Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्रिकेटर आसिफ र आरिफलाई वीरगंजमा नागरिक अभिनन्दन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०७९
क्रिकेटर आसिफ र आरिफलाई वीरगंजमा नागरिक अभिनन्दन

वीरगंज (पर्सा), १७ चैत / आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई शुक्रबार वीरगन्जमा नागरिक अभिन्दन गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज महानगरपालिकाले शुक्रबार साँझ भव्य समारोह नै गरेर वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको हो । नागरिक अभिनन्दनसंगै महानगरले यसअघि घोषणा गरे अनुसार शेख दाजुभाईलाई एक एक थान यमहा एफजेडएफआइ मोटरसाइकल पनि प्रदान गरेको छ । आदर्शनगर स्थित पुरानोबसपार्क परिसरमा आयोजित समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहले दुवै जना खेलाडीलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरेर सम्मानित गरे । संगै उनले दुवैलाई मोटरसाइकलको साँचो पनि हस्तान्तरण गरे ।
वीरगन्जको मुर्ली निवासी आरिफ राष्ट्रिय टिमको ब्याट्सम्यान हुन् भने आसिफ ब्याट्सम्यान तथा विकेट किपर हुन् । २ चैतमा काठमाडौंमा भएको आइसिसि विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो । समारोहमा शेख दाजुभाईलाइ वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गर्दै मेयर सिंहले वीरगन्ज निवासी दुवै खेलाडीको थप हौसला र उर्जा बढाउन महानगरले वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको बताए ।
यी दुइ खेलाडीले वीरगन्जको मात्र नभइ नेपालकै नाम अन्र्तराष्ट्रिय जगतमा उँचो बनाएको भन्दै मेयर सिंहले भने,‘ आसिफ र आरिफ नेपालकै गहना हुनुहुन्छ , उहाँहरुको साथामा सारा वीरगन्जवासी छन् । यस्तै कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले दुवै खेलाडीको क्षमता र प्रतिभालाई अझ उचाँइमा पुरयाउनका लागि उनिहरुमा हौसला र उर्जा थप्न वीरगन्ज महानगरपालिका सदैव तयार रहेको बताए ।
उक्त अवसरमा इरानमा सम्पन्न १९ वर्ष मुनिको वेल्र्ड कबड्डी च्याम्पियनसिपमा नेपाललाई तेश्रो स्थानमा पुरयाउन सफल राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय वीरगन्ज निवासी दिपेन्द्र यादव र सागर यादवलाई पनि सम्मानित गरिएको छ । समारोहमा मेयर सिंहले यादवद्वयलाई दोशल्ला र कदरपत्रले सम्मानित गर्दै व्याक्तिग तर्फबाट दुवैलाई जनही २१÷२१ हजार रुपैया पनि प्रदान गरे । समारोहमा आसिफ र आरिफका वीरगन्जका प्रशिक्षक जाहुर अन्सारी, क्रिकेटका वरिष्ठ प्रशिक्षक उमेश उपाध्याय, प्रशिक्षक प्रकाश शर्मा लगायतलाइ पनि सम्मानित गरिएको थियो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको नागरिक अभिनन्दन समारोहमा वीरगन्जका उपमेयर इम्तियाज आलम, वडाअध्यक्षहरुका साथै वीरगन्जवासीको सहभागिता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि