Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ट्रमा सेन्टर प्रस्तावित स्थानमै निर्माण गर्नुपर्ने मागसहित गठित संघर्ष समितिले शुक्रबार ढल्केबरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका अनुसार साउन २३ गते ढल्केबरमा राँके जुलुस निकालिनेछ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

जनकपुरधाम (धनुषा), २३ साउन । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । ट्रमा सेन्टर प्रस्तावित स्थानमै निर्माण गर्नुपर्ने मागसहित गठित संघर्ष समितिले शुक्रबार ढल्केबरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका अनुसार साउन २३ गते ढल्केबरमा राँके जुलुस निकालिनेछ । त्यसपछि साउन २४ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढल्केबर क्षेत्रमा आधा घण्टा चक्काजाम गरिनेछ । साउन २५ गतेदेखि चक्काजामको अवधि क्रमशः बढाउँदै लगिने समितिले जनाएको छ ।

यसैगरी, साउन २६ गते बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म तथा साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि संघर्ष समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्न माग गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार प्रतिनिधिसभामा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरमा विरोध चर्किएको हो । स्थानीयले सरकारले यसअघि गरेको निर्णय र बजेट विनियोजनविपरीत ट्रमा सेन्टरको स्थान परिवर्तन गर्न खोजिएको आरोप लगाएका छन् ।

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत मिथिला नगरपालिका–७ (साविक ढल्केबर गाविस–२ ‘क’) को कित्ता नम्बर १६९ मा रहेको चार बिघा ऐलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक बजेट विनियोजन गरेको थियो । मिथिला नगरपालिकाका प्रमुख महतोका अनुसार ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ भने जग्गाको लालपुर्जा समेत तयार भइसकेको छ । त्यसैले सरकारले विगतमा अघि बढाएको योजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

यता मन्त्री मेहताले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पार्दै भ्रममा नपर्न आग्रह गरेकी थिइन् । तर, नगर प्रमुख महतोले प्रतिनिधिसभामा मन्त्रीले दिएको अभिव्यक्ति र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्पष्टीकरणबीच विरोधाभास रहेको उल्लेख गर्दै फेसबुकमार्फत आएको धारणाले मात्रै स्थानीयको आशंका हट्न नसक्ने बताए । ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर आन्दोलनका कार्यक्रम सार्वजनिक भएसँगै पूर्व–पश्चिम राजमार्गमा हुने चक्काजामका कारण यातायात सेवा प्रभावित हुन सक्ने देखिएको छ ।

Tags: ट्रमा सेन्टर निर्माण विवाद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि