Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इकोनोमिक वाच : रुस–युक्रेन द्वन्द्वले भारतीय अर्थतन्त्रमा बढायो चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ७, २०७८
युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

नयाँदिल्ली / रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा गहिरो बादल मडारिरहेको छ । द्वन्द्वबाट प्रेरित वस्तुको अन्तरराष्ट्रिय लागतमा भएको वृद्धिले भारतमाथि एउटा दबाव उत्पन्न गरिरहेको छ । भारतले कोभिड(१९ महामारीको दुई घातक लहरपछि आर्थिक सुधारको पुनः प्राप्तिको प्रयास गरिरहेको छ । महामारीको बेला दक्षिण एसियाली मुलुक भारतले लागु गरेको कडा लकडाउनले यसको वृद्धिलाई तलतिर पठाएको छ । आधिकारिक तथ्याङ्कअनुसार भारतको आर्थिक वर्ष २०२१÷(२२ मा गत आर्थिक वर्ष ६.६ प्रतिशत सङ्कुचनपछि ८.९ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । जबकि त्यो ‘रिकभरी’ प्रमुख अर्थतन्त्रमध्ये सबैभन्दा छिटो हुनेछ । यो अझै पनि गत महिना सरकारले प्रक्षेपण गरेको ९.२ प्रतिशत विस्तारभन्दा सुस्त छ ।
खाद्यान्न मूल्य र खेती लागतमा वृद्धि
कृषि उत्पादनका दुई प्रमुख आपूर्तिकर्ता युक्रेन र रुस द्वन्द्वमा फसेकाले भारतमा आगामी दिनमा खाद्य तेलको मूल्य आकाशिने सम्भावना छ । कृषि उत्पादनका पण्डित र भविष्यका व्यापारीले तोरीमा ठूलो दाउ लगाइरहेका छन् । मुलुकमा केही भागमा आवश्यकताभन्दा बढी सामग्री जम्मा गर्न सुरु भएको आन्तरिक सूत्रले बताएको छ । रसिया र युक्रेनले मिलेर भारतलाई ९० प्रतिशत सूर्यमुखी तेल आपूर्ति गर्छन् । युक्रेनबाट भारतको आयात २०२१ मा दुई अर्ब ६० करोड अमेरिकी डलर थियो । सोमध्ये एक अर्ब ८५ करोड डलर वनस्पति तेल, मुख्यतया सूर्यमुखी तेलमा खर्च गरिएको थियो । तनाव बढ्दै गएपछि व्यापारी र विज्ञले मूल्य वृद्धिको आशा गरिरहेका छन् ।
“भारतीय फ्राइङ प्यानले यो बहुमूल्य तेललाई याद गर्न सक्छन् । र कुनै स्वस्थ विकल्प नभएका कारण मूल्य पहिले नै बढिसकेको छ । साथै सिपिङ कम्पनी कृष्ण सागरबाट माल ढुवानीका लागि उच्च बीमा प्रिमियम चार्ज गरिरहेका छन् ।”, स्वतन्त्र कृषि नीति विश्लेषक इन्द्रशेखर सिंहले भन्नुभयो । “यसको खाद्य तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पर्नेछ,” विश्लेषक सिंहले भन्नुभयो, “भारतमा खाना पकाउने तेलको बढ्दो मागले हाम्रो समस्यालाई थपेको छ भन्ने देखेर र रापसीड (तेलको एक प्रकार) निर्यात रोकिएको तथ्य थाहा हुँदाहुँदै यसले सहयोग गर्दैन ।” खाद्यान्नको मूल्य र सुरक्षाको लागि अर्को ठूलो खतरा रासायनिक मलको अभाव हो । रसिया पोटासको दोस्रो ठूलो उत्पादक हो, जुन डि(अमोनियम फास्फेट (डीएपी)को उत्पादनमा प्रयोग गरिन्छ । डीएपी रासायनिक÷औद्योगिक कृषिका लागि महत्वपूर्ण भएकोले डीएपी नहुँदा किसानहलाई खराब उत्पादन र आफ्नो बालीको अङ्कुरणको अनुभव नहुन सक्छ ।
डीएपीको भाउ बढ्न थालेको र नाइट्रोजन मलको पनि मूल्य बढेको प्रतिवेदनले जनाएको छ । रुसविरूद्ध पश्चिमाद्वारा लगाइएको प्रतिबन्धको परिप्रेक्ष्यमा मूल्य वृद्धि अझ तीव्र हुनेछ । जसका कारण खेतीको लागतमा वृद्धि गर्नेछ ।
आर्थिक सुधारको खिँचाइ द्वन्द्वबीच तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । मूल्यवृद्धि जुन सन् २०१४ जुन महिनापछिकै उच्च हो । भारत प्रतिदिन ५५ लाख ब्यारेलसम्मको खपत भएको तेलको विश्वको तेस्रो ठूलो उपभोक्ता हो । भारतको कर राजस्व पनि तेलमा धेरै निर्भर छ । तेलले सङ्घीय अन्तःशुल्कको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । विज्ञका अनुसार ठूला उदीयमान अर्थतन्त्रमध्ये कुनै पनि देश भारतभन्दा उच्च तेलको मूल्यमा बढी जोखिममा छैनन् । साथै इन्धनको मूल्यवृद्धि भनेको दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हो । “तेल र ग्यासमा प्रतिबन्ध खराब विचार हो । यसले विश्वव्यापी आर्थिक सुधारलाई सुस्त बनाउँछ”, ऊर्जा विशेषज्ञ नरेन्द्र तनेजाले भन्नुभयो, “उदीयमान र गरिब अर्थतन्त्र सबैभन्दा बढी प्रभावित हुनेछन् । ऊर्जा गरिबी बढ्नेछ । मुद्रास्फीति बढ्नेछ । लाखौँ र करोडौँ पीडित हुनेछन् ।”
इन्धनको मूल्यमा भएको वृद्धिले भारतको वृद्धिलाई असर गर्छ र आर्थिक पुनरुत्थानलाई सुस्त बनाउँछ । सामको भेन्चर्सका सीइओ जिमीत मोदीले भर्खरै भन्नुभएको थियो, “भारत राम्रोसँग सुसज्जित भए पनि दक्षिण एसियाली यो देश पक्कै पनि यसको असरबाट अछुतो छैन ।” “हाम्रो जनसङ्ख्याको एउटा ठूलो भाग स्थिर वा घट्दो आय र बढ्दो जीवन लागतसँग लडिरहेको छ, वर्तमान देखिने निजी माग पिरामिडको शीर्षबाट उत्पन्न भइरहेको छ । यसले निरन्तर उच्च मुद्रास्फीतिसँगै एक स्थिर मुद्रास्फीतिको स्थितिको विकासको सङ्केत दिनसक्छ जहाँ आर्थिक विकास सुस्त हुन्छ,” उहाँले भन्नुभयो । “यदि वस्तुको मूल्यमा निरन्तर वृद्धि जारी रह्यो भने यसले क्षेत्रमा रहेका कम्पनीलाई आफ्नो मार्जिन जोगाउनका लागि अन्तिम उपभोक्तामा केही मूल्य वृद्धि गराउन बाध्य पार्छ,” मोदीले भन्नुभयो । (रासस) पीरजादा अरशद हमिद (अनुवादः दिलीप अधिकारी)

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि