Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगर आफैँले गर्छ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८०
नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगर आफैँले गर्छ : मेयर सिंह

वीरगंज (पर्सा), ७ मंसिर । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका लागि उपेक्षा गरेकाले महानगर आफैँले रंगशाला व्यवस्थित बनाउने जमर्को गरेको हो । बिहीबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्थलगत निरीक्षण गर्नुहुँदै नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगरले गर्ने बताउनुभयो ।

रंगशालामा अभ्यासका लागि मुख्य मैदानको दक्षिणतर्फको क्षेत्र प्रयोगमा ल्याउने गरि आवश्यक काम अघि बढाउन उहाँले मातहतका कर्मचारिलाई निर्देशन समेत दिनुभएको छ । ‘मुख्य मैदानलाई असर नपर्ने गरी अभ्यासका लागि नजिकैको दक्षिण तर्फ रहेको खाली ठाउँमा छुट्टै पीच बनाउन काम अघि बढाउनुस’, उहाँले भन्नुभयो, ‘मुख्य मैदान प्रतियोगिताका लागि मात्रै प्रयोगमा ल्याऔँ ।’

महानगरको योजना प्रमुख तथा प्राविधिक सल्लाहकार सहित निरीक्षणमा पुग्नु भएका मेयर सिंहले तत्काल रंगशालाले ओगटेको जग्गाको नापजाँच गरेर घेराबेरा गर्ने र अभ्यासका लागि छुट्टै स्थान बनाउने गरि काम अघि बढाउन टोलीलाई निर्देशन दिनुभएको हो । रंगशालाको स्तरोन्नती नहुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेको छैन । अहिले पर्सा क्रिकेट संघको अगुवाईमा अन्तर्राष्ट्रिय स्तरको ‘प्रो क्लब च्याम्पियनसिप’ को दोस्रो संस्करणको प्रतियोगिता गर्ने तयारी भइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै महानगरले रंगशाला स्तरोन्नतीका साथै आवश्यक काम अघि बढाउने जमर्को गरेको हो ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले रंगशालाको स्तरोन्नतीका लागि महानगर अघि बढ्नु खुःसीको कुरा रहेको भन्दै यसले खेल क्षेत्रको भविष्य उज्वल रहेको देखाएको बताउनुभयो । ‘महानगरले क्रिकेट रंगशाला व्यवस्थित गर्ने गरि महानगरले अभिभावकत्व लिएकाले खेलाडीहरुमा उत्साह थपिएको छ’, उहाँले भन्नुभयो, ‘वीरगंज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने स्थल रहेकाले त्यसलाई जोगाउन पनि यो रंगशाला व्यवस्थित हुन जरुरी छ ।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो करियर यही रंगशालाबाट सुरुवात भएको बताउँदै रंगशालाको स्तरोन्नतीका लागि महानगरले योजना अघि बढाएको सुन्दा आफूहरुमा उत्साह थपिएको बताउनुभयो । महानगरले यस अघि आदर्शनगर रंगशाला स्तरोन्नती गर्दै यहाँका खेलाडीहरुको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

अनुगमनमा महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्य, योजना प्रमुख अवधेस कुशवाहा, सरसफाई प्रमुख सर्फुद्दिन मियाँ, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि