Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

विद्यार्थीहरूमा प्रभावकारी सञ्चारकला, सार्वजनिक वक्तृत्व, तार्किक सोच, नेतृत्व क्षमता, आत्मविश्वास, आलोचनात्मक विश्लेषण, टोलीगत कार्यसम्पादन तथा स्वस्थ बहस संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वीरगंज तथा आसपासका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ११, २०८३
वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंज (पर्सा), ११ साउन । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगंज र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “Open Debate & Impromptu Speech Championship 2026” को पहिलो चरण (अडिसन राउण्ड) सफलतापूर्वक सम्पन्न भएको छ । विद्यार्थीहरूमा प्रभावकारी सञ्चारकला, सार्वजनिक वक्तृत्व, तार्किक सोच, नेतृत्व क्षमता, आत्मविश्वास, आलोचनात्मक विश्लेषण, टोलीगत कार्यसम्पादन तथा स्वस्थ बहस संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वीरगंज तथा आसपासका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

अडिसन चरणमा सहभागीहरूको वक्तृत्व, प्रस्तुतीकरण शैली, तर्क क्षमता, आत्मविश्वास तथा समग्र प्रदर्शनका आधारमा Emerging Category र Advance Category अन्तर्गत उत्कृष्ट १०–१० जना गरी २० जना विद्यार्थी दोस्रो चरण (Preparation Round) का लागि छनोट भएका छन् । साथै प्रत्येक समूहमा २–२ जना विद्यार्थीलाई प्रतीक्षा सूची (Waiting List) मा राखिएको छ । दोस्रो चरण (Preparation Round) जुलाई २८, २०२६ मा Magnus Pharma Office, आदर्शनगर, वीरगंज मा आयोजना हुने जनाइएको छ । उक्त चरणमा सहभागीहरूलाई बहसको संरचना, विषय विश्लेषण, टोली समन्वय, प्रभावकारी तर्क प्रस्तुति तथा इम्प्रोम्प्टु भाषणका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गरिनेछ ।

प्रतियोगिताको भव्य फाइनल अगस्ट १, २०२६ (शनिबार) बिहान ११ बजे त्रिशला रेस्टुरेन्ट, आदर्शनगर, वीरगंजमा आयोजना हुनेछ । दोस्रो चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूबीच हुने अन्तिम प्रतिस्पर्धाका विजेतालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमका संयोजक अनुप अग्रवालले यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व निर्माण तथा प्रभावकारी अभिव्यक्तिको दीर्घकालीन अभियान भएको बताए ।

राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष ज्योति केयालले युवापुस्तामा सकारात्मक सोच, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले प्रतिष्ठानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । वीरगंज टोस्टमास्टर्स क्लबकी अध्यक्ष खुशी अग्रवालले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक वक्तृत्व र नेतृत्व विकासको अवसर उपलब्ध गराउने उद्देश्यले क्लबले प्रतियोगितामा सहकार्य गरेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिने जानकारी दिइन् ।

प्रतियोगिताको मूल्याङ्कन प्रक्रिया मुख्य निर्णायक गणेश लाठको नेतृत्वमा अनुभवी निर्णायक मण्डलले निष्पक्ष, पारदर्शी र निर्धारित मापदण्डअनुसार सम्पन्न गरेको आयोजकले जनाएको छ । संयुक्त आयोजक राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यालय, अभिभावक, विद्यार्थी, निर्णायक, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै दोस्रो चरणका लागि छनोट भएका सबै विद्यार्थीलाई बधाई तथा आगामी प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरेका छन् ।

Tags: वीरगंज टोस्टमास्टर्स क्लब
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

साउन ११, २०८३
नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

साउन ११, २०८३
तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

साउन ११, २०८३
लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

साउन ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि