Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२० रुपैयाँको खैनी १ हजारमा ! जिल्ला पर्सा प्रहरी कार्यालय पर्साको हिरासतभित्र ‘सेटिङ’को खेल

बजारमा २० रुपैयाँमा पाइने खैनी थुनुवा कक्षसम्म पुर्‍याइदिएबापत ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरिएको छ । यस्तै, करिब ५० रुपैयाँमा पाइने रजनीगन्धासमेत ५ सय रुपैयाँसम्म लिएर थुनुवालाई उपलब्ध गराउने गरिएको दाबी छ । सबैभन्दा गम्भीर प्रश्न के हो भने कडा सुरक्षा घेराभित्र रहेको हिरासत कक्षमा बाहिरबाट सामान कसरी पुग्छ ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १, २०८३
२० रुपैयाँको खैनी १ हजारमा ! जिल्ला पर्सा प्रहरी कार्यालय पर्साको हिरासतभित्र ‘सेटिङ’को खेल

वीरगंज (पर्सा), १ साउन । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासत कक्षभित्र सुरक्षाको जिम्मेवारी लिएका प्रहरीकै मिलोमतोमा खैनी, गुट्खा तथा अन्य प्रतिबन्धित सामान पुर्‍याएर थुनुवाबाट मनपरी रकम असुल्ने गरिएको गम्भीर आरोप सार्वजनिक भएको छ । बाहिरबाट एउटा सामान्य सामानसमेत सहजै भित्र लैजान नदिइने कडा सुरक्षा व्यवस्थाभित्र २० रुपैयाँमा पाइने खैनीका लागि थुनुवाले ५ सयदेखि १ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको आरोप छ । हिरासतबाट केही दिनअघि छुटेका एक अभियुक्तका अनुसार, थुनुवा कक्षमा खटिने तथा ड्युटी परिवर्तनका क्रममा आउने प्रहरी कर्मचारीले नै खैनी, गुट्खा र अन्य सामग्री भित्र पुर्‍याउने माध्यम बनेका छन् ।

उनका अनुसार बजारमा २० रुपैयाँमा पाइने खैनी थुनुवा कक्षसम्म पुर्‍याइदिएबापत ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरिएको छ । यस्तै, करिब ५० रुपैयाँमा पाइने रजनीगन्धासमेत ५ सय रुपैयाँसम्म लिएर थुनुवालाई उपलब्ध गराउने गरिएको उनको दाबी छ । सबैभन्दा गम्भीर प्रश्न के हो भने कडा सुरक्षा घेराभित्र रहेको हिरासत कक्षमा बाहिरबाट सामान कसरी पुग्छ ? यदि थुनुवालाई प्रत्यक्ष रूपमा सामान लैजान रोक लगाइएको छ भने त्यस्ता सामग्री हिरासतभित्र पुर्‍याउने माध्यम को हो ? यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ ।

‘हल कमाण्डर’मार्फत सामान ओसारपसारको आरोप
प्राप्त विवरणअनुसार हिरासतमा रहेका थुनुवाको रेखदेख, चेकजाँच तथा आवश्यक औषधिलगायत सामग्री व्यवस्थापनका लागि परिचालित ‘हल कमाण्डर’मार्फत नै खैनी र गुट्खा थुनुवासम्म पुर्‍याउने गरिएको आरोप छ । ड्युटी परिवर्तन हुने विशेषगरी साँझको समयमा प्रहरी कर्मचारीले यस्ता सामग्री लिएर हिरासत क्षेत्रभित्र प्रवेश गर्ने र त्यसपछि सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने गरिएको स्रोतको दाबी छ ।

यसरी सुरक्षाको जिम्मेवारी लिएका कर्मचारीमाथि नै प्रतिबन्धित वा अनधिकृत रूपमा सामान ओसारपसार गरी त्यसलाई आम्दानीको स्रोत बनाएको आरोप लाग्नुले हिरासत व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । यतिमात्र होइन, कतिपय थुनुवाले हिरासतभित्र गाँजा र चरेशजस्ता लागुऔषधसमेत सेवन गर्ने गरेको आरोपसमेत आएको छ । यसले गर्दा प्रहरी हिरासतको सुरक्षा प्रणालीमाथि मात्र होइन, सम्पूर्ण नियन्त्रण र निगरानी संयन्त्रमाथि नै गम्भीर प्रश्न उठेको छ । हिरासत कक्षभित्र थुनुवाले लागुऔषध, खैनी तथा गुट्खा सेवन गरेको प्रहरीले सिसिटिभीमा हेरेपछि लगेर कुटपिट गर्ने त्यही प्रहरीको माध्यमबाट त्यस्ता सामानहरु त्यहाँ पुग्नुले प्रहरीको कार्यशैलीको दोहोरो चरित्र उदाङ्गो बनाएको छ ।

पैसा दिए ‘विशेष कोठा’ र सुविधा ?
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा १ देखि ५ नम्बर गरी पाँचवटा थुनुवा कक्ष रहेको छ । १ देखि ४ नम्बर कक्षमा सामान्य तथा आर्थिक रूपमा कमजोर थुनुवालाई राख्ने गरिएको छ भने ५ नम्बर कक्षमा आर्थिक रूपमा सम्पन्न तथा प्रभावशाली थुनुवालाई विशेष सुविधा उपलब्ध गराइने गरिएको छ । ५ नम्बर कक्ष असहाय, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको हो । तर त्यहाँ त्यस्ता व्यक्तिको संख्या नभएको वा कोठा खाली रहेको अवस्थामा आर्थिक लाभका आधारमा अन्य थुनुवालाई राख्ने गरिएको आरोप छ ।

आरोप यतिमै सीमित छैन । २ हजारदेखि ५ हजार रुपैयाँसम्म बुझाएपछि ५ नम्बर कक्षमा राखेर तुलनात्मक रूपमा बढी सुविधा दिने गरिएको दाबी छ । यसमा प्रहरी जवानदेखि हिरासत इन्चार्जसम्मको मिलोमतो हुने गरेको आरोप लगाइएको छ । कतिपय अवस्थामा भने उच्च अधिकारीको सिफारिस वा दबाबका आधारमा समेत विशेष कक्षमा राखिने गरिएको बताइएको छ । यसले हिरासतभित्र पनि थुनुवाको आर्थिक हैसियतका आधारमा फरक व्यवहार भइरहेको हो कि भन्ने गम्भीर प्रश्न खडा गरेको छ । कानुनको नजरमा समान हैसियत राख्ने व्यक्तिहरू हिरासतभित्र पैसा र पहुँचका आधारमा फरक सुविधा पाउने अवस्था बनेको हो भने यो सामान्य प्रशासनिक कमजोरी मात्र नभई गम्भीर अनियमितताको विषय बन्न सक्छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रवक्ता चक्र मल्लले आरोप अस्वीकार गरेका छन् । उनले हिरासत कक्षमा सिसिटिभी जडान रहेको कारण यस्तो गतिविधि हुन नसक्ने दाबी गरेका छन् । उनले भने ‘हिरासत कक्षको प्रत्येक ठाउँमा सिसिटिभी जडान गरिएको छ, त्यस्तो हुन सक्दैन ।’ तर सिसिटिभीलाई छलेर सबै काम हुने गरेको बताइएको छ । थुनुवा कक्षभित्र रहेको शौचालयमा गएर प्रहरीले खैनी, गुट्खा छाड्ने गरेको र पछि ‘हल कमाण्डर’ ले ल्याएर सबैलाई दिने गरेको दाबी गरिएको छ ।

छानबिन आवश्यक
प्रहरी हिरासत कुनै होटल वा व्यापारिक केन्द्र होइन । राज्यको नियन्त्रणमा रहेका व्यक्तिको सुरक्षा, स्वास्थ्य, मानवअधिकार र कानुनी प्रक्रियाको संरक्षण गर्ने संवेदनशील स्थान हो । त्यही स्थानभित्र खैनी, गुट्खा वा अन्य सामग्री पुर्‍याएर मूल्यभन्दा कैयौं गुणा बढी रकम असुल्ने आरोप सत्य ठहरिएमा त्यसमा संलग्नमाथि कडा कारबाही हुनुपर्छ ।

यसका लागि जिल्ला प्रहरी कार्यालय पर्साले आरोपलाई सामान्य हल्ला भन्दै बेवास्ता गर्नु हुँदैन । हिरासतमा खटिएका कर्मचारीको ड्युटी विवरण, प्रवेश–निस्कने अभिलेख, सीसीटीभी फुटेज, थुनुवाको बयान तथा हालै हिरासतबाट छुटेकाहरूको विवरणका आधारमा तत्काल निष्पक्ष छानबिन गर्न आवश्यक छ । त्यसैगरी ५ नम्बर कक्ष कसका लागि छुट्याइएको हो, विगतमा त्यहाँ कसलाई राखियो, कुन आधारमा राखियो र विशेष सुविधा दिइएको थियो वा थिएन भन्ने विषयसमेत अभिलेखबाट सार्वजनिक हुनुपर्छ ।

२० रुपैयाँको खैनीका लागि १ हजार रुपैयाँ तिर्नुपर्ने, पैसा दिए विशेष कोठा पाइने र कडा सुरक्षाबीच अनधिकृत सामान हिरासतभित्र पुग्ने आरोपले एउटा गम्भीर प्रश्न उठाएको छ ‘पर्सा प्रहरीको हिरासतभित्र कानुनको शासन चलिरहेको छ कि पैसा र पहुँचको ?’ अब यसको जवाफ आरोपित प्रहरी कर्मचारीले मात्र होइन, जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व र सम्बन्धित निकायले पनि तथ्य र प्रमाणसहित दिनुपर्ने भएको छ ।

Tags: जिप्रका पर्साको हिरासतभित्र खैनी गुट्खाको ‘कालोबजारी’ ?
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३
एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

भदौ १, २०८३
हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

हिन्दू एकताका लागि युवा जाग्नुपर्छः मेयर साह

भदौ १, २०८३
महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि