Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यो देश राजा महाराजाको होइन, राजतन्त्र फर्केर आउने कल्पना नगरे हुन्छ : अध्यक्ष नेपाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २३, २०८०
यो देश राजा महाराजाको होइन, राजतन्त्र फर्केर आउने कल्पना नगरे हुन्छ : अध्यक्ष नेपाल

वीरगंज (पर्सा), २३ पुस । नेकपा (एकिकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले नेपालमा राजतन्त्र फर्कने सम्भव नभएको बताएका छन् । एकीकृत समाजवादी पर्साद्वारा वीरगंजमा आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ‘यो राजामहाराजाको देश होइन, जनताको देश हो, अब राजा आउने कल्पना नगरे हुन्छ’ उनले भने । उनले देशमा भ्रष्टाचार विरुद्ध नेकपा एकिकृत समाजवादी अगाडि बढेको बताए । उनले भने ‘देशलाई समृद्धिको बाटोमा लैजान नेताहरु भ्रष्टचारबाट बाहिर निस्कनु पर्छ, मुलुक भ्रष्टाचार मुक्त हुनु पर्छ, तबमात्र देश विकासको प्रगतिमा अगाडि बढछ’ ।

उनले नेपालले युवाको विदेश पलायन रोक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । यसका साथै नेपालमा पैसाको कमी भएका कारण विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने बताए । नेपालमा खनिज पदार्थको उत्खन्न गर्न सके देशमै नयाँ नयाँ उद्योगधन्दा बिस्तार गर्न सकिने उनको भनाई छ । ‘धेरै-धेरै खनिज पदार्थ उत्खन्न गर्नुभयो भने खनिज पदार्थबाट पनि नयाँ-नयाँ उद्योग धन्दा खेल्न सकिन्छ,’ उनले भने, ‘हामीकहाँ बरु पैसा कम छ, विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्छ ।’

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सायौं जनाले एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा वीरगंजका व्यवसायी कुन्दन रौनियारको नेतृत्वमा विनोद गुप्ता, संतोष गुप्ता, रुपक सर्राफ, रवि रौनियार, मदन रौनियार, राजु साह, लक्की रौनियार, अरमेन्द्र चौरसिया, रणजित कणर्, विकाश रौनियार, राकेश केशरी लगायतले एकीकृत समाजवादीमा प्रबेश गरेका थिए । यसैगरी वीरगंज २९ का मधु प्रसाद महतो, अविनाश महतो, पवन कुमार मण्डल, सूर्य महतो, वीरगंज १६ का रंजित साह कलवार, संदिप पटेल, विकी पटेल, वीरगंज २१ का हेमन्त चौहान, विवेक मुखिया, विजय यादव, वीरगंज ११ का अर्जुन जयसवाल, उदय सर्राफ लगायतकाले पार्टीमा प्रबेश गरेका थिए ।

एकीकृत समाजवादी पर्सा जिल्ला अध्यक्ष बाल गोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सचिव एवम् पूर्व मन्त्री नागेन्द्र चौधरी, प्रतिनिधि सभा सदस्य किशान श्रेष्ठ, पार्टीका पोलिट ब्यूरो सदस्य रामचन्द्र साह, सरला यादव, पुष्पा कणर्, चिरन्जीवी अचार्य, दिनेश राई, लेखा समिति सदस्य किशोरी कुशवाहा, पर्सा जिल्ला उपाध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवनान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई पर्सा जिल्ला सचिव बिक्रम चौरसियाले संचालन गरेका थिए ।

यसअघि बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीमा पनि नेकपा एकीकृत समाजवादीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एकिकृत समाजवादीका परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामकेश्वर पटेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममै अनिल कुमार साहको अध्यक्षतामा नेपाल रिटर्नी एशोसियसनको बारा जिल्ला कमिटी गठन पनि गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि