Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

सार्वजनिक जग्गाको संरक्षणसँगै स्थानीय क्षेत्रमा हरियाली विस्तार र वातावरणीय सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिब २१० वटा बिरुवा रोपिएको वडा कार्यालयले जनाएको छ । वडा नं. ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद कलवारका अनुसार वृक्षरोपणका लागि आवश्यक बिरुवा खरिदमा करिब १ लाख रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८३
३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

वीरगंज (पर्सा), २४ भदौ । पर्सागढी नगरपालिका–६, चैनपुर बागेश्वरी तित्रौनास्थित करिब ३ बिघा सरकारी ऐलानी जग्गामा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक जग्गाको संरक्षणसँगै स्थानीय क्षेत्रमा हरियाली विस्तार र वातावरणीय सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिब २१० वटा बिरुवा रोपिएको वडा कार्यालयले जनाएको छ । वडा नं. ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद कलवारका अनुसार वृक्षरोपणका लागि आवश्यक बिरुवा खरिदमा करिब १ लाख रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरिएको छ । सार्वजनिक जग्गालाई हराभरा बनाउने तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आफूले व्यक्तिगत पहल र लगानीमा अभियान अघि बढाएको उनले बताए ।

वृक्षरोपण गरिएको क्षेत्रको संरक्षणका लागि समेत आवश्यक व्यवस्था गरिएको छ । बागेश्वरी टोलको समान घाट नजिक रहेको ऐलानी जग्गामा करिब ५० हजार रुपैयाँ बराबरको बाँसको घेरा (डोल) निर्माण तथा व्यवस्थापन गरिएको वडाध्यक्ष कलवारले जानकारी दिए । करिब ३ बिघा क्षेत्रफलमा फैलिएको ऐलानी जग्गालाई संरक्षण गर्दै हरियाली क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो । सार्वजनिक जग्गा अतिक्रमण तथा अव्यवस्थित प्रयोगको जोखिमबाट जोगाउन वृक्षरोपणसँगै संरक्षणको अभियान अघि बढाइएको वडा कार्यालयको भनाइ छ ।

कार्यक्रममा वडा नं. ६ का स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक जग्गामा वृक्षरोपण गर्नु वातावरणीय दृष्टिले मात्रै नभई सार्वजनिक सम्पत्तिको संरक्षणका लागि समेत महत्वपूर्ण कदम भएको बताएका छन् । स्थानीयका अनुसार लामो समयसम्म उपयोगविहीन अवस्थामा रहेको जग्गालाई व्यवस्थित रूपमा संरक्षण गर्दै हरियाली क्षेत्रमा परिणत गर्न सके यसले आगामी दिनमा वडाको वातावरणीय सौन्दर्यसमेत बढाउन सक्छ ।

कार्यक्रममा सहभागी स्थानीयवासीले बिरुवा रोप्ने अभियानसँगै त्यसको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले बिरुवा रोपेर छाड्ने प्रवृत्तिले अपेक्षित परिणाम नदिने भन्दै नियमित पानी, गोडमेल, तारबार तथा संरक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन् । विशेषगरी गर्मी तथा सुख्खा मौसममा बिरुवा जोगाउन पानीको उचित व्यवस्था आवश्यक हुने भएकाले सम्बन्धित निकाय तथा स्थानीय समुदायले संयुक्त रूपमा संरक्षणको जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ छ ।

कार्यक्रममा वडाध्यक्ष कलवारले सार्वजनिक जग्गाको संरक्षण तथा वातावरणीय सुधारका लागि आफूले व्यक्तिगत लगानीमा सुरु गरेको वृक्षरोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनले सार्वजनिक जग्गा सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा जनप्रतिनिधि, स्थानीयवासी, सुरक्षा निकाय तथा अन्य सरोकारवाला सबैको सहकार्य आवश्यक छ । वृक्षरोपणलाई एकदिने कार्यक्रमका रूपमा सीमित नगरी रोपिएका बिरुवालाई हुर्काउने र संरक्षण गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । करिब ३ बिघा क्षेत्रफलमा २१० वटा बिरुवा रोपिएसँगै चैनपुर बागेश्वरी तित्राउनको उक्त ऐलानी क्षेत्रलाई आगामी वर्षहरूमा हरियालीयुक्त सार्वजनिक क्षेत्रका रूपमा विकास गर्ने सम्भावना बढेको छ ।

Tags: पर्सागढी नगरपालिका-६ चैनपुरमा वृहत वृक्षरोपण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

भदौ २४, २०८३
जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

भदौ २४, २०८३
जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

भदौ २४, २०८३
अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

भदौ २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि