Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रुपेश स्वर्णकार हत्या काण्ड : ७ जना पुर्पक्षका लागि कारागार चलान, मुख्य सुटर सिंह अस्पतालमै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८०
सर्राफको हत्यामा संलग्न हतियारधारी समूह पटक पटक बारामा गोली मारी हत्या गरेको खुलासा

कलैया (बारा), २५ पुस । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जना कारागार चलान भएका छन् । स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकै प्रेमि भनिने राधा गुप्ता, कलैया–२२ का प्रवीणकुमार साह, सुवर्ण गाउँपालिका–८ का बिगु कुमार कानु, सुवर्ण गाउँपलिका–४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मोलापुर नगरपालिका–६ बस्ने कौशल किशोर यादव, सन्तोषप्रसाद र अरुण कुमारलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी कृष्ण प्रसाद दहालले जानकारी दिए ।

उनका अनुसार हत्या प्रकरणमा जिल्ला अदालत बारामा पुस १६ गते ११ जना विरुद्ध कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएकोमा पुस १७ गतेदेखि लगातार पेशीको क्रममा मंगलबार ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । बारा जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद बरालको इजलासले आरोपितहरू ११ जनामध्ये ७ जनालाई कारागार पठाउने आदेश दिएको हो भने बाँकी ४ जना हालसम्म फरार रहेको सूचना अधिकारी दहालले जानकारी दिए ।

फरार हुनेमा भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव रहेका छन् । उनीहरु विरुद्ध अदालतले कानुनबमोजिम म्याद जारी गरेको उनले बताए । यी चारजना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन् भने घटनाको मुख्य सुटर भनिएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंह अस्पतालमा उपचारार्थ छन् । उनलाई बारा प्रहरीले गत पुस १२ गते राति नेपाल भारत सीमा क्षेत्रबाट खुट्टामा गोली हानी पक्राउ गरेको थियो ।

रुपेशको हत्या भएकै दिन प्रहरीले उनका प्रेमिका भनिएकी राधा सहित केहीलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो तर मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार थिए । प्रहरीको करिब ३ महिनाको प्रयासपछि बारा प्रहरीले पुस १२ गते राति बाराको बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईट स्थित गोली चलाएर मुख्य सुटर भनिएका सिंहलाई पक्राउ गरेको थियो । उनी अहिलेपनि उपचारार्थ छन् ।

बारा प्रहरीलाई कडा चुनौति दिदै कात्तिक १३ गते दिनदहाडै सदरमुकाम कलैयामा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रुपेश सर्राफ (स्वणर्कार) लाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो भने बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

भदौ ८, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि