Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुशवाहा मृत्यु प्रकरण : बारा प्रहरीको अनुसन्धानप्रति शंका, घटनाको तीन हप्तासम्म अभियुक्त पक्राउ परेनन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १३, २०७९
कुशवाहा मृत्यु प्रकरणमा मुछिएका अभियुक्त संरक्षण गर्दै बारा प्रहरी

आदर्शकोतवाल (बारा), १३ असार / बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वा निवासी प्रभु कुशवाहा मृ्त्यू प्रकरणका अभियुक्तहरुलाई प्रहरीले संरक्षण गरि रहेको आरोप लागेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा छिमेकीको कुटपिटबाट गम्भिर घाइते भएका प्रभू कुशवाहाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
मृत्यु पश्चात पीडित पक्षले किटानी जाहेरी दिदा पनि प्रहरीले अभियुक्तलाई पक्राउ गनुको सट्टा संरक्षण गरि रहेको छ । घटनामा प्रकरणमा संलग्न किशोरी महतो कोइरी र रामप्रवेश महतो प्रहरी हिरासतमा छन् भने अन्य संलग्न दुईजना पक्राउ परेकी महिलामध्ये एक महिला रामसखी देवी कोइरिन प्रहरी कारवाहीबाट उन्मिक्ति पाएकी छिन् । घटनामा संलग्न रहेको भन्दै पीडित पक्षले २ जना पुरुष तथा २ जना महिला गरि ४ जनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो । जसमा २ पुरुष अहिलेपनि प्रहरी हिरासतमै छन् भने दुई महिलालाई पुनः हाजिर हुने गरि प्रहरीले जिम्मा जमानतमा छाडेको थियो । त्यस पश्चात पीडित पक्षले ति महिला विरुद्ध किटानी जाहेरी दिदा पनि बारा प्रहरीले पक्राउ गर्नुभन्दा अभियुक्तलाई संरक्षण गरि रहेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले छिमेकी किशोरी महतो कोइरी, रामप्रवेश महतो कोइरी सहित १३ जना विरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले अभियुक्तलाई पक्राउ गर्न कुनै किसिमको कदम नचालेको पीडित पक्षको आरोप छ । पीडित पक्षले जाहेर दिएपश्चात आरोपीहरुलाई पक्राउ गर्न पटक पटक जिल्ला प्रहरी कार्यालय बारा धाउँदा प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले अभियुक्तलाई पक्राउ गर्नुभन्दा पनि संरक्षण गरि रहेको पीडित पक्षको आरोप छ । घटना भएको तीन हप्ता वित्न लाग्दा पनि प्रहरीले कुनै किसिमको कारवाही गर्न सकेको छैन । पीडित पक्षले पक्राउ गरेर प्रहरीलाई बुझाएको महिला पनि कारवाहीबाट उन्मुक्ति पाएकी छिन् ।


घटनाका मुख्य योजनाकार मानिएका पूर्व गाविस अध्यक्ष एवं नेपाली काँँग्रेसका कार्यकर्ता रामअयोध्या प्रसाद यादव, लालबाबु प्रसाद कुशवाहा, सन्जय प्रसाद कुशवाहालाई बाराका प्रहरी उपरीक्षक आफै संरक्षण गर्न लागि परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा फाँटका प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत सुरेन्द्र यादवको आफन्त पर्ने रामअयोध्या यादव यस घटनामा मुच्छिएपछि उनलाई बचाउन प्रहरी निरीक्षक यादव सहित प्रहरी उपरीक्षक देउवा पनि खुलेरै लागेका छन् ।
नेपाली काँग्रेसका राष्टिूय अध्यक्ष एवं प्रधानमन्त्री शेर बहादुर देउवाका आफन्त पर्ने प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले हत्या जस्तो घटनामा मुछिएका नेपाली काँग्रेसका कार्यकर्ता पक्राउ गर्नुभन्दा पनि कार्यकर्ता संरक्षण अभियानमा नै लागेका छन् । घटनाका मुख्य योजनाकार मानिएका पूर्व गाविस अध्यक्ष एवं नेपाली काँग्रेसका कार्यकर्ता रामअयोध्या प्रसाद यादव काँग्रेसकै कार्यकर्ता भएकै कारण हालसम्म कारवाहीबाट उन्मूक्ति पाएका छन् । उनलाई पक्राउ गर्नका लागि पीडित पक्षले पटक पटक प्रयास गरेपनि प्रहरीले तदारुक्ता नदेखाएको कारण उनी हालसम्म प्रहरी कारवाहीबाट उम्किन सफल भएका छन् ।
घटना भएपश्चात मुख्य योजनाकार सहित अन्य एक दर्जन व्यक्तिहरु फरार छन्, तर तिनीहरु त्यही आसपासको वस्तीमा लुकेर बस्ने गरेको पीडित पक्षले सूचना दिदा समेत प्रहरीले कारवाही गर्न आनाकानी गरि रहेको छ । पीडक पक्ष र उनीहरुको आफन्तले उल्टै मृतकका छोरा सन्दिप कुशवाहालाई धाक धम्की दिने गरेको पीडितको आरोप छ । यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अभियुक्तलाई कारवाही गरिने भनेर आश्वासन दिइरहेका छन् तर हालसम्म कोही पक्राउ पर्न सकेको छैन । दिनहुँ जिल्ला प्रहरी कार्यालय बारा धाउँदा पीडित निराश फर्किनुपर्ने अवस्था छ । सधैं डिएसपीको एउटै भनाई हुन्छ, अभियुक्तहरुलाई कारवाही हुन्छ तर खुलेयाम घुमि रहेका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्दैन, जसको कारण पीडित पक्षले न्याय पाउने आश समेत मारि सकेको छ ।
घटनालाई सामसुम पार्न मुख्य भूमिका प्रहरी निरीक्षक सुरेन्द्र यादव निर्वाह गर्दैछन् । हत्या जस्तो घटनालाई सामान्य रुपमा लिएर घटनालाई ढाकछोप गर्न लागि परेको छ । बाराका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको इसारामा प्रनि यादव घटनालाई दबाउन लागि परेको बताइएको छ । प्रहरी उपरीक्षक देउवा बढुवाको लागि बिदा लिएर प्रहरी प्रधान कार्यालय धाइ रहेका छन् भने प्रहरी नायब उपरीक्षक थापा र प्रहरी निरीक्षक यादव दुबै मिली घटनालाई दबाउन लागि परेका छन् ।
गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा कुशवाहालाई छिमेकी विलाश महतो कोइरी, किशोरी महतो, लालबाबु प्रसाद कुशवाहा, रामबाबु कुशवाहा, रामदेव महतो, हिरामन कुशवाहा, बुनी महतो लगायतका परिवारले प्रभु कुशवाहालाई मरणासन्न हुनेगरि कुटपिट गरेका थिए कुटपिट पश्चात गम्भिर घाइते भएका प्रभु कुशवाहाको उपचारको क्रममा सोही दिन नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतक कुशवाहा पूर्व सहायक वन अधिकृत थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि