वीरगंज (पर्सा), ३१ असोज / अख्तियार अनुशन्धान आयोग हेटौडा कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा मारेको छ । आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारिगरेको हो ।
मुदा फाँटका कार्मचारीले आफुसँग घुस माग गरेको सेवाग्राहीको गुनासो पछि आएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई घुसको रुपैया सहित पक्राउ गरेको अरोपमा यादवलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग माग गरेको ५ हजार घुस रकम सहित यादवलाई अख्तियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी बताउनु भयो ।
सहायक प्रजिअ पौडेलका अनुसार यादव सहित मुद्दा शाखाका विभिन्न फाइलहरु अनुशन्धानको लागी अख्तियारको टोलीले लगेको छ ।
प्रतिक्रिया दिनुहोस् !