Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ग्यास आपूर्ति सहजता बनाउन पर्सामा चेतावनी, बारामा छड्के अनुगमन

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचना अनुसार बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री–वितरण गरिएको भन्ने गुनासोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०८३
ग्यास आपूर्ति सहजता बनाउन पर्सामा चेतावनी, बारामा छड्के अनुगमन

वीरगंज (पर्सा), २१ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले एलपी ग्यासको आपूर्ति, बिक्री तथा वितरणलाई सहज, नियमित र पारदर्शी बनाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचना अनुसार बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री–वितरण गरिएको भन्ने गुनासोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । प्रशासनले सम्बन्धित सबै ग्यास व्यवसायीलाई अनिवार्य रूपमा बिल वा रसिदसहित तोकिएको मूल्यमा मात्रै ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ ।

कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने वा उपभोक्ता हितविपरीतका गतिविधि गरेको पाइएमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

यसैगरि जिल्ला प्रशासन कार्यालय बाराले कलैयास्थित ग्यास पसलहरूमा छड्के अनुगमन गरेको छ । नायब सुब्बा रत्नबहादुर स्याङतानको नेतृत्वमा खटिएको अनुगमन टोलीले कलैयाका न्यु शिवशक्ति स्टोर्स, सोना ग्यास स्टोर्स र अस्मिता स्टोर्समा स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा न्यु शिवशक्ति स्टोर्सले ग्यास सिलिन्डर पल्टी गरेर खुद्रा बिक्री गरिरहेको भेटिएको प्रशासनले जनाएको छ । त्यसैगरी, सोना ग्यास स्टोर्सले बिक्रीका लागि राख्नुपर्ने ग्यास सिलिन्डर पसलमा नराखी निजी घरमा भण्डारण गरेको पाइएपछि प्रशासनले सिलिन्डर पसलमै राखी पारदर्शी रूपमा बिक्री–वितरण गर्न निर्देशनसहित चेतावनी दिएको छ ।

यसअघि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ग्यासको सहज आपूर्ति र न्यायोचित वितरण सुनिश्चित गर्न उत्पादक, वितरक तथा डिलरहरूका लागि ९ बुँदे निर्देशन जारी गरेका थिए । ग्याससम्बन्धी कुनै समस्या वा गुनासो भए सहायक प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८ ५५० ४५ ४०३ मा सम्पर्क गर्न वा ९८ ५५ ००७ ७७८ नम्बरको ह्वाट्सएपमा सन्देश पठाउन प्रशासनले अनुरोध गरेको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ई-स्कुटी चेकजाँचप्रति स्थानीय असन्तुष्ट

ई-स्कुटी चेकजाँचप्रति स्थानीय असन्तुष्ट

साउन २१, २०८३
प्रहरीको जाँच छल्दै लागुऔषध ओसारपसार गर्ने तीनजना पक्राउ

प्रहरीको जाँच छल्दै लागुऔषध ओसारपसार गर्ने तीनजना पक्राउ

साउन २१, २०८३
पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, जलेर पूर्ण रुपमा ध्वस्त

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, जलेर पूर्ण रुपमा ध्वस्त

साउन २१, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

मापसे गरि चलाएको भारतीय ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते

साउन २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि