Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बहुमतको दम्भमा सरकार अराजक बन्दै गयो, सचेत नभए देश दुर्घटनातर्फ जान्छः केन्द्रिय सदस्य रिजाल

सीमावर्ती जनताको पीडा, किसानको मल संकट र सरकारको कार्यशैलीप्रति पूर्वमन्त्रीको कडा टिप्पणी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८३
बहुमतको दम्भमा सरकार अराजक बन्दै गयो, सचेत नभए देश दुर्घटनातर्फ जान्छः केन्द्रिय सदस्य रिजाल

वीरगंज (पर्सा), १३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको आडमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाउँदै समयमै सचेत नभए मुलुक गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन् । उनले सरकार जनताका दैनिक समस्या समाधानभन्दा सत्ता र बहुमतको दम्भमा अल्मलिएको टिप्पणी गरे ।

पर्साको जगरनाथपुर गाउँपालिकाले ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत आयोजना गरेको वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै रिजालले सीमावर्ती क्षेत्रका नागरिकले हरेक दिन अनेकौं कठिनाइ भोगिरहेको र किसानहरू रासायनिक मलको अभावले आक्रान्त भइरहेका बेला सरकार भने जनजीविकाका मुद्दाप्रति संवेदनशील बन्न नसकेको बताए । उनले वर्तमान सरकारको कार्यशैलीले मुलुकलाई सही दिशामा अघि बढाउन नसकेको दाबी गर्दै अहंकार र अराजक प्रवृत्ति कायम रहे देशले गम्भीर परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति संकेत गर्दै रिजालले स्पष्ट नीति, एजेन्डा र दीर्घकालीन कार्यक्रमबिनै सरकारमा सहभागी भएकाले जनताले अपेक्षा गरेको उपलब्धि हासिल हुन नसक्ने दाबी गरे । उनले ‘घण्टीको सरकारका कारण आगामी दिन अझ चुनौतीपूर्ण बन्न सक्छन्, त्यसैले सम्पूर्ण नेपाली नागरिक सचेत र जिम्मेवार हुन आवश्यक छ,’ भन्ने धारणा व्यक्त गरे । पूर्वमन्त्री रिजालले नेपाली कांग्रेसले पनि विगतमा केही कमजोरी गरेको स्वीकार गर्दै अब ती त्रुटिबाट पाठ सिकेर जनविश्वास पुनः स्थापित गर्ने गरी जनपक्षीय काममा केन्द्रित हुनुपर्ने बताए । उनले पार्टीलाई आत्मसमीक्षासहित जनताको अपेक्षाअनुसार अघि बढ्न आग्रह गरे ।

जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेकपा (एमाले)का नेता वीरेन्द्र यादव, गाउँपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी तथा वडाध्यक्षहरू नेपाली कुशवाहा, सुभाष यादव, अयोध्या पटेललगायतको उपस्थिति रहेको थियो ।

Tags: बहुमतको घमण्डले सरकार गलत दिशातर्फ: अहंकार त्याग्न चेतावनी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि