Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

गत वर्ष भदौ २३ र २४ गते देशभर भएको जेन–जी प्रदर्शनका क्रममा मधेश प्रदेशका मन्त्रालयहरू रहेको मधेश भवन, प्रदेशसभा भवन, प्रहरी कार्यालय तथा विभिन्न सरकारी र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको थियो । आन्दोलनका क्रममा प्रदेशका ९० वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८३
जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

जनकपुरधाम (धनुषा), २४ भदौ । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको एक वर्ष पूरा भए पनि मधेश प्रदेशका क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माण अझै पूरा हुन सकेको छैन । आन्दोलनका क्रममा क्षति पुगेका कतिपय कार्यालय सामान्य मर्मतसम्भारपछि सञ्चालनमा ल्याइए पनि पूर्ण रूपमा क्षतिग्रस्त तथा आंशिक क्षति भएका संरचनाको पुनर्निर्माण र मर्मतको काम भने अधुरै छ ।

गत वर्ष भदौ २३ र २४ गते देशभर भएको जेन–जी प्रदर्शनका क्रममा मधेश प्रदेशका मन्त्रालयहरू रहेको मधेश भवन, प्रदेशसभा भवन, प्रहरी कार्यालय तथा विभिन्न सरकारी र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको थियो । आन्दोलनका क्रममा प्रदेशका ९० वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका प्रहरी कार्यालयमध्ये १३ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ७७ वटा कार्यालयमा आंशिक क्षति पुगेको थियो । ती कार्यालयलाई आवश्यक व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याइए पनि पूर्ण क्षति भएका भवनको पुनर्निर्माण तथा आंशिक क्षति भएका संरचनाको मर्मत अझै पूर्ण हुन सकेको छैन ।

मधेश भवनका तीनवटा भवन मर्मतसम्भार गरी मन्त्रालयका रूपमा प्रयोगमा ल्याइएका छन् । तर, यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रूपमा प्रयोग हुँदै आएको भवन भने अझै बन्द अवस्थामा छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदा प्रदेश सरकारका कार्यालय सञ्चालन र सेवा प्रवाहमा समेत समस्या देखिएको छ । आन्दोलनका क्रममा मधेश प्रदेशका विभिन्न २०७ वटा सरकारी तथा सार्वजनिक कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो । ठूलो संख्यामा कार्यालय तथा सार्वजनिक संरचनामा क्षति पुगे पनि एक वर्षसम्म पुनर्निर्माणको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिन्छ ।

क्षतिग्रस्त भवनको पुनर्निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा समेत प्रत्यक्ष असर पारेको छ । कतिपय कार्यालयमा उपलब्ध संरचनालाई नै मिलाएर कर्मचारी र सेवाग्राहीका लागि काम चलाइएको छ । सामान्य मर्मतपछि कार्यालय सञ्चालनमा आए पनि पर्याप्त पूर्वाधारको अभावमा नियमित काम गर्न कठिनाइ भइरहेको कर्मचारीहरू बताउँछन् ।

विशेषगरी पूर्ण रूपमा क्षतिग्रस्त भएका कार्यालयका लागि नयाँ संरचना निर्माण आवश्यक रहे पनि त्यसतर्फको काम अघि बढ्न नसक्दा कार्यालय सञ्चालनको वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था छ । केही कार्यालयमा क्षतिग्रस्त संरचनाका कारण अभिलेख व्यवस्थापन, कर्मचारी बस्ने स्थान तथा सेवाग्राहीका लागि आवश्यक भौतिक सुविधा व्यवस्थापनमा समेत समस्या देखिएको छ ।

जेन–जी आन्दोलनका क्रममा मधेश प्रदेशमा ८४ जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो । आन्दोलनको क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण एक वर्षसम्म पनि पूर्ण हुन नसक्दा आन्दोलनपछि पुनःस्थापनाको काम अझै चुनौतीपूर्ण रहेको देखिएको छ ।

Tags: मधेशका क्षतिग्रस्त सरकारी संरचना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

भदौ २४, २०८३
जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

भदौ २४, २०८३
जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

भदौ २४, २०८३
अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

भदौ २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि