Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाबुलाल चाचानद्वारा दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

चाचान समूहअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानबाट ५१ लाख रुपैयाँ र उनी अध्यक्ष रहेको मारवाडी सेवा ट्रस्ट वीरगंजबाट थप १ लाख ११ हजार रुपैयाँ गरी उक्त रकम कोषमा जम्मा गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १७, २०८३
बाबुलाल चाचानद्वारा दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज (पर्सा), १७ भदौ । चाचान समूहका अध्यक्ष, वीरगंजका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् । चाचान समूहअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानबाट ५१ लाख रुपैयाँ र उनी अध्यक्ष रहेको मारवाडी सेवा ट्रस्ट वीरगंजबाट थप १ लाख ११ हजार रुपैयाँ गरी उक्त रकम कोषमा जम्मा गरिएको हो ।

चाचान समूहका अनुसार नारायणी आयल रिफाइनरीबाट ४१ लाख रुपैयाँ, नारायणी मोर्डन प्लस इन्डस्ट्रिजबाट ५ लाख रुपैयाँ तथा आदर्श पोली प्लास्टिक प्रालिबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ । तीनवटै प्रतिष्ठानबाट प्राप्त गरी कुल ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको एभरेस्ट बैंकस्थित खातामा जम्मा गरिएको जनाइएको छ ।

त्यसैगरी, मारवाडी सेवा ट्रस्ट वीरगंजका अध्यक्षसमेत रहेका चाचानले ट्रस्टका तर्फबाट १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका हुन् । ट्रस्टले प्रदान गरेको सहयोग रकमको चेकसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको महासचिव नरेन्द्र साहले जानकारी दिए ।

‘विपद्को समयमा सबै नेपाली एकजुट हुनुपर्छ’
सहयोग हस्तान्तरणपछि उद्योगपति चाचानले विपद् र संकटको समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । ‘यस्तो दैवी प्रकोप र विपद्को समयमा हामी सबै नेपाली एकजुट भएर एक–अर्कालाई सहयोग गर्नुपर्छ,’ उनले भने, ‘पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो सामाजिक दायित्व पनि हो ।’

विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा आवश्यक सहयोगमा सघाउने उद्देश्यले रकम प्रदान गरिएको चाचान समूहले जनाएको छ । उद्योगी–व्यवसायी तथा सामाजिक संस्थाले संकटका बेला मानवीय सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै चाचान समूह र मारवाडी सेवा ट्रस्टले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

Tags: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाबुलाल चाचानद्वारा दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

बाबुलाल चाचानद्वारा दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

भदौ १७, २०८३
भोटेकोशी बाढीको एक हप्तापछि पनि तीन भाइ फर्किएनन्, सप्तरीको यादव परिवार झिनो आशामा

भोटेकोशी बाढीको एक हप्तापछि पनि तीन भाइ फर्किएनन्, सप्तरीको यादव परिवार झिनो आशामा

भदौ १७, २०८३
पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि