Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१ हजार ११० परिवारलाई जग्गाधनी लालपुर्जा वितरण अभियान तीब्र

शनिबार सबैला नगरपालिका–८, साविक ठिला यदुवा गाविसका ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयका अनुसार ती जग्गाको नाप नक्सा २०७८ सालमै सम्पन्न भएको थियो । यसअघि भदौ महिनामा धनुषाका तीन स्थानीय तहका १ हजार ८५ परिवारलाई पुर्जा वितरण गर्ने योजना बनाइएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८३
१ हजार ११० परिवारलाई जग्गाधनी लालपुर्जा वितरण अभियान तीब्र

जनकपुरधाम । धनुषामा लामो समयदेखि जग्गाधनी पुर्जाविहीन रहेका परिवारलाई पुर्जा वितरण गर्ने अभियानलाई तीव्रता दिइएको छ । नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले पुर्जा वितरण अभियान अघि बढाएको हो ।

यसक्रममा शनिबार सबैला नगरपालिका–८, साविक ठिला यदुवा गाविसका ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयका अनुसार ती जग्गाको नाप नक्सा २०७८ सालमै सम्पन्न भएको थियो । यसअघि भदौ महिनामा धनुषाका तीन स्थानीय तहका १ हजार ८५ परिवारलाई पुर्जा वितरण गर्ने योजना बनाइएको थियो । तर सबैलामा ३८५ परिवारलाई पुर्जा वितरण भएपछि अद्यावधिक तथ्यांकअनुसार अब हंसपुर र क्षिरेश्वरनाथमा हुने वितरणसहित कुल १ हजार ११० परिवारले पुर्जा पाउने भएका छन् ।

नापी कार्यालयका अनुसार भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविसका ३५० परिवारलाई पुर्जा वितरण गर्ने तयारी छ । त्यस्तै, भदौ ३१ गते क्षिरेश्वरनाथ नगरपालिका–१ र २, साविक रमदैया भवाडी गाविसका ३७५ परिवारलाई पुर्जा वितरण गर्ने कार्यक्रम छ । नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भएका तर दर्ता प्रक्रिया बाँकी रहेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार नाप नक्सा सम्पन्न हुँदैमा मात्र जग्गाको स्वामित्व पूर्णरूपमा स्थापित हुँदैन ।

त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले स्थानीयको सहभागिता, आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा गराउँदै दर्ता तथा पुर्जा वितरणको काम अघि बढाइएको छ । पुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या भोग्दै आएका परिवारलाई आफ्नो सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्न सहज हुने नापी कार्यालयले जनाएको छ ।

Tags: जग्गाधनी लालपुर्जा वितरण अभियान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

भदौ २७, २०८३
वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

भदौ २७, २०८३
प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

भदौ २७, २०८३
करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

भदौ २७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि