Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनकपुर-अयोध्या रेलले जोड्दै राम-जानकीको भूमि, धार्मिक पर्यटनदेखि व्यापारसम्म नयाँ आशा !

कुनै समय सीमित दूरीमा सञ्चालन हुने रेलले अहिले महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म करिब ५२ किलोमिटर दूरीमा यात्रु ओसारपसार गरिरहेको छ । दैनिक तीन पटक आवतजावत गर्ने यो रेल जनकपुरधामको पहिचान र पर्यटकीय आकर्षणसमेत बनेको छ । रेल चढ्नकै लागि विभिन्न स्थानबाट जनकपुर आउने पर्यटकका लागि जानकी मन्दिरको दर्शन अर्को आकर्षण हुने गरेको छ । अब भने यही रेल सेवाले जनकपुरधामलाई भारतको अयोध्यासम्म जोड्ने तयारीसँगै नयाँ सम्भावनाको ढोका खोल्न लागेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८३
जनकपुर-अयोध्या रेलले जोड्दै राम-जानकीको भूमि, धार्मिक पर्यटनदेखि व्यापारसम्म नयाँ आशा !

जनकपुरधाम (धनुषा), ६ मंसिर । कुनै समय कोइलाको इन्जिनबाट निस्कने धुवाँ र छुकछुक आवाजसँगै मिथिलाको समथर फाँट चिर्दै गुड्ने जनकपुर–जयनगर रेल अहिले आधुनिक स्वरूपमा दौडिरहेको छ । करिब नौ दशकअघि सुरु भएको यो रेल सेवाले समयसँगै आफ्नो स्वरूप र गति परिवर्तन गरे पनि यससँग जोडिएको जनकपुरवासीको भावनात्मक सम्बन्ध भने अझै उस्तै छ । कोइला इन्जिनबाट सुरु भएको रेलको यात्रा अहिले डिजेल इन्जिन र ब्रोडगेज रेलमार्गसम्म आइपुगेको छ । कुनै समय सीमित दूरीमा सञ्चालन हुने रेलले अहिले महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म करिब ५२ किलोमिटर दूरीमा यात्रु ओसारपसार गरिरहेको छ । दैनिक तीन पटक आवतजावत गर्ने यो रेल जनकपुरधामको पहिचान र पर्यटकीय आकर्षणसमेत बनेको छ ।

रेल चढ्नकै लागि विभिन्न स्थानबाट जनकपुर आउने पर्यटकका लागि जानकी मन्दिरको दर्शन अर्को आकर्षण हुने गरेको छ । अब भने यही रेल सेवाले जनकपुरधामलाई भारतको अयोध्यासम्म जोड्ने तयारीसँगै नयाँ सम्भावनाको ढोका खोल्न लागेको छ । माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मस्थलका रूपमा मानिने अयोध्याबीच रेल सम्पर्क स्थापित हुने भएपछि स्थानीयवासीदेखि सीमावर्ती भारतीय नागरिकसम्म उत्साहित देखिएका छन् ।

भारतीय रेल मन्त्रालयले जनकपुरधाम र उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । प्रस्तावित कार्यक्रमअनुसार मंसिर ७ गते अर्थात् नोभेम्बर २३ मा नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा रेल सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसलाई दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । जनकपुरधाम रेल्वे स्टेसनमा भेटिएका भारतको बिहारस्थित जयनगर स्टेसन रोड निवासी केशव आनन्द रेल सेवा सञ्चालन हुने खबरले निकै खुसी छन् । दिल्लीस्थित एक बैंकमा कार्यरत उनी धार्मिक यात्राका लागि मात्र नभई अन्य सहरसम्मको आवागमनका दृष्टिले पनि यो सेवा उपयोगी हुने बताउँछन् ।

‘यो रेल सेवा सञ्चालन भएपछि अयोध्या घुम्न नेपाली नागरिकलाई मात्र होइन, हामीजस्ता सीमावर्ती क्षेत्रमा बस्ने भारतीयलाई पनि सहज हुनेछ,’ उनले भने, ‘जयनगरबाट पनि अयोध्यासम्म सिधा रेल सेवा छैन । यो सञ्चालनमा आएपछि हामीलाई पनि अयोध्या हुँदै अन्य सहरसम्म पुग्न सजिलो हुनेछ ।’ उनका अनुसार भगवान् रामको नामसँग माता सीताको नाम जोडिने भएकाले अयोध्या पुग्ने भारतीय श्रद्धालुका लागि जनकपुरधाम पनि महत्त्वपूर्ण धार्मिक गन्तव्य हो । ‘अयोध्या जानेले जनकपुरधाम र जनकपुर आउनेले अयोध्या पुग्ने चाहना राख्छन् । अब रेल सेवा सञ्चालन भएपछि दुवै ठाउँका नागरिकको त्यो चाहना पूरा गर्न सहज हुनेछ,’ उनले उत्साहित हुँदै भने ।

जनकपुरधाम रेल्वे स्टेसनमा चन्दन चाट स्टल सञ्चालन गर्दै आएका चन्दनकुमार साह पनि नयाँ रेल सेवाको प्रतीक्षामा छन् । लामो समयदेखि अयोध्या पुगेर भगवान् रामको जन्मस्थल दर्शन गर्ने चाहना राखेका उनी अब रेलमार्फत यात्रा गर्ने योजनामा छन् । ‘भगवान् रामको जन्मभूमि अयोध्या घुम्ने मेरो पनि धेरै दिनदेखिको चाहना थियो । अब यही रेलमार्फत त्यो चाहना पूरा हुने भएको छ,’ उनले भने, ‘प्रयास गर्दैछु, उद्घाटन हुने रेलमै अयोध्या पुग्ने ।’ तर, साप्ताहिक रूपमा मात्रै रेल सञ्चालन हुने प्रस्तावप्रति भने उनी केही चिन्तित छन् । यात्रुको चाप बढेपछि सातामा एकपटकको सेवा पर्याप्त नहुने उनको बुझाइ छ । ‘नेपाल र सीमावर्ती भारतका धेरै मानिस अयोध्या जान चाहन्छन् । सातामा एकपटक मात्रै रेल चल्दा यात्रुको प्रतीक्षा लामो हुन सक्छ । कम्तीमा सातामा दुई दिन सञ्चालन भए अझ राम्रो हुन्थ्यो,’ उनले भने ।

रेल सेवा सञ्चालनले आफ्नो व्यापारसमेत बढ्ने उनको अपेक्षा छ । अहिले सीमित रहेको व्यापार भारतीय पर्यटकको आवागमन बढेसँगै विस्तार हुने उनको विश्वास छ । ‘अहिले सीमित व्यापार हुन्छ । भारतीय पर्यटकको चहलपहल बढेपछि मेरोमात्र होइन, जनकपुरका होटल, पसल र अन्य व्यवसायको पनि व्यापार बढ्नेछ,’ उनले भने । जनकपुरधाम–२५ लोहना निवासी राजु राउत पनि नयाँ रेल सेवाबाट लाभ पुग्ने अपेक्षामा छन् । जनकपुर नगर क्षेत्रमा टेम्पो चलाएर जीविकोपार्जन गर्दै आएका उनी जनकपुर रेल्वे स्टेसनलाई आफ्नो नियमित कार्यस्थल बनाएका छन् । रेल सेवा सञ्चालन भएपछि जनकपुर आउने पर्यटकको संख्या बढ्ने र त्यसको प्रत्यक्ष लाभ आफूजस्ता यातायात व्यवसायीलाई पुग्ने उनको अपेक्षा छ ।

‘म प्रायः यही रेल्वे स्टेसनबाट टेम्पो चलाउँछु । जनकपुर–अयोध्या रेल सेवा सुरु हुँदैछ भन्ने सुनेको छु । यो सञ्चालनमा आएपछि अहिलेभन्दा राम्रो कमाइ हुने आशा छ,’ उनले भने । तर, पर्यटकको आगमन बढ्दैमा मात्रै जनकपुरको पर्यटन क्षेत्र फस्टाउन नसक्ने उनको भनाइ छ । त्यसका लागि नगरको सरसफाइ, ट्राफिक व्यवस्थापन र पर्यटकमैत्री वातावरण निर्माणमा स्थानीय सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘पर्यटक जनकपुर आउँछन्, तर नगरभित्रको ट्राफिक र सरसफाइमा ध्यान दिइएन भने उनीहरू फेरि आउन चाहँदैनन् । जहीँतहीँ फोहोरको डङ्गुर थुप्रिने हो भने पर्यटकको बसाइ लम्बिनुको साटो छोटिन सक्छ,’ उनले भने । रेल सेवा सञ्चालनलाई जनकपुरको समग्र सहरी व्यवस्थापन सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने उनको सुझाव छ ।

जनकपुरधाम–४ कदमचोकका ७२ वर्षीय राजकुमार चौधरीका लागि भने जनकपुरबाट अयोध्यासम्म रेल सेवा सञ्चालन हुने खबर व्यक्तिगत इच्छासँग पनि जोडिएको छ । मिथिलावासीको धार्मिक आस्थासँग जोडिएको अयोध्या पुगेर भगवान् रामको जन्मस्थल दर्शन गर्ने चाहना आफूले लामो समयदेखि राख्दै आएको उनी बताउँछन् । ‘मिथिलावासी भएर सीताको नगरी जनकपुरधाममा बस्नेहरूले आफ्नो जीवनमा एकपटक भगवान् रामको जन्मस्थल पुगेर दर्शन गर्ने चाहना राख्छन् । अब त्यो चाहना चाँडै पूरा हुने भयो,’ उनले भने, ‘यस्तो राम्रो कामका लागि दुवै देशका सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

रेल सेवा सुरु भएपछि आफू सपरिवार अयोध्या जाने योजनामा रहेको उनले बताए । अयोध्या पुगेर धार्मिक स्थलहरूको दर्शन गर्ने र बाटोमा पर्ने अन्य महत्त्वपूर्ण स्थानसमेत अवलोकन गर्ने उनको चाहना छ । रेल सेवाले जनकपुरधाममा मात्र नभई आसपासका ग्रामीण क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोग पु¥याउन सक्ने उनको विश्वास छ । त्यसका लागि स्थानीय धार्मिक स्थलहरूको संरक्षण, प्रचार र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

धार्मिक पर्यटनसँगै व्यापार विस्तारको अपेक्षा
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन हुनु धार्मिक पर्यटनका लागि मात्र नभई आर्थिक गतिविधि विस्तारका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । रामायण परम्परासँग जोडिएका यी दुई धार्मिक सहर रेलमार्गले जोडिएपछि भारतबाट जनकपुरधाम आउने र नेपालबाट अयोध्या जाने धार्मिक पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी रामायण सर्किटसँग सम्बन्धित पर्यटकीय गतिविधि विस्तार गर्न यसले सहयोग पु¥याउन सक्छ । रेलमार्गमा पर्ने बिहार र उत्तर प्रदेशका विभिन्न सहरसमेत यस सेवाबाट लाभान्वित हुन सक्नेछन् । होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय बजार, हस्तकला तथा धार्मिक सामग्रीको व्यापारमा नयाँ अवसर सिर्जना हुने स्थानीय व्यवसायीको अपेक्षा छ ।

जनकपुरधाममा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषसागर, गंगासागरसहित आसपासका धार्मिक स्थल पर्यटकीय आकर्षणका केन्द्र हुन् । रेल सेवामार्फत भारतीय पर्यटकको आगमन बढेमा यी क्षेत्रको प्रचारप्रसार र पर्यटन पूर्वाधार विकासमा समेत सहयोग पुग्न सक्छ । जनकपुर मिल्स एरियाका व्यवसायी रामसोगारथ कलवार भने रेल सेवाबाट प्राप्त हुने अवसरलाई दीर्घकालीन आर्थिक लाभमा रूपान्तरण गर्न पर्यटन व्यवस्थापनमा सुधार गर्नुपर्ने बताउँछन् । उनका अनुसार व्यवस्थित यातायात, सफा सडक, सार्वजनिक शौचालय, सूचना केन्द्र, गुणस्तरीय होटल र पर्यटकमैत्री व्यवहार सुनिश्चित गर्न आवश्यक छ । पर्यटकको संख्या बढाउने योजनासँगै उनीहरूको बसाइ सहज र आकर्षक बनाउने वातावरण निर्माण गर्न सके मात्रै रेल सेवाबाट जनकपुरधामले दीर्घकालीन लाभ लिन सक्ने उनको भनाइ छ ।

नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पारिवारिक सम्बन्ध शताब्दीयौँ पुरानो छ । मिथिला र अयोध्याबीचको सम्बन्ध रामायणकालीन कथासँगै जोडिएको छ । जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा मानिने भएकाले यी दुई सहरबीचको धार्मिक सम्बन्ध विशिष्ट छ । सीता र रामको विवाहसँग जोडिएको जनकपुरधाम–अयोध्या सम्बन्धलाई अब रेलमार्गले भौतिक रूपमा समेत नजिक ल्याउने अपेक्षा गरिएको छ । धार्मिक आस्थासँगै पर्यटन, व्यापार र सामाजिक सम्बन्ध विस्तारको सम्भावना बोकेको यो रेल सेवा सञ्चालनमा आएपछि दुवै देशका नागरिकका लागि आवागमन सहज हुने र जनकपुरधामको आर्थिक तथा पर्यटकीय गतिविधिमा नयाँ आयाम थपिने स्थानीयवासीको विश्वास छ ।

Tags: नौ दशक पुरानो रेल सेवा: धार्मिक पर्यटनसँगै व्यापार विस्तारको अपेक्षा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

मंसिर ६, २०८३
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

मंसिर ६, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

प्रहरीबीचको अडियो संवाद प्रकरणः संलग्न प्रहरीमाथि छानविन प्रक्रिया सुरु

मंसिर ६, २०८३
उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

मंसिर ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि