Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०७९
छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

साँकेतिक तस्विर

लमजुङ, २३ जेठ / आफ्नै छोरीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एक जना अधबैंसेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार किशोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो ।
आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका ती अधबैंसेलाई लमजुङ जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको इन्पसेक्टर रेग्मीले बताए । उनका अनुसार पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरिएको र छोरीलाई आमाको जिम्मा लगाएर पठाइएको छ ।
प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी ती अधबैंसेले छोरीलाई २ पटक करणी गरेको प्रारम्भिक बयान छोरीले दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा ती अधबैंसेले २ पटकसम्म करणी गरेको स्वीकार गरेका अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ । ‘हामीले अदालतमा म्याद थप गरी अनुसन्धान थालेका छौं । घटनाको प्रकृति हेर्दा जवर्जस्ती करणी भएको प्रमाण र आधारहरु देखिएका छन्,’ प्रहरीले भन्यो ।
प्रहरीका अनुसार आमालाई भन्न नसकेर ती किशोरी प्रहरी कार्यालयमा आएका हुन् । तिनै किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई यही बैशाखमा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ । चैत ३० गतेको घटनामा ती युवकले किशोरीलाई नजिकैको बजारमा खाजा खान लगेपछि साँझपख भीषण वर्षा भएपछि होटलमा लगेर जबर्जस्ती करणी गरेको घटनामा प्रहरीले युवकविरुद्ध मुद्दा चलाएको छ । साभार : कान्तिपुरबाट

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि