कारवाही गरिन्छ’ । उनी फरार रहेको भनेपनि लुकेर घरमै बसेको स्थानीयहरुको भनाई छ ।

विद्यार्थी प्रितमलाई निर्मम तरिकाले कुट्ने प्रा.बि.का स्थायी शिक्षक सशि यादव ।

घाइते विद्यार्थीका काकाले ज्यान मार्ने उद्देश्यले बच्चालाई कुटपिट गरेको भनेर इलाका प्रहरी कार्यालय पोखरियामा जाहेरी दिएका छन् भने अवैध तरिकाले विद्यालय संचालन गरेको भनेर वीरगंज महानगरपालिका कार्यालयको शिक्षा समिति र विन्दवासिनी गाउँपालिकाको शिक्षा समितिमा कारवाहीको लागि उजुरी दिएका छन् । शशि यादव प्रा.बि.का स्थायी शिक्षक हुन् । उनी विन्दवासिनी गाउँपालिका स्थित श्री राधाकृष्ण चौरसिया उच्च मा.वि. बहुअर्वाभाठ्ठाका स्थायी शिक्षक हुन् । स्थायी शिक्षक भएपनि उनी निजी विद्यालय संचालन गरेका छन् । सरकारी विद्यालयबाट तलब खाने र आफ्नो निजी विद्यालयमा समय दिने गरेको बताइएको छ ।

शिक्षक यादवको कुटपिटबाट घाइते बालक हालसम्म पूर्ण रुपमा ठीक नभएको काका मुकेश साहको भनाई छ । पुस २४ गते मंगलबारको दिन शिक्षक यादवको कुटपिटबाट गम्भिर घाइते भएका बालक प्रितमलाई नारायणी अस्पताल र किरण आँखा अस्पतालमा उपचार गरेर ल्याइएपनि हालसम्म पूर्ण रुपमा ठीक नभएको उनको भनाई छ । अहिले पनि भतिज प्रितमको आँखाको दाग, पिठ्युको दाग, खुट्टाको दाग यथावतै रहेको र बेलाबखत कुटपिट भएको ठाउँहरु दुख्ने गरेको बताए । पुनः भोलि सोमबार अन्य अस्पतालमा उपचार गराउन लैजाने र त्यहाँ पनि ठीक नभए थप उपचारको लागि काठमाडौं लैजाने बताए ।

अर्कोतर्फ घटनालाई मिलाउन शिक्षक यादवका आफन्तले दबाब दिनुका साथै धाक धम्की पनि दिने गरेको पीडित बालकका काका मुकेशको आरोप छ । उनका अनुसार कुटपिट विरुद्ध उजुरी दिएकै दिनदेखि उनका आफन्तहरु घरमा आएर एवं मोबाइल फोन गरेर मिलापत्र गर्न दबाब दिने गरेको बताए । मिलापत्र नगरे भोलिका दिनमा आफूलाई फसाईदिने भनेर धाक धम्की दिने गरेको उनको आरोप छ । तर कुटपिट गर्ने शिक्षक यादवलाई कानूनी कारवाही गराएरै छाड्ने आफूले अठोट लिएको बताए । घाइते विद्यार्थी बहुदरमाई नगरपालिकाको वडा नं. ६ गम्हरियाबाट बिन्दवासिनी पढ्न आउने गर्छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि