Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा खाना पकाउने ग्यासको अभाव देखिएपछि प्रजिअसहितको टोली अनुगमनमा

डिलर सञ्चालकहरूले कम्पनीबाट पर्याप्त मात्रामा ग्यास नआएकाले बजारमा अभाव भएको बताएका थिए । डिलरहरूको भनाइअनुसार उद्योगले समयमा ग्यास उपलब्ध नगराउँदा उपभोक्ताको मागअनुसार वितरण गर्न नसकिएको हो । यता ग्यास उद्योगहरूले भने आफूसँग पर्याप्त खाली सिलिन्डर नभएकाले डिलरबाट खाली सिलिन्डर संकलन हुन नसकेको र सोही कारण समयमा ग्यास भरेर पठाउन नसकिएको बताउँदै आएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०८३
वीरगंजमा खाना पकाउने ग्यासको अभाव देखिएपछि प्रजिअसहितको टोली अनुगमनमा

वीरगंज (पर्सा), २४ साउन । वीरगंजमा खाना पकाउने ग्यासको अभाव देखिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा शनिबार बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश डिलरमा भरिएका ग्यास सिलिन्डरको मौज्दात न्यून देखिएपनि डिलर तथा गोदाममा ठूलो संख्यामा खाली सिलिन्डर मौज्दात रहेको भेटिएको छ ।

डिलर सञ्चालकहरूले कम्पनीबाट पर्याप्त मात्रामा ग्यास नआएकाले बजारमा अभाव भएको बताएका थिए । डिलरहरूको भनाइअनुसार उद्योगले समयमा ग्यास उपलब्ध नगराउँदा उपभोक्ताको मागअनुसार वितरण गर्न नसकिएको हो । यता ग्यास उद्योगहरूले भने आफूसँग पर्याप्त खाली सिलिन्डर नभएकाले डिलरबाट खाली सिलिन्डर संकलन हुन नसकेको र सोही कारण समयमा ग्यास भरेर पठाउन नसकिएको बताउँदै आएका छन् । तर अनुगमनका क्रममा एउटा डिलरमा मात्रै ४८० वटा खाली ग्यास सिलिन्डर मौज्दात रहेको भेटिएको छ । वीरगंजका अन्य डिलर तथा गोदाममा समेत कम्तिमा १०० र ५० वटासम्म खाली सिलिन्डर रहेको अनुगमन टोलीले फेला पारेको छ ।

टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी दयाकृष्ण थापा र कृष्णप्रसाद चापागाईं, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, नेपाल आयल निगम वीरगंजका प्रमुख मोहनकुमार साह, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका मधुलेश साह, उपभोक्ता संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल तथा ग्यास बिक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साहलगायतको सहभागिता थियो ।

उक्त टोलीले वीरगंजस्थित सीडीओ कार्यालय पछाडि, बनारसी चोक, रानीघाट, श्रीपुर, ओमआश्रम, पानीटंकी, रेशमकोठी, ६ नम्बर गेटलगायतका क्षेत्रमा रहेका ग्यास डिलरमा पुगेर मौज्दात तथा आपूर्ति अवस्थाबारे जानकारी लिएको थियो । उद्योगले ‘खाली सिलिन्डरको अभाव’ देखाउने तर डिलर तथा गोदाममा सयौं खाली सिलिन्डर थुप्रिएको भेटिएपछि ग्यासको आपूर्ति व्यवस्थापनप्रतिको प्रश्न अलि पेचिलो बनेको छ । बजारमा देखिएको अभाव वास्तविक आपूर्ति समस्या हो वा वितरण प्रणालीमा भएको कमजोरीका कारण कृत्रिम अभाव सिर्जना भएको हो भन्ने विषयमा समेत अनुगमनले चासो बढाएको छ ।

यता ग्यास नपाएपछि उपभोक्ताहरू भने डिलर–डिलर धाउन बाध्य छन् । ग्यास पाइने आशामा विभिन्न डिलरमा पुगेका उपभोक्तामध्ये कतिपय ग्यास नपाएर रित्तै फर्किनुपर्ने अवस्थो छ । नेपाल सरकारले विगतकै अनुपातमा ग्याँस आपुर्ति भइरहेको बताइरहँदा समस्या उद्योग तर्फबाट हो या विक्रेताबाट सृजना भएको हो भन्ने बारे गहन अध्यायन र कारवाईको जरुरी देखिएको छ ।

Tags: खाना पकाउने ग्यासको अभाव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि