Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कारागारबाटै लागूऔषध सञ्जाल, १७ हजार ४ सय ट्रामाडोलसहित दुई पक्राउ

कारबाहीका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सुजित देउला पक्राउ परेका छन् । उनीहरूको साथबाट ५८ बक्समा रहेको १ हजार ७४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०८३
कारागारबाटै लागूऔषध सञ्जाल, १७ हजार ४ सय ट्रामाडोलसहित दुई पक्राउ

ललितपुर, २२ भदौ । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको कमाण्डमा परिचालित विशेष टोलीले विशेष सूचनाका आधारमा २०८३ भदौ २२ गते दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९ च्यासलमा कारबाही गरेको हो ।

कारबाहीका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सुजित देउला पक्राउ परेका छन् । उनीहरूको साथबाट ५८ बक्समा रहेको १ हजार ७४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ । लागूऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा होन्डा डिओ स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ‘केजीएफ च्याप्टर–२’ नामबाट नेपालमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा दुई लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद भएको टिपोटमा उल्लेख छ । यसै सञ्जालका नाइके भनिएका वीरधोज तामाङ उर्फ ‘वीरु’ ले कारागारबाटै लागूऔषध कारोबार सञ्चालन गरिरहेको आशंकासमेत प्रहरी अनुसन्धानको दायरामा रहेको छ ।

च्यासलबाट पक्राउ परेका राई र देउलाको उक्त समूहसँगको सम्बन्ध तथा उनीहरूको भूमिकाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूबाट लागूऔषधको स्रोत, कारोबारको तौरतरिका, वितरण सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिबारे महत्वपूर्ण सूचना प्राप्त हुन सक्ने प्रहरीको अपेक्षा छ । घटनामा संलग्न थप व्यक्तिको खोजी तथा पहिचानको कामसमेत भइरहेको बताइएको छ ।

बरामद लागूऔषध र स्कुटरसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ । घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

Tags: कारागारबाटै लागूऔषध सञ्जाल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

भदौ २२, २०८३
बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

भदौ २२, २०८३
रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

भदौ २२, २०८३
वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

भदौ २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि