Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फेटा गोलीकाण्डः घाइते काठमाडौंमा, सांसददेखि आजपाको आक्रोश, दोषीलाई कारबाहीको माग

गम्भीर अवस्थामा रहेका उनलाई आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगेर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । घाइते बालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी आइतबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । उनले आदित्यका बुबा तथा परिवारका सदस्यसँग भेट गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १५, २०८३
फेटा गोलीकाण्डः घाइते काठमाडौंमा, सांसददेखि आजपाको आक्रोश, दोषीलाई कारबाहीको माग

कलैया (बारा), १५ कात्तिक । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पुर्‍याइएको छ । घटनालाई लिएर प्रतिनिधिसभा सदस्य रहबर अन्सारी र आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र घाइतेहरूको उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय १५ वर्षीय आदित्य गम्भीर घाइते भएका थिए । झडपका क्रममा तोडफोड तथा मोटरसाइकलमा आगजनीसमेत भएको थियो । गम्भीर अवस्थामा रहेका उनलाई आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगेर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

घाइते बालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी आइतबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । उनले आदित्यका बुबा तथा परिवारका सदस्यसँग भेट गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अन्सारीले आदित्यको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै वीरगञ्जमा प्रारम्भिक उपचार गर्ने स्वास्थ्यकर्मी तथा काठमाडौंमा उपचाररत चिकित्सकीय टोलीप्रति आभार व्यक्त गरेका छन् । घाइते बालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार र परिवारलाई आवश्यक सहयोगका लागि आफूहरू साथमा रहने बताएका छन् ।

घटनालाई थप गम्भीर बनाउँदै सांसद अन्सारीले प्रहरीबाट गोली चल्नुपर्ने परिस्थिति कसरी निर्माण भयो भन्ने विषयको सुरुदेखि अन्त्यसम्म निष्पक्ष र तथ्यपरक छानबिन हुनुपर्ने माग गरेका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्ति जुनसुकै पदमा रहे पनि वा राजनीतिक संरक्षण प्राप्त भएपनि कानुनी कारबाहीबाट उम्किन पाउनु हुँदैन । राजनीतिक असहमतिको मूल्य निर्दोष नागरिकले रगत बगाएर चुकाउनुपर्ने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।

यसैबीच, आजपा मधेश प्रदेश समितिले पनि घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्ष उमेश कुशवाहाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी र सर्वसाधारणबीच झडप भएर गोली चल्ने अवस्था सिर्जना हुनु दुःखद र गम्भीर भएको बताएका छन् । आजपाले गोली लागेर घाइते भएका आदित्य पासवानलाई तत्काल उच्चस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउन तथा घटनामा घाइते भएका अन्य सबैको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।

अध्यक्ष कुशवाहाले घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनाव थप चर्किन नदिन जनप्रतिनिधि र प्रहरी प्रशासनलाई जिम्मेवार तथा संयमित भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । स्थानीय बुद्धिजीवी, समाजका अगुवा, युवा तथा राजनीतिक र सामाजिक क्षेत्रका प्रतिनिधिहरूलाई समेत आपसी सद्भाव कायम राख्दै शान्ति सुरक्षा स्थापित गर्न सहयोग गर्न अपिल गरेका छन् ।

फेटामा अस्पताल उद्घाटनजस्तो सार्वजनिक विषयलाई लिएर भएको विवाद प्रहरीको गोली प्रहार, बालक गम्भीर घाइते, तोडफोड र आगजनीसम्म पुग्नुले घटनाको निष्पक्ष छानबिन र जवाफदेहिताको प्रश्नलाई थप पेचिलो बनाएको छ । सांसद अन्सारी र आजपा दुवैले पीडितलाई न्याय, घाइतेको उपचार र दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

अब घटनाको वास्तविकता सार्वजनिक गर्ने, गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको जवाफ दिने र दोषी देखिएकालाई कानुनी दायरामा ल्याउने जिम्मेवारी सरकार तथा सम्बन्धित सुरक्षा निकायमाथि परेको छ ।

Tags: फेटा गोलीकाण्ड: दोषीलाई राजनीतिक संरक्षण नदिन चेतावनी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

कार्तिक १५, २०८३
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

कार्तिक १५, २०८३
पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

कार्तिक १५, २०८३
नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

कार्तिक १५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि