Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

गत २०८२ माघ ५ गते मधेशको राजधानी जनकपुरधामबाट चुनावी अभियान सुरु गर्दा बालेनले मैथिली भाषामा सम्बोधन गर्दै संघीयतालाई ‘बलगर’ अर्थात् बलियो बनाउने प्रतिबद्धता जनाएका थिए । उनले अधिकारका लागि अब काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएका थिए । उनको उक्त भनाइले मधेशी जनतामा ठूलो अपेक्षा जगाएको थियो । तर, ती प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको सामाजिक अभियन्ता साहन साह बताउँछन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८३
जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

जनकपुरधाम (धनुषा), २४ भदौ । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा मधेशमा त्यस आन्दोलनको सबैभन्दा ठूलो राजनीतिक उपलब्धिका रूपमा मधेशी समुदायबाट बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बनेको विषयलाई हेरिएको छ । महोत्तरीका बालेन अहिले मुलुकको प्रधानमन्त्रीका रूपमा कार्यरत छन् । आफ्नै क्षेत्रका व्यक्ति मुलुकको नेतृत्वमा पुगेपछि मधेशी जनता एकातिर उत्साहित छन् भने अर्कोतिर बालेनले चुनावअघि गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टसमेत देखिन थालेका छन् ।

गत २०८२ माघ ५ गते मधेशको राजधानी जनकपुरधामबाट चुनावी अभियान सुरु गर्दा बालेनले मैथिली भाषामा सम्बोधन गर्दै संघीयतालाई ‘बलगर’ अर्थात् बलियो बनाउने प्रतिबद्धता जनाएका थिए । उनले अधिकारका लागि अब काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएका थिए । उनको उक्त भनाइले मधेशी जनतामा ठूलो अपेक्षा जगाएको थियो । तर, ती प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको सामाजिक अभियन्ता साहन साह बताउँछन् । उनका अनुसार मधेशबाट प्रधानमन्त्री बन्नु जेनजी आन्दोलनको सकारात्मक उपलब्धि भए पनि प्रधानमन्त्री बन्नुअघि बालेनले गरेका प्रतिबद्धता पूरा नहुँदा जनतामा असन्तुष्टि बढेको हो ।

‘मधेशले प्रधानमन्त्री पाउनु जेनजी आन्दोलनको सकारात्मक उपलब्धि हो, तर प्रधानमन्त्री बन्नका लागि बालेनले गर्नुभएको बाचा पूरा नहुँदा जनता निराश छन्,’ साहले भने । देशभरमै मधेशबाट बालेनलाई सबैभन्दा बढी मत प्राप्त भएको उल्लेख गर्दै साहले उक्त मत बालेनको व्यक्तिगत लोकप्रियता वा राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको समर्थनमध्ये कुन पक्षका कारण आएको हो भन्नेबारे पनि अब समीक्षा हुनुपर्ने बताए । उनका अनुसार बलियो संघीयता, सुशासन र युवा रोजगारीका सवालमा अपेक्षित परिणाम देखिन सकेको छैन । मधेश प्रदेशका ३२ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३० सिट जितेको र समानुपातिकतर्फ मधेशबाट ५६.५९ प्रतिशत मत प्राप्त गरेको तथ्यले पनि मधेशको ठूलो जनसमर्थन पार्टी र बालेनको पक्षमा रहेको देखाउँछ । सप्तरीका सामाजिक अगुवा डा. सूर्य यादव भने उक्त जनमतको राजनीतिक प्रतिफलबारे मधेशी जनताले समीक्षा गर्न थालेको बताउँछन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारबाट मधेशका युवाले ठूलो अपेक्षा राखेको भए पनि रोजगारी र अवसरका क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको यादवको भनाइ छ । मुलुकको नेतृत्व युवाको हातमा पुगे पनि युवाको बेरोजगारी र विदेश पलायनको समस्या कायमै रहेको उनले बताए । ‘मधेशले मत दिएर बालेनलाई प्रधानमन्त्री त बनायो, तर त्यसको बदलामा मधेशले केही पाउन सकेन,’ यादवले भने । सरकारका पछिल्ला नियुक्तिहरू समावेशी हुन नसकेको दाबी गर्दै यादवले मधेशी मूलका व्यक्ति प्रधानमन्त्री हुँदा पनि मधेशका नागरिक निराश हुनु दुःखद भएको बताए ।

यता लेखक तथा सामाजिक अगुवा डा. दीपक चौधरी भने सरकारप्रति तत्काल निराश भइहाल्ने अवस्था नरहेको बताउँछन् । ‘अबकी बालेन सरकार’ भन्ने नारासहित मधेशले उनलाई नेतृत्वमा पुर्‍याए पनि अपेक्षा र उपलब्धिबीच दूरी देखिएको उनको भनाइ छ । चौधरीका अनुसार आफ्नै क्षेत्रका व्यक्ति प्रधानमन्त्री बनेपछि मधेशका समस्या समाधान हुने अपेक्षा स्वाभाविक भए पनि त्यसअनुसार परिणाम आउन सकेको छैन । यद्यपि, वर्तमान सरकारले केही गर्ने हुटहुटी देखाएको र सुशासनका क्षेत्रमा आशा जगाएको उनको बुझाइ छ ।

‘सरकार गठन भएको अझै एक वर्ष पुग्न बाँकी छ । त्यसैले अहिले नै निर्मम समीक्षा गरिहाल्ने बेला भएको छैन,’ चौधरीले भने, ‘सरकारले अब सुशासनसँगै विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’ जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तनले मधेशलाई मुलुकको नेतृत्वमा पुग्ने अवसर दिए पनि त्यसको प्रत्यक्ष लाभ मधेशी जनताले कति पाए भन्ने प्रश्न भने उठ्न थालेको छ । आन्दोलनको एक वर्ष पूरा हुँदा बालेन नेतृत्वको सरकारप्रति मधेशमा आशा, अपेक्षा र असन्तुष्टि तीनै पक्ष देखिन्छन् । अबको चुनौती मधेशबाट प्रधानमन्त्री बनेको राजनीतिक उपलब्धिलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु हो । सुशासन, संघीयताको सुदृढीकरण, रोजगारी र समान अवसरका क्षेत्रमा सरकारले देखाउने परिणामले मात्रै मधेशले दिएको ठूलो जनमतको औचित्य पुष्टि गर्नेछ ।

Tags: जेन-जी आन्दोलन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

भदौ २४, २०८३
जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

भदौ २४, २०८३
जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

भदौ २४, २०८३
अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

भदौ २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि