Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लोककल्याणकारी विज्ञापनको रकम नकटाउन ओलीसमक्ष छापा सञ्चारमाध्यमको आग्रह

कार्यदलले छापा माध्यमको आम्दानी निरन्तर कमजोर हुँदै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनबापत प्राप्त हुने रकमसमेत घटाइए नियमित प्रकाशनमा गम्भीर असर पर्ने जनाएको छ । विज्ञापनको रकम कटौतीले सञ्चारमाध्यमको सञ्चालन मात्र नभई त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीको रोजगारीसमेत प्रत्यक्ष प्रभावित हुने कार्यदलको भनाइ छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २८, २०८३
लोककल्याणकारी विज्ञापनको रकम नकटाउन ओलीसमक्ष छापा सञ्चारमाध्यमको आग्रह

काठमाडौँ, २८ भदौ । आर्थिक संकटसँग जुधिरहेका छापा सञ्चारमाध्यमलाई सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न माग गर्दै छापा माध्यम बचाउ सुझाव कार्यदलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । कार्यदलका प्रतिनिधिले आइतबार एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै छापा सञ्चारमाध्यमले पछिल्लो समय भोगिरहेका आर्थिक तथा व्यावसायिक चुनौतीबारे जानकारी गराएका हुन् ।

कार्यदलले छापा माध्यमको आम्दानी निरन्तर कमजोर हुँदै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनबापत प्राप्त हुने रकमसमेत घटाइए नियमित प्रकाशनमा गम्भीर असर पर्ने जनाएको छ । विज्ञापनको रकम कटौतीले सञ्चारमाध्यमको सञ्चालन मात्र नभई त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीको रोजगारीसमेत प्रत्यक्ष प्रभावित हुने कार्यदलको भनाइ छ । छापा सञ्चारमाध्यमको संरक्षण, प्रवद्र्धन र निरन्तरताका लागि राज्यले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिनुपर्नेमा कार्यदलले जोड दिएको छ । सञ्चार क्षेत्रलाई थप संकटमा धकेल्ने गरी विज्ञापनको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराउँदै कार्यदलले विद्यमान सहयोगलाई प्रभावकारी रूपमा कायम राख्न आग्रह गरेको हो ।

नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीको तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडीसहितको टोलीले अध्यक्ष ओलीसँग छापा सञ्चारमाध्यमको वर्तमान अवस्था, बढ्दो आर्थिक संकट तथा सञ्चार क्षेत्रलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन आवश्यक नीतिगत व्यवस्थाका विषयमा छलफल गरेको थियो । छापा माध्यमको आर्थिक आधार कमजोर बन्दै जाँदा लोककल्याणकारी विज्ञापनबाट प्राप्त हुने सरकारी सहयोगलाई सञ्चारमाध्यमको नियमित प्रकाशन र पत्रकारको रोजगारी जोगाउने महत्वपूर्ण आधारका रूपमा कार्यदलले प्रस्तुत गरेको थियो ।

भेटका क्रममा अध्यक्ष ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू स्पष्ट रहेको बताएका थिए । उनले लोककल्याणकारी विज्ञापनको अवधारणाको पक्षमा समेत आफ्नो समर्थन रहेको स्पष्ट गरेको कार्यदलले जनाएको छ । छापा सञ्चारमाध्यमको आर्थिक संकट गहिरिँदै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती भए त्यसको प्रत्यक्ष असर प्रकाशनको निरन्तरता र सञ्चारकर्मीको रोजगारीमा पर्न सक्ने भन्दै कार्यदलले राज्यबाट उपलब्ध हुँदै आएको सहयोगलाई थप व्यवस्थित र निरन्तर बनाउनुपर्नेमा जोड दिएको छ ।

Tags: लोककल्याणकारी विज्ञापन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

भदौ २८, २०८३
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि