Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढीको तथ्यांकमै अन्योलः प्रहरी र प्राधिकरणको बेपत्ता संख्या फरक

नेपाल प्रहरीले आइतबार बिहान ७ बजेर ४० मिनेटमा सार्वजनिक गरेको ‘रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’मा बेपत्ता हुनेको संख््या ४ हजार ४० उल्लेख गरेको थियो । त्यसको करिब तीन घण्टापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणमा भने ४ हजार ९९६ जना बेपत्ता अर्थात् सम्पर्कविहीन रहेको उल्लेख छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८३
बाढीको तथ्यांकमै अन्योलः प्रहरी र प्राधिकरणको बेपत्ता संख्या फरक

वीरगंज (पर्सा), २१ भदौ । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको विवरण सार्वजनिक गर्ने क्रममा सरकारी निकायबीच नै तथ्याङ्कमा ठूलो अन्तर देखिएको छ । नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटै घटनासम्बन्धी फरक–फरक संख्या सार्वजनिक गरेपछि पीडित परिवारसँगै सर्वसाधारणमा समेत अन्योल बढेको छ ।

नेपाल प्रहरीले आइतबार बिहान ७ बजेर ४० मिनेटमा सार्वजनिक गरेको ‘रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’मा बेपत्ता हुनेको संख््या ४ हजार ४० उल्लेख गरेको थियो । त्यसको करिब तीन घण्टापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणमा भने ४ हजार ९९६ जना बेपत्ता अर्थात् सम्पर्कविहीन रहेको उल्लेख छ ।

यसअनुसार एउटै दिन सार्वजनिक दुई सरकारी तथ्याङ्कबीच बेपत्ताको सङ्ख्यामा मात्रै ९५२ जनाको अन्तर देखिएको छ । मृतकको विवरणमा पनि यस्तै असमानता देखिएको छ । प्रहरीले शनिबार सार्वजनिक गरेको विवरणमा बाढी तथा पहिरोमा परी मृत्यु भएकाको सङ्ख्या १ हजार ३४१ उल्लेख थियो । प्राधिकरणले भने सोही दिन मृतकको संख््या १ हजार ३३१ सार्वजनिक गरेको थियो ।

भदौ १० गतेदेखि नै दुवै निकायबाट सार्वजनिक हुँदै आएका विवरणमा फरक देखिँदै आएको छ । राज्यका जिम्मेवार निकायबाट एउटै घटनाको तथ्यांक फरक–फरक आउँदा वास्तविक अवस्था कुन हो भन्नेमा सर्वसाधारण अन्योलमा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता एवं डीआइजी अभिनारायण काफ्ले भने प्रहरीबाट सार्वजनिक हुने तथ्याङ्क तथ्यपरक रहेको दाबी गर्छन् । उनका अनुसार देशभर प्रहरीको सञ्जाल रहेकाले स्थानीय तहदेखि प्राप्त सूचनाका आधारमा तथ्य तथा तथ्यांक संकलन गरिन्छ ।

प्राधिकरणले भने प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाबाट समेत विवरण संकलन गर्ने भएकाले फरक निकायबाट प्राप्त विवरण दोहोरिन सक्ने र त्यसका कारण संख््या फरक पर्न सक्ने काफ्लेको भनाइ छ । प्रवक्ता काफ्लेले प्रहरीले अधिकांश विवरण आवश्यक पुष्टि गरेर मात्रै सार्वजनिक गर्ने गरेको बताएका छन् । एउटै घटनाका विषयमा विभिन्न व्यक्तिले छुट्टाछुट्टै सूचना दिएमा पनि तथ्याङ्क दोहोरिन सक्ने उनको भनाइ छ ।

प्रहरीले अहिले बेपत्ता व्यक्तिहरूको नामसहित विवरण सङ्कलन गरिरहेको जनाउँदै केही दिनभित्र थप यकिन तथ्याङ्क आउने काफ्लेले बताएका छन् । यता प्राधिकरणकी प्रवक्ता शान्ति महतले पनि बेपत्ता तथा मृतकको विवरण सुरक्षा निकायबाटै प्राप्त हुने भएकाले एउटै व्यक्तिको विवरण विभिन्न स्रोतबाट आउँदा दोहोरिन सक्ने बताएकी छन् । उनका अनुसार यही कारण तथ्याङ्कमा केही तलमाथि हुन सक्ने अवस्था रहेको छ ।

Tags: भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

भदौ २१, २०८३
बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

भदौ २१, २०८३
मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

भदौ २१, २०८३
बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

भदौ २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि