Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई तत्काल अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिलाई अन्य कार्यालयमा कामकाजमा खटाउने वा हाजिर गराउने कार्य नगर्न निर्देशन दिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८३
अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई तत्काल अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुरधाम (धनुषा), २७ भदौ । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन स्वास्थ्य निकायलाई निर्देशन दिएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिलाई अन्य कार्यालयमा कामकाजमा खटाउने वा हाजिर गराउने कार्य नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयका अधिकृत सातौँ वच्चे लाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अन्यत्र कामकाजमा खटाउन तथा हाजिर गराउन रोक लगाइएको उल्लेख छ । प्रदेश मन्त्रिपरिषद्को २०८३ साउन २८ गतेको निर्णयअनुसार अस्थायी दरबन्दीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । सोही निर्णयका आधारमा सम्बन्धित स्वास्थ्य निकायलाई निर्देशन कार्यान्वयन गर्न भनिएको हो ।

निर्देशन प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पठाइएको छ । मन्त्रालयले अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिको कामकाज तथा हाजिरीसम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न निर्देशन जारी गरिएको जनाएको छ । निर्देशनअनुसार अस्थायी दरबन्दीका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल सम्बन्धित कार्यालयमै हाजिर गराउनुपर्नेछ ।

Tags: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

भदौ २७, २०८३
वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

भदौ २७, २०८३
प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

भदौ २७, २०८३
करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

भदौ २७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि