Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

वीरगंज बजारमा ‘मनोज, बारा, सुपर, नारायणी’ लगायत विभिन्न कम्पनीका एलपी ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता थप समस्यामा परेका छन् । नियमित रूपमा घरघरमै डिलरमार्फत ग्यास पुग्ने गरेकोमा अहिले भने सिलिन्डर लिन उपभोक्ता आफैं बिक्री केन्द्रसम्म धाउनुपर्ने अवस्था आएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

वीरगंज (पर्सा), २४ साउन । पर्सा र बारामा खाना पकाउने एलपी ग्यासको अभाव अझै हट्न सकेको छैन । ग्यास लिन वीरगंजका विभिन्न बिक्री केन्द्र तथा डिलरमा उपभोक्ताको लामो भीड लाग्ने गरेको छ । घण्टौँसम्म लाइनमा बसेपछि मात्र सिलिन्डर पाउने अवस्था रहेको उपभोक्ताहरूले बताएका छन् । वीरगंज बजारमा ‘मनोज, बारा, सुपर, नारायणी’ लगायत विभिन्न कम्पनीका एलपी ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता थप समस्यामा परेका छन् । नियमित रूपमा घरघरमै डिलरमार्फत ग्यास पुग्ने गरेकोमा अहिले भने सिलिन्डर लिन उपभोक्ता आफैं बिक्री केन्द्रसम्म धाउनुपर्ने अवस्था आएको छ ।

ग्यासको अभाव बढेपछि पर्सामा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंकासमेत गरिएको छ । स्थानीय प्रशासनले सम्भावित कालोबजारी नियन्त्रण तथा वास्तविक अवस्था बुझ्न बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । सरकारले आपूर्ति सहज बनाउने प्रयास गरिरहेको बताए पनि सर्वसाधारणले भने अझै सहज रूपमा एलपी ग्यास पाउन सकेका छैनन् । ग्यास विक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साहले कम्पनीबाट बजार र डिलरहरूमा ग्यास आपूर्ति भइरहे पनि मागको तुलनामा आपूर्ति पर्याप्त हुन नसक्दा समस्या कायमै रहेको बताए ।

मुक्तिनाथ सप्लायर्स एण्ड सन्सका सञ्चालकसमेत रहेका साहका अनुसार पहिले एउटा खेपमा करिब ६० वटा भरिएका सिलिन्डर आउने गरेकामा अहिले ७० वटासम्म सिलिन्डर आउने गरेको छ । तर आपूर्ति परिमाण केही बढेपनि उपभोक्ताको माग अत्यधिक भएकाले बिक्रीको अवस्था असामान्य बनेको उनको भनाइ छ । ‘पहिलाभन्दा अहिले सप्लाई बढी भएपनि ग्यासको अभाव कायमै छ । ग्राहकहरूले घरमा ग्यास रहेको सिलिन्डरसमेत स्टक गरेर राखेकाले पनि अभाव देखिएको हो,’ साहले भने । उनका अनुसार पहिले एउटा खेपमा आएको ग्यास करिब दुई दिनसम्म बिक्री गर्न पुग्ने गरेको थियो । अहिले भने ग्यास बोकेको गाडी बिक्री केन्द्रमा आइपुग्नासाथ उपभोक्ताले सिलिन्डर लैजाने अवस्था छ । यसले बजारमा आपूर्ति र मागबीचको असन्तुलन झनै स्पष्ट पारेको छ ।

साहले ग्यासको अभाव कम गर्न उपभोक्तालाई आवश्यकताअनुसार मात्रै सिलिन्डर खरिद गर्न आग्रह गरेका छन् । एकपटक ग्यास लिइसकेका उपभोक्ताले कम्तीमा १० दिनपछि मात्रै अर्को सिलिन्डर लिनुपर्ने व्यवस्था अपनाउन सके सबैलाई ग्यास उपलब्ध गराउन सहज हुने उनको भनाइ छ । उनले घरमा मौज्दात रहेको अवस्थामा पनि पुनः सिलिन्डर लिन खोज्ने प्रवृत्तिले वास्तविक रूपमा ग्यास आवश्यक परेका उपभोक्ता समस्यामा परेको बताए । ‘आवश्यकताअनुसार मात्रै ग्यास खरिद गरौँ, अरू उपभोक्ताले पनि पाउने अवसर दिऔँ,’ उनको आग्रह छ ।

यसैबीच, ग्यास अभावको मौका छोपेर कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनको अनुगमन अझ प्रभावकारी बनाउनुपर्ने मागसमेत उठेको छ । एकातिर कम्पनीबाट आपूर्ति भइरहेको दाबी छ भने अर्कोतर्फ उपभोक्ता घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ । यसले बजारमा ग्यासको वास्तविक आपूर्ति, वितरण प्रणाली र उपभोक्तासम्म पुग्ने प्रक्रियामै प्रश्न खडा गरेको छ । सरकारले आपूर्ति बढाउने प्रयाससँगै वितरणमा देखिएको असन्तुलन, अनावश्यक स्टक तथा सम्भावित कालोबजारीमाथि प्रभावकारी निगरानी गर्न सके मात्रै पर्सा–बाराका उपभोक्ताले ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने देखिन्छ ।

Tags: खाना पकाउने ग्यासको अभाव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि