Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फरार प्रतिवादी खोज्न खटिएका प्रहरी जवानको दुर्घटनामा मृत्यु, श्रीमती आईसीयूमा

श्रीमान्‌–श्रीमतीसँगै मोटरसाइकलमा आवतजावत गर्दा फरार प्रतिवादीहरूले सजिलै पहिचान गर्न नसक्ने भएकाले त्यसरी खटाइएको प्रहरी निरीक्षक साहले बताएका छन् । ‘दुवै जना श्रीमान्‌–श्रीमती मोटरसाइकलमा जाँदा फरार प्रतिवादीहरूले थाहा पाउँदैनन् भनेर खटाएको हुँ । गाउँबाट फर्कंदै गर्दा दुःखद घटना भयो,’ उनले भने ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १३, २०८३
फरार प्रतिवादी खोज्न खटिएका प्रहरी जवानको दुर्घटनामा मृत्यु, श्रीमती आईसीयूमा

फतुवाविजयपुर (रौतहट), १३ कात्तिक । फरार प्रतिवादीहरूको खोजीमा खटिएका प्रहरी जवान सुभाष चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राँगी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् ।

बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत ३५ वर्षीय चौधरी र उनकी ३० वर्षीया श्रीमती खड्का मोटरसाइकलमा सवार थिए । दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । मोटरसाइकलको पछाडि सवार खड्काको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेकाले बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले बताए ।

फरार प्रतिवादीको खोजीमा सादा पोसाकमा खटिएका थिए दम्पती
प्रहरी निरीक्षक साहका अनुसार रौतहटको गुजरा नगरपालिका–४ पोखरिभिण्डा घर भएका चौधरी र खड्का फरार प्रतिवादीहरूको खोजी तथा पहिचानका लागि बाराबाट रौतहटतर्फ खटिएका थिए । दुवै जना सादा पोसाकमा मोटरसाइकलमार्फत काममा गएका थिए ।

श्रीमान्‌–श्रीमतीसँगै मोटरसाइकलमा आवतजावत गर्दा फरार प्रतिवादीहरूले सजिलै पहिचान गर्न नसक्ने भएकाले त्यसरी खटाइएको प्रहरी निरीक्षक साहले बताएका छन् । ‘दुवै जना श्रीमान्‌–श्रीमती मोटरसाइकलमा जाँदा फरार प्रतिवादीहरूले थाहा पाउँदैनन् भनेर खटाएको हुँ । गाउँबाट फर्कंदै गर्दा दुःखद घटना भयो,’ उनले भने । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी दुधिअवाबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय रौतहट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जोगीको भेषमा गाँजा ओसारपसार, भारतीय नागरिकसहित दुईजना पक्राउ

जोगीको भेषमा गाँजा ओसारपसार, भारतीय नागरिकसहित दुईजना पक्राउ

कार्तिक १३, २०८३
जितपुरसिमरा–१४ का ५७९ परिवारले लालपुर्जा पाउने प्रक्रिया अघि बढ्यो

जितपुरसिमरा–१४ का ५७९ परिवारले लालपुर्जा पाउने प्रक्रिया अघि बढ्यो

कार्तिक १३, २०८३
डिजेल ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

डिजेल ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

कार्तिक १३, २०८३
फरार प्रतिवादी खोज्न खटिएका प्रहरी जवानको दुर्घटनामा मृत्यु, श्रीमती आईसीयूमा

फरार प्रतिवादी खोज्न खटिएका प्रहरी जवानको दुर्घटनामा मृत्यु, श्रीमती आईसीयूमा

कार्तिक १३, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि