Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुनसरी र सिरहा जिल्लाको प्रदर्शनमा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गरिने

मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २६, २०८३
सुनसरी र सिरहा जिल्लाको प्रदर्शनमा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गरिने

काठमाडौँ, २६ साउन । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मिता पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो । यसैगरी सरकारले विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।

सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत गरेको छ । बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यस्तै पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

चारबुँदे सहमतिपछि आमरण अनशन तोडियो
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय, हिन्दु हितको संरक्षण तथा सुरक्षा व्यवस्थाको माग गर्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गरेका छन् । सरकारसँग चारबुँदे लिखित सहमति भएपछि यादवले तत्कालका लागि आमरण अनशन स्थगित गरेका हुन् ।

यादव साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका पीडितलाई न्याय, दीर्घकालीन नीतिगत स्पष्टता तथा सुरक्षा व्यवस्थाको माग गर्दै उनले सरकारसमक्ष छ बुँदे माग अघि सारेका थिए ।

राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पूर्वेद्वारा जारी विज्ञप्तिमा सरकारसँग अध्यक्ष यादवले अघि सारेका मागका विषयमा चारबुँदे लिखित सहमति भएपछि तत्कालका लागि आमरण अनशन स्थगित गरिएको उल्लेख छ । दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले गरेको प्रतिबद्धताअनुसार यथाशीघ्र काम अघि बढ्ने विश्वास व्यक्त गरेको छ । साथै, हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने जनाएको छ ।

यादवले कुमारी कन्याको हातबाट जुस पिएर आमरण अनशन स्थगित गरेका थिए । १३ दिनसम्म आमरण अनशनमा बसेका यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सरकारसँगको सहमतिपछि अनशन स्थगित गरिएको दलले जनाएको छ ।

Tags: सुनसरी र सिरहा जिल्लाको प्रदर्शन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३
जिप्रका नजिकैको नालामा नवजात शिशुको शव

जिप्रका नजिकैको नालामा नवजात शिशुको शव

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि