Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

डीडीसीको दुग्ध विकास आयोजना ढल्केवर शाखाका प्रमुख दिनेश जोशीका अनुसार स्टल सञ्चालनका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल सम्पन्न भइसकेको छ । आगामी एक सातादेखि १० दिनभित्र स्टल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०८३
मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

जनकपुरधाम (धनुषा), २३ साउन । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्धजन्य सामग्री बिक्री–वितरणका लागि स्टल सञ्चालन गर्ने तयारी थालेको छ । डीडीसीको दुग्ध विकास आयोजना ढल्केवर शाखाका प्रमुख दिनेश जोशीका अनुसार स्टल सञ्चालनका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल सम्पन्न भइसकेको छ । आगामी एक सातादेखि १० दिनभित्र स्टल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

जोशीका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा विभिन्न मन्त्रालय रहेका कारण दैनिक एक हजारभन्दा बढी कर्मचारी तथा सेवाग्राहीको आवतजावत हुने गर्छ । यही सम्भावनालाई मध्यनजर गर्दै स्वदेशी तथा गुणस्तरीय दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टल स्थापना गर्न लागिएको हो । उनले भने, ‘कर्मचारी र सर्वसाधारण गरी दैनिक एक हजारभन्दा बढी मानिसको आवतजावत हुन्छ । स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै स्वस्थकर खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले स्टल राख्न लागिएको हो । कार्यालयसँग आवश्यक छलफल भइसकेको छ ।’

स्टलमार्फत डीडीसीले उत्पादन गर्दै आएको दही, रसभरी, बटर, पनिर, घ्यु, मोही तथा विभिन्न स्वादका आइसक्रिम बिक्री–वितरण गरिने आयोजनाले जनाएको छ । मधेश प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साहले सरकारी स्वामित्वको डीडीसीका उत्पादन गुणस्तरीय र स्वास्थ्यकर भएकाले कर्मचारी तथा सेवाग्राही दुवैका लागि उपयोगी हुने बताए । उनका अनुसार स्वदेशी उत्पादनको प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले मुख्यमन्त्री कार्यालय परिसरमा स्टल सञ्चालन गर्न लागिएको हो ।

करिब एक महिनाअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डीडीसीको चिज प्रयोग गरिरहेको तस्बिर सार्वजनिक गरेपछि डीडीसीका उत्पादनको बिक्री उल्लेखनीय रूपमा बढेको थियो । हाल जनकपुर चुरोट कारखाना परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै अर्थ, स्वास्थ्य, शिक्षा तथा संस्कृति, भौतिक पूर्वाधार विकास तथा गृह, सञ्चार तथा कानुन मन्त्रालय सञ्चालनमा छन् । यस्तै, आयोजना प्रमुख जोशीका अनुसार ढल्केवर शाखाले सहकारी संस्था र व्यावसायिक फार्ममार्फत दैनिक २ हजार २ सयदेखि २ हजार ५ सय लिटर दूध सङ्कलन गर्दै आएको छ ।

Tags: डीडीसीको दुग्ध विकास आयोजना ढल्केवर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि