Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

मन्त्रालयको निर्णयसँगै नारायणी अस्पतालमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ । विपद्का बेला ठूलो संख्यामा शव अस्पतालमा ल्याउनुपर्ने अवस्था आए पनि सुरक्षित र व्यवस्थित रूपमा राख्न सकिने पूर्वाधारको अभाव हुँदै आएको अवस्थामा यो निर्णयलाई महत्वपूर्ण मानिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

वीरगंज (पर्सा), २५ भदौ । विपद्का बेला ठूलो संख्यामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा देखिँदै आएको समस्या समाधान गर्न वीरगंजस्थित नारायणी अस्पतालमा एकैपटक कम्तीमा ५० शव राख्न सकिने क्षमताको शवगृह निर्माण गरिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पतालसहित देशभरका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने नीतिगत निर्णय गरेको हो ।

मन्त्रालयको निर्णयसँगै नारायणी अस्पतालमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ । विपद्का बेला ठूलो संख्यामा शव अस्पतालमा ल्याउनुपर्ने अवस्था आए पनि सुरक्षित र व्यवस्थित रूपमा राख्न सकिने पूर्वाधारको अभाव हुँदै आएको अवस्थामा यो निर्णयलाई महत्वपूर्ण मानिएको छ । मन्त्रालयका अनुसार नारायणी अस्पतालसँगै कोशी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा पनि नयाँ शवगृह निर्माण वा विद्यमान संरचनाको क्षमता विस्तार गरिनेछ ।

त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण वा विस्तार गर्ने योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

भोटेकोशी बाढीले देखाएको शव व्यवस्थापनको संकट
विपद् व्यवस्थापनका क्रममा शव राख्ने पर्याप्त संरचना नहुँदा उत्पन्न हुने समस्या पछिल्ला घटनाले झन् स्पष्ट पारेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताएकी छन् । उनका अनुसार विगतका विभिन्न विपद्का घटनामा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। पछिल्लो भोटेकोशी बाढीका क्रममा पनि ठूलो संख्यामा मृत्यु तथा बेपत्ता भएका व्यक्तिका शव व्यवस्थापन गर्नु चुनौतीका रूपमा देखिएको थियो ।

यस्ता घटनाबाट प्राप्त सिकाइलाई आधार बनाएर भविष्यमा विपद्का बेला शव व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालहरूमा पर्याप्त क्षमताका शवगृह निर्माण गर्न लागिएको मन्त्री मेहताको भनाइ छ । विपद् आउँदा उद्धार र उपचारसँगै शव व्यवस्थापन पनि राज्यको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले अस्पतालमै पूर्वतयारी आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।

फरेन्सिक र मेडिको–लिगल सेवामा पनि सहयोग
शवगृह निर्माणको उद्देश्य विपद्का बेला शव राख्ने ठाउँ उपलब्ध गराउनुमा मात्र सीमित छैन । यसले फरेन्सिक मेडिसिन तथा मेडिको–लिगल सेवाको प्रभावकारिता बढाउन समेत सहयोग पुर्‍याउने मन्त्रालयले जनाएको छ । मन्त्री मेहताका अनुसार पछिल्लो समय फरेन्सिक मेडिसिनको महत्व बढ्दै गएको छ। आपराधिक घटना, दुर्घटना तथा विपद्का क्रममा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्ने, पहिचान गर्ने, परीक्षण गर्ने र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न व्यवस्थित पूर्वाधार आवश्यक हुन्छ ।

नयाँ शवगृहले शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा कानुनी प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार विपद्का बेला शव व्यवस्थापनको जिम्मेवारी सम्बन्धित अस्पतालले नै प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने भएकाले अस्पतालहरूमा आवश्यक क्षमताको शवगृह विकास गर्नु अनिवार्य देखिएको हो । विगतका विपद्का क्रममा देखिएका समस्या र पछिल्लो समयका घटनाले शव व्यवस्थापनलाई आकस्मिक रूपमा गरिने काम नभई पूर्वतयारीसहित संस्थागत रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखाएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

विशेषगरी भोटेकोशी बाढीजस्ता विपद्ले राज्यको उद्धार प्रणालीसँगै शव व्यवस्थापनको पूर्वतयारी पनि कति कमजोर हुन सक्छ भन्ने देखाइसकेको छ । अब नारायणी अस्पतालसहित संघीय अस्पतालहरूमा ५० शव अट्ने क्षमताका शवगृह निर्माण गर्ने निर्णय कार्यान्वयनमा कति छिटो जान्छ भन्ने विषय नै महत्वपूर्ण हुनेछ ।

Tags: नारायणी अस्पताल वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भदौ २५, २०८३
वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

भदौ २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि