वीरगंज (पर्सा), २३ भदौ । पर्सागढी नगरपालिका–२ हरपुर गोडपसरा जाने खेतको बाटोबाट प्रहरीले पक्राउ गरेका काठ तस्कर हत्कडीसहित फरार भएका छन् । मंगलबार बिहान करिब ५ बजेको समयमा काठ तस्करहरूले खेतको बाटो हुँदै साइकलमा काठ ढुवानी गरिरहेको अवस्थामा प्रहरी चौकी मनवाबाट खटिएको गस्ती टोलीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने काठ र साइकलसहित छाडेर अन्य तसकरहरू फरार भएका थिए ।
पक्राउ परेका व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर सोही स्थानमा राखि बरामद काठ प्रहरी चौकी लैजान ट्याक्टरमा लोड गर्ने क्रममा हथकडी सहित अभियुक्त फरार भएको प्रहरीको भनाई छ । फरार भएका व्यक्ति पर्सागढी नगरपालिका वडा नं. ५ निवासी दिनेश पासवान रहेको प्रहरीले जनाएको छ । पासवानको घरबाट हथकडी बरामद भएको तर पासवान भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रवहादुर मल्लले जानकारी दिएका छन् ।







प्रतिक्रिया दिनुहोस् !