Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने आजपाको निर्णय

पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै जनआन्दोलनलाई थप सशक्त बनाउने निर्णयसमेत गरेको छ । बैठकले पार्टीको संगठनात्मक संरचनामा व्यापक पुनर्गठन गर्दै आगामी राजनीतिक तथा संघर्षका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको आजपा प्रवक्ता सुभाष प्रसाद साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १९, २०८३
अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने आजपाको निर्णय

काठमाडौँ, १९ असोज । आम जनता पार्टी (आजपा)ले मुलुकमा गहिरिँदै गएको राजनीतिक संकट समाधानका लागि अन्तरिम संविधान निर्माणसँगै अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टीले विद्यमान राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउँदै देशलाई निकास दिन ‘सिस्टम सुधार’ आवश्यक रहेको निष्कर्षसहित अन्तरिम संविधान र अन्तरिम सरकारको मुद्दालाई राजनीतिक संघर्षको प्रमुख एजेन्डा बनाउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै जनआन्दोलनलाई थप सशक्त बनाउने निर्णयसमेत गरेको छ । बैठकले पार्टीको संगठनात्मक संरचनामा व्यापक पुनर्गठन गर्दै आगामी राजनीतिक तथा संघर्षका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको आजपा प्रवक्ता सुभाष प्रसाद साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले अध्यक्ष साहले प्रस्तुत गरेको ‘फेक शासनको भण्डाफोर गरौँ, जनआन्दोलनको दिशामा अघि बढौँ’ शीर्षकको १८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । प्रतिवेदनमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै विद्यमान संवैधानिक व्यवस्थाका कमजोरी र नेतृत्वको असक्षमताका कारण राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक व्यवस्था तथा अर्थतन्त्र संकटतर्फ धकेलिएको दाबी गरिएको छ । यस्तो परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्न राजनीतिक प्रणालीमै सुधार आवश्यक रहेको आजपाको निष्कर्ष छ ।

पार्टीले यसअघि उठाउँदै आएको जनसंघर्ष तथा तेस्रो जनआन्दोलनको मुद्दालाई नयाँ चरणमा प्रवेश गराउने निर्णयसमेत गरेको छ । त्यसका लागि राजनीतिक, वैचारिक र संगठनात्मक गतिविधिलाई एकीकृत गर्दै जनस्तरसम्म अभियान विस्तार गर्ने आजपाको तयारी छ ।

नेतृत्व संरचनामा व्यापक हेरफेर
राजनीतिक एजेन्डासँगै आजपाले आफ्नो केन्द्रीय संगठनलाई समेत पुनर्गठन गरेको छ । बैठकले प्रभु साहलाई पुनः अध्यक्षको जिम्मेवारीमा कायम राख्दै तिलक थापा मगरलाई सह–अध्यक्ष बनाएको छ । केन्द्रीय उपाध्यक्षमा आत्माराम प्रसाद साह, रीतादेवी साह, समिना हुसेन, अशोककुमार लामा, बिल्टु यादव र धनकुमारी मगर चयन भएका छन् । त्रिभुवन साहलाई महासचिवको जिम्मेवारी दिइएको छ भने सियाराम कुशवाहा, उमेश कुशवाहा, देवी पण्डित रेग्मी, लालबाबु मन्सुरी र रञ्जुकुमारी साहलाई उपमहासचिव बनाइएको छ । सुभाष प्रसाद साहलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

बैठकले प्रदेशदेखि जनसंगठन र पार्टीका विभिन्न विभागसम्मको जिम्मेवारीमा समेत हेरफेर गरेको छ । प्रदेश इन्चार्जका रूपमा कोशीमा जुरिलाल मोची, मधेशमा आत्माराम साह, बागमतीमा धनकुमारी मगर, गण्डकीमा शिवप्रसाद गौतम, लुम्बिनीमा विजय यादव, कर्णालीमा श्रीभगवान पटेल र सुदूरपश्चिममा विसुन सिंह बोहरालाई जिम्मेवारी दिइएको छ । त्यस्तै काठमाडौं उपत्यका विशेष कमिटीको नेतृत्व तिलक थापा मगरलाई र जबस विशेषको इन्चार्ज त्रिभुवन साहलाई तोकिएको छ ।

जनसंगठनलाई पनि संघर्षमा परिचालन गर्ने तयारी
आजपाले विभिन्न जनसंगठनको नेतृत्वमा समेत जिम्मेवारी बाँडफाँट गरेको छ । आईटी आर्मी, आम विद्यार्थी मोर्चा, आम किसान मोर्चा, आम महिला मोर्चा, आम दलित मोर्चा, आम मुस्लिम मोर्चा, आम पत्रकार मोर्चा तथा आम बुद्धिजीवी मोर्चालगायत संगठनका इन्चार्ज र अध्यक्षसमेत तोकिएको छ ।

पार्टीका विभागहरूमा पनि नयाँ जिम्मेवारी तोकिएको छ । स्कुलिङ विभागको नेतृत्व तिलक थापा मगरले गर्ने भएका छन् । अनुशासन विभागको जिम्मेवारी आत्माराम साह, संगठन विभागको त्रिभुवन साह, प्रचारप्रसार विभागको सुभाष प्रसाद साह, विदेश विभागको बालकृष्ण सापकोटा र आर्थिक विभागको जिम्मेवारी देवकुमारी साहलाई दिइएको छ ।

‘फेक शासन’ विरुद्ध आन्दोलन चर्काउने संकेत
बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता सुभाष प्रसाद साहले राष्ट्रिय संकट समाधानका लागि पार्टीका राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप गतिशील बनाइने बताएका छन् । उनका अनुसार आगामी दिनमा वैचारिक तथा राजनीतिक कार्यक्रम, संगठन विस्तार र संघर्षका गतिविधिलाई छुट्टाछुट्टै नभई एकीकृत योजनाका रूपमा अघि बढाइनेछ ।

आजपाको पछिल्लो निर्णयले पार्टी अब केवल संगठन पुनर्गठनमा सीमित नरही अन्तरिम संविधान र अन्तरिम सरकार गठनको मागलाई केन्द्रमा राखेर राजनीतिक संघर्ष विस्तार गर्ने दिशामा अघि बढ्न खोजेको देखाएको छ । पार्टीले वर्तमान व्यवस्थालाई ‘फेक शासन’ को संज्ञा दिँदै त्यसको भण्डाफोर गर्ने र जनआन्दोलनलाई नयाँ चरणमा अघि बढाउने घोषणा गरिसकेको छ । त्यसैले अन्तरिम संविधानसहितको अन्तरिम सरकारको माग आगामी दिनमा आजपाको राजनीतिक अभियानको मुख्य नारामध्ये एक बन्ने देखिन्छ ।

आजपाको निर्णयसँगै पार्टीले उठाउँदै आएको ‘तेस्रो जनआन्दोलन’को मुद्दाले पनि नयाँ राजनीतिक स्वरूप लिने संकेत गरेको छ । संगठनात्मक पुनर्गठनमार्फत प्रदेश, विभाग र जनसंगठनलाई सक्रिय बनाउँदै आन्दोलनलाई जनस्तरसम्म विस्तार गर्ने रणनीति आजपाले लिएको छ । यसरी हेर्दा आजपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले नेतृत्व पुनर्गठन मात्र गरेको छैन, वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाउँदै अन्तरिम संविधान र अन्तरिम सरकारको एजेन्डासहित नयाँ चरणको राजनीतिक संघर्ष अघि बढाउने औपचारिक निर्णयसमेत गरेको छ ।

Tags: आम जनता पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीका किसान ओल खन्न व्यस्त

महोत्तरीका किसान ओल खन्न व्यस्त

अशोज २०, २०८३
प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

अशोज २०, २०८३
दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि