Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

हिन्दू स्वयंसेवक संघ नेपाल, जनकपुरधामद्वारा शनिबार जनकपुरधामस्थित राम युवा समितिको प्राङ्गणमा आयोजित ‘गुरु दक्षिणा अर्पण कार्यक्रम’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मेयर साहले सबै धर्मप्रति सम्मान राख्दै आफ्नो धर्म, संस्कृति र अस्तित्वको संरक्षणका लागि पनि सचेत र संगठित हुनुपर्ने बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १, २०८३
हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

जनकपुरधाम (धनुषा), १ साउन । जातीयता, विभाजन र संकीर्ण सोचभन्दा माथि उठेर हिन्दू समाजको अस्तित्व, पहिचान र उत्थानका लागि एकताबद्ध हुनुपर्नेमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जोड दिएका छन् । उनले हिन्दू समाजको एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै यसको संरक्षण र सुदृढीकरणमा विशेषगरी युवा पुस्ताले अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन् । हिन्दू स्वयंसेवक संघ नेपाल, जनकपुरधामद्वारा शनिबार जनकपुरधामस्थित राम युवा समितिको प्राङ्गणमा आयोजित ‘गुरु दक्षिणा अर्पण कार्यक्रम’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मेयर साहले सबै धर्मप्रति सम्मान राख्दै आफ्नो धर्म, संस्कृति र अस्तित्वको संरक्षणका लागि पनि सचेत र संगठित हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले जातीयताभन्दा माथि उठेर हिन्दूहरूको उत्थानका लागि एकताबद्ध हुनुपर्छ । एकता नै शक्ति हो । हामी सबै धर्मको सम्मान गर्छौं । तर हामी हिन्दू भएकाले आफ्नो अस्तित्व र पहिचानको रक्षा गर्नु पनि हाम्रो दायित्व हो ।’ मेयर साहले समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको विकाससँगै नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कार र सभ्यतासँग जोड्न आवश्यक रहेको बताए । हिन्दू समाजको संरक्षण केवल भाषण र नारामा सीमित हुन नहुने उल्लेख गर्दै उनले संगठित प्रयास, सामाजिक जागरण र युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

कार्यक्रमका मुख्य वक्ता तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एवं हिन्दू स्वयंसेवक संघ नेपालका संघचालक कल्याण तिमिस्लानाले गुरु दक्षिणाको धार्मिक, सांस्कृतिक र संगठनात्मक महत्त्वमाथि प्रकाश पारे । उनले गुरु–शिष्य परम्पराले ज्ञान, अनुशासन, संस्कार र सामाजिक उत्तरदायित्वलाई जोड्ने बताउँदै हिन्दू समाजको एकता आजको आवश्यकता भएको धारणा राखे । नेपालको धार्मिक तथा सामाजिक परिवेशमा देखापरिरहेका परिवर्तनबारे चर्चा गर्दै तिमिस्लानाले धार्मिक धर्म परिवर्तनको बढ्दो गतिविधिप्रति चिन्ता व्यक्त गरे । उनले हिन्दू समाज आफ्नो संस्कार, संस्कृति र पहिचानप्रति सचेत र संगठित हुनुपर्नेमा जोड दिए ।

उनले भने, हिन्दू समाजभित्रकै जातीय विभाजन, आपसी दूरी र संगठनात्मक कमजोरीलाई अन्त्य गर्दै साझा पहिचान र उद्देश्यका आधारमा अघि बढ्नुपर्ने आवश्यकता छ । समाजको सांस्कृतिक संरक्षणका लागि परिवारदेखि नै नयाँ पुस्तालाई धर्म, संस्कार र सभ्यताबारे जानकारी गराउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा ठूलो संख्यामा हिन्दू स्वयंसेवकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले गुरु परम्परा, सामाजिक एकता, धार्मिक चेतना तथा हिन्दू समाजको संगठनात्मक सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए ।

जनकपुरधामजस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको शहरमा आयोजित गुरु दक्षिणा अर्पण कार्यक्रमले हिन्दू समाजको एकता, सांस्कृतिक पहिचान र युवा सहभागितालाई केन्द्रमा राखेको आयोजक पक्षले जनाएको छ । ‘सबै धर्मप्रति सम्मान कायम राख्दै आफ्नो धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि हिन्दू समाजभित्र एकता, जागरण र सक्रियता आवश्यक छ । त्यसका लागि अब युवा पुस्ता अगाडि बढ्नुपर्ने समय आएको छ ।’ कार्यक्रमले यही सन्देश दिएकोसहभागीहरूको भनाइ छ ।

Tags: हिन्दू स्वयंसेवक संघ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३
एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

भदौ १, २०८३
हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

भदौ १, २०८३
महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि