Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

समितिको बुधबार बसेको बैठकले निजी बैंक खाता तथा क्यूआरमार्फत राहतका नाममा रकम संकलन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । समितिले राहतका नाममा स्वदेश तथा विदेशमा रहेका नागरिकसँग निजी बैंक खाता वा क्यूआर कोडमार्फत रकम उठाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १९, २०८३
राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

जनकपुरधाम (धनुषा), १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका नाममा राहत संकलन गर्ने बहानामा हुन सक्ने अवैध तथा अव्यवस्थित गतिविधि रोक्न धनुषा जिल्ला विपद् व्यवस्थापन समितिले कडाइ गरेको छ । समितिको बुधबार बसेको बैठकले निजी बैंक खाता तथा क्यूआरमार्फत राहतका नाममा रकम संकलन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । समितिले राहतका नाममा स्वदेश तथा विदेशमा रहेका नागरिकसँग निजी बैंक खाता वा क्यूआर कोडमार्फत रकम उठाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ । त्यस्तै, पुराना कपडा, अखाद्य वस्तु, छिट्टै बिग्रिने सामग्री तथा प्रयोगमा नआउने सामान संकलन नगर्न समेत निर्देशन दिइएको छ ।

राहत संकलनका नाममा त्यस्तो गतिविधि गरेको पाइएमा स्थानीय प्रशासनले कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । विपद् प्रभावितका लागि सहयोग जुटाउँदा वास्तविक आवश्यकता र आधिकारिक माध्यमलाई प्राथमिकता दिन समितिले सबैलाई आग्रह गरेको छ । आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक बैंकिङ प्रणालीमार्फत सहयोग गर्न समितिले अनुरोध गरेको छ । सहयोग गरेपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई समेत गराउन आग्रह गरिएको छ । बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि धनुषाका सरकारी निकाय, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, संघसंस्था तथा सर्वसाधारणलाई सहयोगका लागि आह्वान गरेको छ ।

भोटेकोशीमा आएको बाढीबाट धनुषाका नागरिकसमेत प्रभावित भएको हुनसक्ने भन्दै बैठकले उनीहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बाढीमा परी मृत्यु भएका धनुषाका नागरिकका परिवारले शव आफ्नो स्थायी घरठेगानामा ल्याएर परम्पराअनुसार अन्त्येष्टि गर्न चाहेमा सम्बन्धित स्थानीय तहले आवश्यक सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

राहतका रूपमा खाद्यान्न, लत्ताकपडा, औषधिलगायत सामग्री उपलब्ध गराउँदा पहिले आवश्यकताको पहिचान गरेर मात्र सामग्री संकलन गर्नुपर्ने निर्णय गरिएको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार राहत सामग्री संकलन गर्दा तोकिएका फोकल पर्सनसँग समन्वय गरी आवश्यक सामग्री मात्र जुटाउनुपर्नेछ । समितिले राहत सामग्रीको ढुवानी तथा व्यवस्थापनलाई समेत व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । साथै, मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका सरकारी तथा सम्बन्धित निकायलाई पूर्वतयारी र प्रतिकार्यमा समन्वयात्मक रूपमा परिचालन हुन निर्देशन दिइएको छ ।

यसैबीच, धनुषामा बाढी तथा डुबानको जोखिम बढाउन सक्ने नदी तथा खोल्सीको अवस्थाबारेपनि समितिले चासो देखाएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन, जनकपुरधामको कार्यक्षेत्रभित्र पर्ने नदी तथा खोलामा बाढीका कारण जोखिममा रहेका स्थानमा तत्काल नदी नियन्त्रण तथा मर्मतसम्भारका काम अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

Tags: धनुषा जिल्ला विपद् व्यवस्थापन समिति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

भदौ १९, २०८३
बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

भदौ १९, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

बाढीमा सम्पर्कविहीन भएका परिवारमा निराशा, अझैपनि मधेशका १८० जना बेपत्ता

भदौ १९, २०८३
वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

भदौ १९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि