वीरगंज (पर्सा), २३ भदौ । वीरगंजस्थित क्लार्क क्यासिनोको पछिल्लो एक महिनाको सीसीटीभी फुटेज निकालेर अध्ययन गर्न नागरिक समाजले जिल्ला प्रहरी कार्यालय पर्सासँग माग गरेका छन् । विभिन्न सामाजिक सञ्जालमार्फत उक्त माग जोडतोडका साथ उठीरहेका छन् ।
क्यासिनोमा विभिन्न समयमा जनप्रतिनिधि तथा स्थानीय तहका प्रमुखसमेत पुग्ने गरेको दाबी गर्दै एक महिनाको सीसीटीभी फुटेज अध्ययन गर्न माग गरिएको हो । सीसी टिभी फुटेज अध्यायन गरिएमा जुवामा संलग्न नेपालीहरूको पहिचान हुने र त्यसलाई आवश्यक छानविन तथा कारवाई गरेमा क्यासिनोमा नेपाली निषेध गर्न धेरै सहयोग पुग्ने नागरिक समाजको तर्क छ ।
यसैबीच, क्यासिनोसम्बन्धी पछिल्लो घटनामा पर्सा प्रहरीले सीसीटीभी फुटेजको अध्यायन सुरु गरेको छ तर सो फुटेज बारे प्रहरीले हालसम्म कुनै औपचारिक प्रतिकृया दिएको छैन ।







प्रतिक्रिया दिनुहोस् !