Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

करोडौं खर्चिएर बनाइएका तटबन्ध असुरक्षित, महोत्तरीका स्थानीय तथा किसान त्रासमा

महोत्तरीका रातु, जंगहा, विगहीलगायत नदी आसपासका दर्जनौं बस्तीका बासिन्दाका लागि मनसुन वर्षा आशिर्वादभन्दा बढी चिन्ताको विषय बन्ने गरेको छ । वर्षा बढेसँगै नदीको बहाव तीव्र हुने, तटबन्धमाथि दबाब बढ्ने र बाढीको जोखिम बढ्ने भएकाले स्थानीय त्रसित छन् । विगतका बाढीले घर, खेत र सडक बगाएको अनुभव अझै ताजा रहेकाले सामान्य वर्षाले पनि ठूलो विपत्ति निम्त्याउने हो कि भन्ने डर उनीहरूमा छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०८३
करोडौं खर्चिएर बनाइएका तटबन्ध असुरक्षित, महोत्तरीका स्थानीय तथा किसान त्रासमा

बर्दिबास (महोत्तरी), २१ साउन । महोत्तरीमा हरेक वर्ष बाढीको जोखिम कम गर्ने उद्देश्यले नदी तथा खहरेमा करोडौं रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण र मर्मत गरिएपनि मनसुन सुरु भएसँगै स्थानीयको चिन्ता भने उस्तै दोहोरिने गरेको छ । चुरे क्षेत्रबाट बगेर आउने ढुंगा, गिटी र बालुवाले नदीको सतह वर्षेनी उकासिँदै जाँदा तटबन्ध कमजोर बन्दै गएका छन् । यसको प्रत्यक्ष असर बस्ती र खेतीयोग्य जमिनमा परेको स्थानीयको भनाइ छ ।

महोत्तरीका रातु, जंगहा, विगहीलगायत नदी आसपासका दर्जनौं बस्तीका बासिन्दाका लागि मनसुन वर्षा आशिर्वादभन्दा बढी चिन्ताको विषय बन्ने गरेको छ । वर्षा बढेसँगै नदीको बहाव तीव्र हुने, तटबन्धमाथि दबाब बढ्ने र बाढीको जोखिम बढ्ने भएकाले स्थानीय त्रसित छन् । विगतका बाढीले घर, खेत र सडक बगाएको अनुभव अझै ताजा रहेकाले सामान्य वर्षाले पनि ठूलो विपत्ति निम्त्याउने हो कि भन्ने डर उनीहरूमा छ ।

पछिल्ला वर्षहरूमा बाढीले कतिपय स्थानमा तटबन्ध भत्काएको थियो भने कतै नदीले धार नै परिवर्तन गरेको थियो । हरेक वर्ष तटबन्ध निर्माण र मर्मत हुने गरे पनि केही समयमै फेरि क्षतिग्रस्त हुने गरेको स्थानीय बताउँछन् । निर्माणको गुणस्तर, नदीको प्रकृतिअनुसारको योजना अभाव तथा समयमै संरक्षण हुन नसक्दा सरकारी लगानीको अपेक्षित प्रतिफल नआएको उनीहरूको गुनासो छ । अस्थायी मर्मतमा बजेट खर्च गर्नुभन्दा नदी नियन्त्रणको दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । स्थानीयका अनुसार चुरे क्षेत्रबाट बगेर आउने ढुंगा, गिटी र बालुवाले नदीको सतह क्रमशः अग्लिँदै गएको छ ।

नदीको सतह उकासिँदा पानीको बहाव बस्ती र खेततर्फ मोडिने जोखिम बढेको छ । यही कारण तटबन्ध निर्माण गरिए पनि त्यसको प्रभावकारिता वर्षेनी घट्दै गएको उनीहरूको अनुभव छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ठेक्का प्रक्रिया टुंगिन ढिलाइ हुँदा तटबन्ध मर्मतको काम प्रभावित हुने गरेको छ । नदी नियन्त्रण आयोजना कार्यालय र सिँचाइ विभागलाई आवश्यक मर्मतका लागि पत्राचार गरिसकिएको र भत्किएका तटबन्ध यस वर्ष बाढी पस्न नदिने गरी मर्मत गरिने उनले बताए ।

यता, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामले सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी भइरहेको जनाएको छ । कार्यालय प्रमुख रविन्द्रकुमार शर्माका अनुसार महोत्तरीका रतवारा, धबौली, एकडारालगायत क्षेत्रमा तटबन्ध मर्मत सम्पन्न भइसकेको छ भने अन्य स्थानमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । बजेट सीमित भएकाले सबै योजना एकैपटक कार्यान्वयन गर्न नसकिएको उनले बताए । यतिबेला किसानहरू धान रोपाइँमा व्यस्त छन् । तर खेतमा रोपिएको धानभन्दा बढी उनीहरूलाई बाढीको चिन्ताले सताइरहेको छ । केही दिनको अविरल वर्षाले वर्षभरिको मेहनत बगाइदिने अवस्था अन्त्य गर्न सरकारले अस्थायी समाधानभन्दा दीर्घकालीन, वैज्ञानिक र प्रभावकारी नदी व्यवस्थापनमा ध्यान दिनुपर्ने माग महोत्तरीका स्थानीय र किसानको छ ।

Tags: तटबन्ध असुरक्षित
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ई-स्कुटी चेकजाँचप्रति स्थानीय असन्तुष्ट

ई-स्कुटी चेकजाँचप्रति स्थानीय असन्तुष्ट

साउन २१, २०८३
प्रहरीको जाँच छल्दै लागुऔषध ओसारपसार गर्ने तीनजना पक्राउ

प्रहरीको जाँच छल्दै लागुऔषध ओसारपसार गर्ने तीनजना पक्राउ

साउन २१, २०८३
पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, जलेर पूर्ण रुपमा ध्वस्त

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, जलेर पूर्ण रुपमा ध्वस्त

साउन २१, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

मापसे गरि चलाएको भारतीय ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते

साउन २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि