वीरगंज (पर्सा), ७ भदौ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट सशस्त्र प्रहरीले पाँच किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट जयमंगलापुरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलको ट्याङ्की र सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा पाँच किलो गाँजा बरामद भएको थियो । पक्राउ परेका दुवै भारतीय नागरिकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । बरामद गाँजा र मोटरसाइकलसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !