Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २९, २०८०
सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

147978782

भरतपुर (चितवन), २९ मंसिर । चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चार महिनामा ४४ दशमलव १२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका छन् ।

गत कात्तिकमा तीन हजार सात सय ९८ सुत्केरी भएकामा एक हजार छ सय ७६ को शल्यक्रिया गरिएको अस्पतालका तथ्याङ्क शाखा प्रमुख नारायण रिजालले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा १२ हजार छ सय ३२ सुत्केरी भएकामा तीन हजार छ सय ३३ को शल्यक्रिया गरिएको छ । यो तथ्याङ्क २८ दशमलव ७६ प्रतिशत हो । सो वर्ष आठ हजार सात सय १० जनाको सामान्य तरिकाले शल्यक्रिया गरिएको थियो ।

आव २०७७/७८ मा अघिल्लो आवको तुलनामा छ प्रतिशतले बढेर ३४ दशमलव ९२ प्रतिशत पुग्यो । सो वर्ष नौ हजार नौ सय ७० सुत्केरी हुँदा तीन हजार तीन सय ९९ को शल्यक्रिया गरिएको थियो । त्यसपछि आव २०७८/७९ मा १२ हजार दुई सय २१ सुत्केरी हुँदा चार हजार दुई सय आठ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।

भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने उनले बताए । “यहाँ बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका घटना आउँछन्”, उनले भने “पचास प्रतिशत त ‘रिफरल केस’ नै हुन्छन् ।”

उच्च प्रश्रव पीडा र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पताल पठाउने गरेको उनले बताए । उनले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने गरेको बताए । सम्पन्न परिवारका महिला प्रश्रव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहने बढिरहेको उनको भनाइ छ ।

भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा पाँच जनाले ज्यान गुमाएका थिए । बच्चा जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालु आवको चार महिनामा २६ शिशुको मृत्यु भएको छ । अघिल्लो आव २०७९/८० मा एक सय चार शिशुको मृत्यु भएको थियो । सो वर्ष जन्म भएपछि १६ र गर्भाअवस्थामा ८८ शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि